प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ६/१ pp. ४-७
  • भगवान्‌ के गर्दै छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भगवान्‌ के गर्दै छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पापका हानिकारक असरहरू
  • पुनर्निर्माणको काम चलिरहन्छ
  • परमेश्‍वरले मानिसजातिलाई बचाउन के गर्नुभएको छ
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • त्यो राज्य जसले प्रमोदवन ल्याउने छ
    त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ
  • यहोवाको महान्‌ आध्यात्मिक मन्दिर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • येशूले परमेश्‍वरको धार्मिकताको महिमा कसरी गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ६/१ pp. ४-७

भगवान्‌ के गर्दै छन्‌?

“हे परमप्रभु [“यहोवा,” NW], तपाईं किन टाढा उभिनुहुन्छ? दु:खको बेलामा तपाईं आफै किन लुक्नुहुन्छ?”a—भजन १०:१.

समाचारको शीर्षक झुलक्क मात्र हेर्दा पनि हामी “दु:खको बेला”-मा बाँचिरहेका छौं भनेर प्रस्टै हुन्छ। दुःख भोग्नुपर्दा अर्थात्‌ अपराध, गम्भीर दुर्घटना वा प्रियजनको मृत्युले हामीलाई व्यक्‍तिगत तवरमा असर गर्दा हामी यस्तो प्रश्‍न गर्छौं होला, ‘के भगवान्‌ले हामीलाई हेर्दै छन्‌? के भगवान्‌ हाम्रो चासो लिन्छन्‌? के साँच्चै भगवान्‌ छन्‌ होला र?’

तर भगवान्‌बाट हामीले गर्ने आशा गलत सोचाइमा आधारित हुन सक्छ भनेर के तपाईंले सोच्नुभएको छ? जस्तै: बुबा काममा गएकोले सानो बच्चा निराश छ। त्यो बच्चा आफ्नो बुबालाई धेरै सम्झन्छ र बुबा घर आएको चाहन्छ। उसले त्यागिएको महसुस गर्छ। दिनभरि ऊ सोधिरहन्छ, “बुबा कहाँ हुनुहुन्छ?”

त्यो बच्चाको सोचाइमा के गल्ती छ भनेर हामी सजिलै बुझ्न सक्छौं। वास्तवमा अहिले उसको बुबा परिवार पाल्न काम गर्दै छन्‌। “भगवान्‌ कहाँ छन्‌” भनेर बिलौना गर्दा कतै हाम्रो सोचाइमा पनि त्यस्तै गल्ती पो भएको छ कि?

उदाहरणको लागि भगवान्‌ले खराब काम गर्ने अपराधीलाई तुरुन्तै सजाय दिओस्‌ भनेर कोही-कोही चाहन्छन्‌। अरू कतिले चाहिं भगवान्‌लाई दिव्य व्यक्‍ति ‘सान्ता क्लज’ सरह ठान्छन्‌ जसको काम जागिर र जोडी मिलाइदिनु वा चिट्ठा पारिदिनुसमेत हो।

माथिका दुवै धारणाअनुसार यदि भगवान्‌ तुरुन्तै न्याय गर्दैनन्‌ र हामीले मागेको कुरा दिदैनन्‌ भने उनी हाम्रो दुःख बुझ्दैनन्‌ अनि हाम्रो आवश्‍यकताप्रति सचेत छैनन्‌। तर योभन्दा बढ्‌ता झूटो अरू केही हुन सक्‍तैन! तथ्य कुरा के हो भने वास्तवमा अहिले यहोवा थुप्रैले मागिरहेको जस्तो तरिकामा नभए तापनि आफ्नो सम्पूर्ण मानव परिवारको लागि काम गर्दै हुनुहुन्छ।

त्यसोभए भगवान्‌ के गर्दै हुनुहुन्छ त? यसको जवाफ पाउन हामीले मानव इतिहासको सुरुमा ध्यान दिनुपर्छ। त्यतिबेला भगवान्‌सित मानिसजातिको सम्बन्ध बिग्रिएको थियो। तर सुधार्नै नसकिने हदसम्म भने होइन।

पापका हानिकारक असरहरू

वर्षौंसम्म लथालिङ्‌ग छोडिएको एउटा घरको कल्पना गर्नुहोस्‌। छाना भत्किएको छ, कब्जा निस्केर ढोका ह्वाङ्‌गै छ र घरको बाहिरी भाग पनि भताभुङ्‌ग छ। कुनै समय त्यो घर राम्रो अवस्थामा थियो। तर अहिले त्यस्तो छैन। घरको क्षति विचार गर्दा त्यसको पुनर्निर्माण गर्नु लर्तरो काम होइन। अनि यो रातारात गर्न सकिंदैन पनि।

अब लगभग ६,००० वर्षअघि अदृश्‍य आत्मिक व्यक्‍ति शैतानले आदम र हव्वालाई भगवान्‌को विद्रोह गर्न उक्साएपछि मानिसजातिमा पुगेको क्षति विचार गर्नुहोस्‌। त्यो घटना हुनुअघि प्रथम मानव दम्पती बिरामी हुँदैनथे। भावी पुस्ताहरूसित सधैंभरि बाँच्ने तिनीहरूको आशा थियो। (उत्पत्ति १:२८) तर जब आदम र हव्वाले पाप गरे तब तिनीहरूले पछि जन्मने मानव परिवारलाई भताभुङ्‌ग पारेजस्तै भयो।

त्यो विद्रोहले गरेको हानिकारक असरहरूलाई हल्कासित नलिनुहोस्‌। बाइबल भन्छ: “एउटै मानिस [आदम]-द्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु।” (रोमी ५:१२) मृत्यु गराउनुबाहेक पापले हाम्रो सृष्टिकर्तासितको सम्बन्ध बिगारेको छ र शारीरिक, मानसिक अनि भावनात्मक रूपमा हामीलाई असर गरेको छ। परिणामस्वरूप हाम्रो अवस्था त्यो भत्केको घरको जस्तै भएको छ। धर्मी पुरुष अय्यूबले मानिसलाई “अल्प-आयुका र अशान्तिले भरिएको” भनेर संक्षेपमा हाम्रो यथार्थ परिस्थिति बताए।—अय्यूब १४:१.

तर आदम र हव्वाले पाप गरिसकेपछि के भगवान्‌ले मानिसजातिलाई त्याग्नुभयो? अहँ त्याग्नुभएन! वास्तवमा त्यतिबेलादेखि आजसम्म स्वर्गका हाम्रा बुबाले मानव परिवारको खातिर काम गर्दै आउनुभएको छ। उहाँले हाम्रो निम्ति गरिरहनुभएको कामप्रति अझ कृतज्ञ हुन कुनै घर पुनर्निर्माण गर्न आवश्‍यक तीन कदम विचार गर्नुहोस्‌। साथै ती प्रत्येक कदम मानिसजातिलाई पुनर्स्थापना गर्न भगवान्‌ले गरेको कामसित कसरी सम्बन्धित छ, त्यो पनि विचार गर्नुहोस्‌।

१ घरधनीले क्षतिग्रस्त घरको निरीक्षण गरिसकेपछि पुनर्निर्माण गर्ने कि भत्काउने भनेर निर्णय गर्नै पर्छ।

अदनको बगैंचामा विद्रोह भएलगत्तै यहोवा भगवान्‌ले मानिसजातिलाई पुनर्स्थापित गर्ने आफ्नो उद्देश्‍य घोषणा गर्नुभयो। त्यो विद्रोह गराउने अदृश्‍य आत्मिक व्यक्‍तिलाई उहाँले भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।”—उत्पत्ति ३:१५.

यी शब्दहरू व्यक्‍त गरेर यहोवा भगवान्‌ले अदनको बगैंचामा विद्रोह गर्न उक्साउने व्यक्‍तिलाई नाश गर्ने प्रतिज्ञा गर्नुभयो। (रोमी १६:२०; प्रकाश १२:९) त्यसको साथै यहोवाले पछि आउने “सन्तान”-ले मानिसजातिलाई पापबाट मुक्‍ति दिनेछ भनेर पनि भविष्यवाणी गर्नुभयो।b (१ यूहन्‍ना ३:८) यसरी भगवान्‌ले आफ्नो सृष्टिलाई नाश गर्दिनँ तर सपार्छु भनेर खुला प्रतिज्ञा गर्नुभयो। तर मानिसजातिको पुनर्स्थापना गर्न समय चाहिन्थ्यो।

