गीत ३३
तिनीहरूसँग नडराऊ!
१. हे मेरा जन, बढ अघि;
राज्य समाचार फैलाऊ।
शत्रुसँग नडराऊ।
सत्य रोज्नेलाई बताऊ।
मेरो छोराले सैतानलाई
तल फ्याँकिदे’को छ;
त्यसका शिकार भएका
सबै अब चाँडै छुट्छन्।
(कोरस)
नडराऊ हे प्यारा जन हो!
धम्की आए तापनि।
ठान्छु म आँखाको नानी,
विश्वासी जनहरूलाई।
२. धेरै छन् शत्रुहरू;
गर्लान् गिल्ला, देलान् धम्की;
फकाउनलाई गर्लान् है,
हाम्रो खुब वाहवाही।
नडराऊ मेरा योद्धा हो!
ती शत्रुहरूदेखि;
जोगाउँछु विश्वासीलाई
नभएसम्म विजयी।
(कोरस)
नडराऊ हे प्यारा जन हो!
धम्की आए तापनि।
ठान्छु म आँखाको नानी,
विश्वासी जनहरूलाई।
३. नसोच बिर्सिएला;
तिम्रो भरोसा म नै हुँ।
पर्ला तिमी मारिनु,
सम्झना म गर्नेछु।
शरीर मात्र मार्नेसँग
कैले पनि नडराऊ।
लक्ष्यमा पुऱ्याउनेछु,
अन्तसम्मै विश्वासी होऊ!
(कोरस)
नडराऊ हे प्यारा जन हो!
धम्की आए तापनि।
ठान्छु म आँखाको नानी,
विश्वासी जनहरूलाई।
(व्यव. ३२:१०; नहे. ४:१४; भज. ५९:१; ८३:२, ३ पनि हेर्नुहोस्)