गीत १३४
नयाँ संसारको जीवन कल्पना गर्नुहोस्!
१. कल्पिहेर आफ्नो मनले
नयाँ र शान्तिमय त्यो संसार।
कल्पिहेर कस्तो होला,
शान्ति र साँचो स्वतन्त्रता।
हुनेछैन दुष्ट कोही;
सफल हुन्छ याहको शासन;
पृथ्वीको नयाँ सुरुवात हुनेछ;
हरेकले मनदेखि प्रशंसा गाउनेछ:
(कोरस)
“धन्य छौ तिमी, यहोवा बुबा;
ख्रीष्टको शासनले भयो सब नयाँ;
हृदयको खुसी पोखाउँछौं गीतबाटै;
महिमा, आदर, प्रशंसा हुन् सब तिम्रै।”
२. कल्पिहेर आफ्नो मनले
आउँदै गरेको त्यो नयाँ संसार।
हुनेछैन डरको आभास;
बितिसकेको हुनेछ त्रास।
पूरा हुन्छ या’को वाचा;
दिनेछन् याहले सुरक्षा।
ब्यूँताउनेछन् उनले मृत सबैलाई
गाउनेछन् तिनले पनि स्वरमा स्वर मिलाई:
(कोरस)
“धन्य छौ तिमी, यहोवा बुबा;
ख्रीष्टको शासनले भयो सब नयाँ;
हृदयको खुसी पोखाउँछौं गीतबाटै;
महिमा, आदर, प्रशंसा हुन् सब तिम्रै।”
(भज. ३७:१०, ११; यशै. ६५:१७; यूह. ५:२८; २ पत्रु. ३:१३ पनि हेर्नुहोस्)