२ इन्जिनियरले पुनर्निर्माणको काममा के-के गर्ने भनेर नक्सा बनाउँछन्‌।

यहोवा भगवान्‌ले इस्राएलीहरूलाई व्यवस्था दिनुभयो अनि तिनीहरूले उपासना गर्ने मन्दिरको डिजाइन गरिदिनुभयो। बाइबल भन्छ: “यी चाहिं आउने कुराका छाया हुन्‌।” (कलस्सी २:१७) नक्साले जस्तै ती कुराले कुनै महान्‌ कुराको प्रतिनिधित्व गऱ्‍यो।

उदाहरणको लागि इस्राएलीहरूले पाप क्षमा पाउन पशु-बलि चढाउँथे। (लेवी १७:११) त्यो प्रचलनले शताब्दियौंपछि चढाइने महान्‌ बलिदानको पूर्वचित्रण गऱ्‍यो। उक्‍त बलिदानले मानिसजातिलाई साँचो छुटकारा दिने थियो।c इस्राएलीहरूले उपासना चढाउने ठाउँ पवित्रस्थान र मन्दिरको नक्सा भविष्यमा मसीहले बलिदानरूपी जीवन दिनेदेखि स्वर्ग उक्लनेसम्म चाल्ने भावी कदमको पूर्वझलक थियो। —पृष्ठ ७ को चित्र हेर्नुहोस्‌।

३ नक्साअनुसारै पुनर्निर्माण गर्ने निर्माता रोजिन्छ।

येशू प्रतिज्ञा गरिएको मसीह हुनुहुन्थ्यो। उहाँले इस्राएलीहरूद्वारा चढाइएको बलिहरूले बसालेको नमुना पछ्याउँदै मानिसजातिलाई छुटकारा दिन आफ्नो जीवन दिनुहुने थियो। हो, बप्तिस्मा दिने यूहन्‍नाले येशूलाई “संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा” भने। (यूहन्‍ना १:२९) येशूले खुसीसाथ त्यो जिम्मेवारी स्वीकार्नुभयो। उहाँले भन्‍नुभयो: “म आफ्नो इच्छा होइन तर मलाई पठाउनेको इच्छा पूरा गर्नलाई स्वर्गबाट ओर्लिआएको हुँ।”—यूहन्‍ना ६:३८.

भगवान्‌को उक्‍त इच्छामा येशूले “धेरैको उद्धारको निम्ति आफ्नो प्राण” दिनु मात्र होइन तर आफ्ना अनुयायीहरूसित राज्यको लागि करार पनि बाँध्नु पनि समावेश थियो। (मत्ती २०:२८; लूका २२:२९, ३०) भगवान्‌ले त्यही राज्यमार्फत मानिसजातिको लागि आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ। भगवान्‌को राज्यसम्बन्धी सन्देशलाई “सुसमाचार” भनिन्छ। किनभने पृथ्वीका मामिलाहरू नियन्त्रण गर्न भगवान्‌ले स्वर्गमा एउटा सरकार स्थापना गर्नुभएको छ भनी यसले बताउँछ।—मत्ती २४:१४; दानियल २:४४. d

पुनर्निर्माणको काम चलिरहन्छ

स्वर्ग जानुअघि येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। . . . र हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:१९, २०.

त्यसैले येशूको मृत्युसँगै मानिसजातिको पुनर्स्थापनाको काम अन्त हुने थिएन। यो काम “जगत्‌को अन्त” अर्थात्‌ परमेश्‍वरको राज्यले पृथ्वीमा नियन्त्रण गर्न सुरु गर्ने समयसम्म चलिरहने थियो। त्यो समय अहिल्यै हो। हामीलाई यो कुरा थाह छ किनभने येशूले “जगत्‌को अन्त”-को चिन्हबारे गरेको भविष्यवाणी अहिले पूरा भइरहेको छ।e—मत्ती २४:३-१४; लूका २१:७-११; २ तिमोथी ३:१-५.

