प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kr पृ. २-३
  • परिचालक निकायको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको पत्र
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
परमेश्‍वरको राज्यले शासन गर्दै छ!
kr पृ. २-३
चार्ल्स टेज रसलले अक्टोबर २, १९१४ मा “अन्यजातिहरूको समय समाप्त भएको छ” भनेर घोषणा गरेका थिए

परिचालक निकायको पत्र

प्रिय सङ्‌गी राज्य प्रकाशकहरू,

यो कुरा सन्‌ १९१४ अक्टोबर २, शुक्रबारको हो। त्यस दिन बिहान ब्रूक्लिन बेथेल परिवारका सदस्यहरू आ-आफ्नो सीटमा बसिसकेका थिए। तिनीहरू भाइ सी. टी. रसललाई पर्खिरहेका थिए। नभन्दै डाइनिङ हलको ढोका खोलेर भाइ रसल भित्र पस्नुहुन्छ। अरू दिनजस्तै त्यस दिन पनि उहाँ एकछिन रोकिनुहुन्छ र मुस्कुराउँदै बेथेल परिवारलाई अभिवादन गर्नुहुन्छ। त्यसपछि आफ्नो टेबलतिर जानुहुन्छ अनि सीटमा बस्नुअघि ताली बजाउनुहुन्छ र यस्तो अविस्मरणीय घोषणा गर्नुहुन्छ: “अन्यजातिहरूको समय समाप्त भएको छ; तिनीहरूका राजाहरूको म्याद सिद्धियो!” यो घोषणा सुनेर सबैको मन खुसीले फुरुङ्‌ङ हुन्छ। धेरै दिनदेखि सबै जना यस घडीको पर्खाइमा थिए। बेथेल परिवारका सबैले ठूलो स्वरले ताली बजाएर घोषणालाई स्वागत गर्छन्‌।

भाइ रसलले त्यो जोडदार घोषणा गर्नुभएको अहिले धेरै वर्ष भइसक्यो। त्यतिबेलादेखिको घटना एक-एक गरी विचार गर्ने हो भने, परमेश्‍वरको राज्यले थुप्रै काम गरिसकेको छ भन्‍ने कुरामा हामी कसैको दुई मत हुन सक्दैन। सन्‌ १९१४ मा केही हजारको सङ्‌ख्यामा सीमित यहोवाका उपासकहरू अहिले झन्डै ८० लाख पुगिसके। यहोवाले आफ्ना जनहरूलाई बिस्तारै शुद्ध पार्दै लानुका साथै विभिन्‍न तालिम पनि दिनुभएको छ। यस्ता तालिमहरूले गर्दा तपाईंले पनि लाभ उठाएको हुनुपर्छ भन्‍ने कुरामा हामी ढुक्क छौं।

आज हामी भाइबहिनीहरूले यसो भन्‍ने गरेको सुन्छौं, “यहोवाको स्वर्गीय रथ अघि बढ्‌दै छ!” यो कुरा सोह्रै आना सही हो। तर कुरा के हो भने, यो रथ सन्‌ १९१४ देखि नै निरन्तर अघि बढिरहेको छ। यहोवाका सङ्‌गठनको अदृश्‍य भागलाई चित्रण गर्ने यो रथ साँच्चै कसरी अघि बढिरहेको छ, हामी यो किताब पढेर बुझ्नेछौं। संसारको कुनाकाप्चासम्म राज्यको सुसमाचार प्रचार गर्न हाम्रा भाइबहिनीहरूले थुप्रै नौला तरिका अपनाएका छन्‌। जस्तै: अखबार, विज्ञापन पाटी, चलचित्र, सन्देश कार्ड, फोनोग्राफ, रेडियो र अहिले आएर इन्टरनेट।

यहोवाको आशिष्‌ले गर्दा अहिले हामीले ६७० भन्दा धेरै भाषामा बाइबलआधारित आकर्षक प्रकाशनहरू छाप्न सकेका छौं र निश्‍शुल्क वितरण पनि गर्दै छौं। आत्मत्यागी स्वयम्‌सेवकहरूले विकसित मुलुकहरूमा मात्र होइन तर सीमित स्रोतसाधन भएका मुलुकहरूमा समेत राज्यभवन, सम्मेलन भवन र शाखा कार्यालयका भवनहरू निर्माण गर्दै छन्‌। प्राकृतिक प्रकोपले गर्दा प्रभावित भएका आफ्ना मायालु भाइबहिनीहरूलाई मदत गर्न तिनीहरू तुरुन्तै ती ठाउँहरूमा पुगेका छन्‌। तिनीहरू “दु:खमा सहभागी हुनलाई जन्मेको” भाइबहिनीजस्तै भएका छन्‌।—हितो. १७:१७.

हाम्रो इतिहासको पाना पल्टाएर हेर्ने हो भने चर्चका पादरीहरू र अरू विरोधीहरूले ‘नियमद्वारा अधर्म रच्ने’ दुष्प्रयास गरेका थुप्रै घटनाहरू भेटिन्छन्‌। तर तिनीहरूको यस्तो दुष्प्रयासले “सुसमाचार फैलाउन” उल्टो मदत पो गरेको छ। यो कुरा विचार गर्दा हाम्रो विश्‍वास अझ बलियो हुन्छ।—भज. ९४:२०; फिलि. १:१२.

हामी तपाईंहरूजस्तै “घरका अरू दासहरू” पनि हौं। त्यसैले तपाईंहरूसित काँधमा काँध मिलाएर सेवा गर्न पाउनु हाम्रो लागि धेरै ठूलो सम्मानको कुरा हो। हामी तपाईंहरूलाई धेरै माया गर्छौं। यो किताबमा भएका कुराहरूले तपाईंलाई हाम्रो आध्यात्मिक सम्पदाको अझै मोल गर्न मदत गरोस्‌ भनेर हामी प्रार्थना गर्छौं।—मत्ती २४:४५.

शुभकामनासहित

तपाईंका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने