गीत ८२
ख्रीष्टको नम्रता अनुकरण गरौं
छापिएको संस्करण
१. महान् थिए येशू हर पुरुषमध्ये;
न प्रतिष्ठा खोजे न मान नै रोजे।
पाए याहबाट काम साह्रै ठूलो;
तैपनि बने सधैं नम्र मनको।
२. कठोर श्रम र भारले दबिएका हो,
भन्छन् उनी ‘आऊ बोक जुवा मेरो।’
पाउँछौं ताजगी राज्य खोजी गर्दा;
कृपा पाउँछौं येशूझैं नम्र हुँदा।
३. ‘दाजुभाइ हौ’ भने येशूले सबलाई।
हो, त्यसैले गर सेवा अरूलाई।
प्यारा छन् है नम्र मानिस याहलाई;
दिनेछन् सारा पृथ्वी उनले तिनलाई।
(मत्ती ५:५; २३:८; हितो. ३:३४; रोमी १२:१६ पनि हेर्नुहोस्)