भगवान्‌को राज्यको सुसमाचार सुनाउन येशूले दिएको आज्ञा आज २३६ मुलुकमा यहोवाका साक्षीहरूले पालन गर्दै छन्‌। वास्तवमा तपाईंले पढिरहेको पत्रिका त्यो राज्य र त्यसले के गर्नेछ भनेर तपाईंले अझ धेरै बुझ्न सकोस्‌ भनेर तयार गरिएको हो। प्रहरीधरहरा-को प्रत्येक अंकको पृष्ठ २ मा यस्तो लेखिएको पाउनुहुन्छ: “यस . . . पत्रिकाले . . . मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाएर सान्त्वना दिन्छ। परमेश्‍वरको राज्य स्वर्गमा स्थापित वास्तविक सरकार हो र यसले सारा दुष्टता नामेट गर्नुका साथै पृथ्वीलाई सुन्दर बगैंचामा परिणत गर्नेछ। हामीले अनन्त जीवन पाउन सकोस्‌ भनी आफ्नो जीवन दिनुहुने येशू ख्रीष्टमाथि विश्‍वास राख्न यसले प्रोत्साहित गर्छ, तिनै येशू जसले अहिले परमेश्‍वरको राज्यको राजाको रूपमा शासन गरिरहनुभएको छ।”

हो, अहिले पनि तपाईं आतङ्‌ककारी आक्रमणहरू वा प्राकृतिक प्रकोपका कुराहरू सुन्‍नुहुन्छ वा कुनै दुःख भोग्नुहुन्छ। तर बाइबल अध्ययन गर्दा भगवान्‌ले मानिसजातिलाई त्याग्नुभएको छैन भनेर तपाईंलाई विश्‍वस्त हुन सक्नुहुन्छ। उहाँ “हामी हरेकबाट टाढा हुनुहुन्‍न।” (प्रेरित १७:२७) साथै हाम्रा प्रथम आमाबुबाले गुमाएको कुरा पुनर्स्थापित गर्ने उहाँको प्रतिज्ञा पूरा हुनेछ।—यशैया ५५:११. ( w10 -E 05/01)

[फुटनोटहरू]

a बाइबलअनुसार भगवान्‌को नाम यहोवा हो।

b उत्पत्ति ३:१५ को विस्तृत व्याख्याको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ड्र क्लोज टु जेहोभा अध्याय १९ हेर्नुहोस्‌।

c विस्तृत जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय ५ हेर्नुहोस्‌।

d भगवान्‌को राज्यबारे विस्तृत जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय ८ हेर्नुहोस्‌।

e विस्तृत जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय ९ हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएको तालिका/चित्रहरू]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

“सकलीको नमुना”—बासस्थानले चित्रण गरेको कुरा

वेदी

येशूको बलिदान स्वीकार्न परमेश्‍वर इच्छुक हुनुभएको।—हिब्रू १३:१०-१२.

प्रधान-पूजाहारी

येशू।—हिब्रू ९:११

१ प्रायश्‍चितको दिन प्रधान-पूजाहारीले मानिसहरूको पापको लागि बलिहरू चढाउँथे।—लेवी १६:१५, २९-३१.

१ इ. सं. ३३ निसान १४ मा येशूले हाम्रो निम्ति आफ्नो जीवन बलिदान चढाउनुभयो।—हिब्रू १०:५-१०; १ यूहन्‍ना २:१, २.

पवित्रस्थान

येशू आत्मा-अभिषिक्‍त भएको अवस्था।—मत्ती ३:१६, १७; रोमी ८:१४-१७; हिब्रू ५:४-६.

पर्दा

स्वर्गको जीवन र पृथ्वीको जीवनलाई अलग्याउने येशूको भौतिक शरीर।—१ कोरिन्थी १५:४४, ५०; हिब्रू ६:१९, २०; १०:१९, २०.

२ प्रधान-पूजाहारी महा-पवित्रस्थान र पवित्रस्थान छुट्याउने पर्दाको भित्रपट्टि जान्थे।

२ पुनरुत्थान भएपछि येशू “हाम्रा निम्ति परमेश्‍वरको सामने प्रकट हुनलाई” स्वर्ग गएर ‘पर्दाको भित्रपट्टि जानुभयो।’—हिब्रू ९:२४-२८.

महा-पवित्रस्थान

स्वर्ग।—हिब्रू ९:२४.

३ महा-पवित्रस्थानभित्र एक पटक जाँदा प्रधान-पूजाहारीले करारको सन्दुकको सामने बलिको केही रगत छर्कन्थे।—लेवी १६:१२-१४.

३ आफूले बगाएको रगतको मोल प्रस्तुत गरेर येशूले हाम्रो पापको लागि साँचो प्रायश्‍चितको प्रबन्ध गर्नुभयो।—हिब्रू ९:१२, २४; १ पत्रुस ३:२१, २२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने