जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
फेब्रुअरी ५-११
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मत्ती १२:२० को अध्ययन नोट
धिपधिप बलिरहेको सलेदो: बाइबलकालीन समयमा साधारणतया मानिसहरूले घरमा प्रयोग गर्ने दियो माटोले बनेको हुन्थ्यो र त्यो बाल्न जैतुनको तेल प्रयोग गरिन्थ्यो। दियोमा बालिने सलेदो आलसको झारबाट बनेको हुन्थ्यो। ग्रीक भाषामा “धिपधिप बलिरहेको सलेदो” भन्ने अभिव्यक्तिले ज्वाला निभ्न लागेको वा निभेको भए तापनि धुवाँ निस्किरहेको सलेदोलाई बुझाउन सक्छ। यशैया ४२:३ मा येशूले देखाउनुहुने करुणाबारे भविष्यवाणी गरिएको छ। उहाँले दुःखमा परेका नम्र मानिसहरूको आशाको अन्तिम झिल्कोलाई कहिल्यै निभाउनुहुने थिएन।
फेब्रुअरी १२-१८
nwtsty-E मत्ती १४:२१ को अध्ययन नोट
स्त्री र साना केटाकेटीबाहेक: यो चमत्कारको विवरण उल्लेख गर्दा मत्तीले मात्र स्त्री र साना केटाकेटीबारे बताएका छन्। स्त्री र साना केटाकेटी पनि समावेश गर्ने हो भने येशूले १५ हजारभन्दा धेरैलाई चमत्कारपूर्ण तरिकामा खुवाउनुभएको हुन सक्छ।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मत्ती १५:७ को अध्ययन नोट
कपटीहरू: ग्रीक शब्द हिपोक्रिट्स ठूलठूला मुखौटा लगाएर रङ्गमञ्चमा नाटक खेल्ने ग्रीक (र पछि रोमी) कलाकारहरूलाई बुझाउन प्रयोग गरिन्थ्यो। त्यस्ता मुखौटाहरू लगाएर बोल्दा आवाज अझ ठूलो सुनिन्थ्यो। पछि यो ग्रीक शब्द ढोँग गरेर वा धोका दिएर आफ्नो साँचो मनसाय वा व्यक्तित्व लुकाउने मानिसहरूलाई बुझाउनका लागि चलाउन थालियो। येशूले यस पदमा यहूदी धर्मगुरुहरूलाई “कपटीहरू” भन्नुभएको पाउँछौं। — मत्ती ६:५, १६.
nwtsty-E मत्ती १५:२६ को अध्ययन नोट
केटाकेटी . . . कुकुरका छाउराहरू: मोशाको व्यवस्थाअनुसार कुकुरहरू अशुद्ध जनावर भएकोले बाइबलमा “कुकुर” शब्द अक्सर नकारात्मक अर्थमा चलाइएको पाइन्छ। (लेवी ११:२७; मत्ती ७:६; फिलि ३:२; प्रका २२:१५) तर येशूको यो कुराकानी रेकर्ड गरिएको मर्कूस (७:२७) र मत्ती दुवैको विवरण हेर्ने हो भने यस शब्दको सानो रूप चलाइएको पाउँछौं, जसको अर्थ हुन्छ “कुकुरको छाउरा” वा “घरपालुवा कुकुर।” त्यसैले यस सन्दर्भमा यो शब्द अरूलाई होच्याउने अर्थमा प्रयोग गरिएको थिएन। सायद येशूले गैर-यहूदीहरूको घरमा पालिने जनावरहरूको लागि प्रयोग गरिने मायालु शब्द चलाउँदै हुनुहुन्थ्यो। इस्राएलीहरूलाई “केटाकेटी” र गैर-यहूदीहरूलाई “कुकुरका छाउराहरू”-सित तुलना गरेर येशूले कसलाई प्राथमिकता दिइन्छ भन्ने कुरा बुझाउन खोज्दै हुनुहुन्थ्यो। कुनै घरमा केटाकेटी र पाल्तु कुकुर दुवै छ भने पहिला केटाकेटीलाई खाना खुवाइन्थ्यो।
फेब्रुअरी १९-२५
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मत्ती १६:१८ को अध्ययन नोट
तिमी पत्रुस हौ र म यस चट्टानमाथि: ग्रीक शब्द पेत्रोस पुलिङ्ग शब्द हो र यसको अर्थ “चट्टानको टुक्रा; ढुङ्गा” हुन्छ। यस पदमा यो शब्दलाई व्यक्तिवाचक नामको रूपमा (पत्रुस) चलाइएको छ, जुन येशूले सिमोनलाई दिनुभएको नामको ग्रीक रूप हो। (यूह १:४२) यस शब्दको स्त्रीलिङ्ग रूप पेत्रा-लाई “चट्टान” भनेर अनुवाद गरिएको छ र यसले जमिनमुनिको चट्टान, चट्टाने भीर वा चट्टानको कुनै ढिस्कोलाई बुझाउन सक्छ। यो ग्रीक शब्द मत्ती ७:२४, २५; २७:६०; लूका ६:४८; ८:६; रोमी ९:३३; १को १०:४ र १प २:८ मा पनि चलाइएको छ। येशूले जुन चट्टानमाथि मण्डली बनाउने कुरा गर्नुभएको थियो, त्यो चट्टान आफू हो भनेर पत्रुसले सोचेका थिएनन्। किनभने १प २:४-८ मा हेर्ने हो भने निकै पहिलेदेखि भविष्यवाणी गरिएको र परमेश्वर आफैले चुन्नुभएको “जगको कुनाको शिरढुङ्गो” येशू नै हुनुहुन्छ भनेर पत्रुसले लेखेको पाउँछौं। साथै प्रेषित पावलले येशूलाई “जग” र ‘परमेश्वरले दिनुभएको चट्टान’ भनेका छन्। (१को ३:११; १०:४) त्यसैले येशूले पत्रुससित कुरा गर्दा शब्दालङ्कार चलाउनुभएको हुनुपर्छ। वास्तवमा उहाँ यसो भन्दै हुनुहुन्थ्यो: ‘तिमी, जसलाई मैले पत्रुस अर्थात् चट्टानको टुक्रा भन्ने नाम दिएँ, तिमीले “यस चट्टान” अर्थात् ख्रीष्टको सही चिनारी थाह पाएका छौ, जो ख्रीष्टियन मण्डलीको जग हुनुहुनेछ।’
मण्डली: ग्रीक शब्द एकलेसिया पहिलो पटक यही पदमा चलाइएको पाइन्छ। यो दुइटा ग्रीक शब्द मिलेर बनेको छ: एक, जसको अर्थ हो “बाहिर” र केलिओ, जसको अर्थ हो “बोलाउनु।” एकलेसिया शब्दले कुनै खास उद्देश्य वा कार्यका लागि बोलाइएका वा भेला गराइएका मानिसहरूको समूहलाई बुझाउँछ। सन्दर्भ हेर्ने हो भने येशूले ख्रीष्टियन मण्डलीको स्थापनाबारे भविष्यवाणी गर्दै हुनुहुन्थ्यो। यो मण्डली अभिषिक्त ख्रीष्टियनहरू मिलेर बनेको छ, जसलाई “जीवित ढुङ्गाको” रूपमा प्रयोग गरेर ‘पवित्र शक्तिद्वारा बनाइने घर’ निर्माण गरिंदै छ। (१प २:४, ५) “सभा” वा “समुदाय” भनेर अनुवाद गरिएको हिब्रू शब्दको लागि सेप्टुआजिन्ट-मा यही ग्रीक शब्द एकलेसिया बारम्बार चलाइएको पाइन्छ, जसले अक्सर परमेश्वरले रोज्नुभएको राष्ट्र इस्राएललाई बुझाउँछ। (व्य २३:३; ३१:३०) त्यसैगरि ‘संसारबाट रोजिएका’ ख्रीष्टियनहरू मिलेर “परमेश्वरको मण्डली” बनेको छ। — १प २:९; यूह १५:१९; १को १:२.
nwtsty-E मत्ती १६:१९ को अध्ययन नोट
स्वर्गको राज्यका साँचाहरू: बाइबलका विवरणहरू हेर्ने हो भने साँचो सुम्पिइएका व्यक्तिहरूलाई केही हदसम्म अख्तियार पनि दिइएको हुन्थ्यो, चाहे त्यो साँचो लाक्षणिक होस् वा वास्तविक। (१इ ९:२६, २७; यशै २२:२०-२२) त्यसैले “साँचो” भन्ने शब्द अख्तियार वा जिम्मेवारीलाई बुझाउन प्रयोग गर्न थालियो। पत्रुसले यहूदीहरू (प्रे २:२२-४१), सामरीहरू (प्रे ८:१४-१७) र अन्यजातिका मानिसहरूका लागि (प्रे १०:३४-३८) परमेश्वरको शक्ति पाउने मौकाको ढोका खोल्न आफूलाई सुम्पिइएका यी “साँचाहरू” प्रयोग गरे, जसबाट तिनीहरूले स्वर्गको राज्यमा प्रवेश गर्ने आशा पाउने थिए।
फेब्रुअरी २६–मार्च ४
बाइबलमा पाइने अनमोल धन | मत्ती १८-१९
“ठेस खान र ठेस पुऱ्याउनदेखि होसियार हुनुहोस्”
nwtsty-E मत्ती १८:६, ७ को अध्ययन नोट
ठूलो जाँतो: वा “गधाले घुमाउने जाँतो।” शाब्दिक, “गधाको जाँतो।” यस्तो किसिमको जाँतोको व्यास १.२-१.५ मिटर (४-५ फिट) हुन्थ्यो र यो यत्ति गह्रौँ हुन्थ्यो कि यसलाई घुमाउन गधा प्रयोग गर्नुपर्थ्यो।
बाधा: यहाँ “बाधा” भनेर अनुवाद गरिएको ग्रीक शब्द स्कान्डालन-को मूल अर्थ पासो हो भन्ने मान्यता छ। यसले पासोमा चारो राखिने लट्ठीलाई बुझाउँछ भनी कोही-कोही बताउँछन्। पछि यसले कसैलाई ठेस पुऱ्याउने वा लडाउने जुनसुकै किसिमको अवरोधलाई बुझाउन थाल्यो। लाक्षणिक अर्थमा यस शब्दले कुनै व्यक्तिलाई गलत मार्ग पछ्याउन, नैतिक तवरमा ठेस खान वा पतित हुन अथवा पाप गर्नतर्फ डोऱ्याउने कुनै काम वा परिस्थितिलाई बुझाउँछ। मत्ती १८:८, ९ मा यसै शब्दसित सम्बन्धित क्रियापद स्कान्डालिजो-लाई “पाप गर्न लगाउँछ” भनेर अनुवाद गरिएको छ र यसलाई “पासो बन्छ” भनेर पनि अनुवाद गर्न सकिन्छ।
nwtsty-E मिडिया
जाँतो
अन्न पिन्न वा जैतुन पेलेर तेल निकाल्न जाँतो चलाइन्थ्यो। कुनै-कुनै जाँतो सानो आकारका हुन्थे र त्यसलाई हातैले घुमाउन सकिन्थ्यो। तर कुनै-कुनै भने यत्ति ठूलो हुन्थे कि त्यसलाई घुमाउन जनावर नै प्रयोग गर्नुपर्थ्यो। पलिश्तीहरूले शिमशोनलाई जबरजस्ती चलाउन लगाएको जाँतो पनि त्यस्तै किसिमको ठूलो जाँतो हुनुपर्छ। (न्या १६:२१) जनावर प्रयोग गरेर घुमाइने जाँतो इस्राएलमा मात्र नभई रोमी साम्राज्यको प्रायजसो इलाकामा पनि पाइन्थ्यो।
जाँतोको माथिल्लो र तल्लो चक्का
चित्रमा देखाइएको जस्तो ठूलो जाँतो घुमाउन गधाजस्ता पाल्तु पशुहरू प्रयोग गरिन्थ्यो। यस्ता जाँतोहरू अन्न पिन्न वा जैतुन पेल्न चलाइन्थ्यो। जाँतोको माथिल्लो चक्काको व्यास १.५ मिटरसम्म (५ फिट) हुने गर्थ्यो भने तल्लो चक्का त्योभन्दा ठूलो हुन्थ्यो।
nwtsty-E मत्ती १८:९ को अध्ययन नोट
गेहेन्ना: यो शब्द हिब्रू शब्दहरू गे हिन्नोम-बाट आएको हो, जसको अर्थ “हिन्नोमको बेंसी” भन्ने हुन्छ। यो बेंसी पुरातन यरूशलेमको पश्चिम र दक्षिणमा पर्थ्यो। येशूको समयसम्ममा यो बेंसी फोहोर-मैला जलाउने ठाउँ बनिसकेको थियो। त्यसैले पूर्ण रूपमा नाश गरिने कुरालाई बुझाउन “गेहेन्ना” शब्द एकदमै उपयुक्त थियो।
nwtstg-E शब्दावली
गेहेन्ना
यो हिन्नोमको बेंसीको ग्रीक नाम हो, जुन पुरातन यरूशलेमको दक्षिण-पश्चिममा पर्थ्यो। (यर्मि ७:३१) भविष्यवाणीहरूमा यस ठाउँलाई लास फ्याँकिने ठाउँको रूपमा चित्रण गरिएको छ। (यर्मि ७:३२; १९:६) मानिस वा जनावरलाई जिउँदै जलाउन वा यातना दिन गेहेन्नामा फ्याँकिने गरिन्थ्यो भन्ने कुराको कुनै प्रमाण छैन। त्यसैले गेहेन्नाले मानिस मरेपछि उसलाई सधेँभरि आगोमा तड्पाउने कुनै अदृश्य ठाउँलाई सङ्केत गरेको हुन सक्दैन। बरु येशू र उहाँका चेलाहरूले “दोस्रो मृत्यु” अर्थात् अनन्त विनाशलाई सङ्केत गर्न गेहेन्ना शब्द चलाउनुभएको थियो। — प्रका २०:१४; मत्ती ५:२२; १०:२८.
nwtsty-E मत्ती १८:१० को अध्ययन नोट
मेरो बुबाको मुहार . . . हेरिरहेका हुन्छन्: वा “मेरो बुबाकहाँ जाने अनुमति पाएका छन्।” परमेश्वरसामु जाने अनुमति पाएको हुनाले स्वर्गदूतहरूले मात्र परमेश्वरको मुहार हेर्न सक्छन्। — प्रस्थ ३३:२०.
w१०-E ११/१ १६
स्वर्गदूतहरूले हामीलाई कसरी असर गर्छन्?
परमेश्वरका सेवकहरूलाई आध्यात्मिक रूपमा हेरविचार गर्ने जिम्मेवारी स्वर्गदूतहरूलाई दिइएको छ भनेर येशूले बताउनुभयो। त्यसैले अरूलाई ठेस पुऱ्याउनदेखि होसियार रहन चेतावनी दिँदा येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “होसियार बस, तिमीहरूले यी सानाहरूमध्ये कसैलाई हेला नगर, किनकि म तिमीहरूलाई भन्छु तिनीहरूको रखवाली गर्ने स्वर्गदूतहरूले स्वर्गमा बस्नुहुने मेरो बुबाको मुहार सधैं हेरिरहेका हुन्छन्।” (मत्ती १८:१०) येशूले भन्नुभएको यस कुराले उहाँको प्रत्येक चेलाको रखवाली गर्न एक जना स्वर्गदूत खटाइएको हुन्छ भनेर बुझाउँदैन। तर यसबाट परमेश्वरसित मिलेर काम गर्ने स्वर्गदूतहरू ख्रीष्टियन मण्डलीका सदस्यहरूमा निकै चासो लिन्छन् भनेर थाह पाउन सक्छौँ।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मत्ती १८:२२ को अध्ययन नोट
सतहत्तर पटक: शाब्दिक, “सात गुणा सत्तरी।” यो ग्रीक अभिव्यक्तिले “७० र ७” (७७ पटक) वा “७० गुणा ७”-लाई (४९० पटक) बुझाएको हुन सक्छ। उत्प ४:२४ मा चलाइएको हिब्रू अभिव्यक्ति “सतहत्तर गुणा”-लाई बुझाउन सेप्टुआजिन्ट-मा यही ग्रीक अभिव्यक्ति चलाइएको छ। यसले “७७ पटक” भन्ने अनुवाद नै सही हो भन्ने कुरालाई समर्थन गर्छ। जे होस्, ७ अङ्क दोहोऱ्याइनुले “जत्ति पटक पनि” वा “त्यसको कुनै सीमा छैन” भन्ने कुरालाई सङ्केत गर्छ। पत्रुसले ७ पटक क्षमा दिनुपर्ने हो कि भनेर सोध्दा येशूले “७७ पटक” भन्नुभयो। मतलब, कति पटक क्षमा दिने भन्ने सन्दर्भमा कुनै सीमा नतोक्न येशू आफ्ना चेलाहरूलाई सिकाउँदै हुनुहुन्थ्यो। तर त्यसको ठीक विपरीत बेबिलोनी ताल्मुदमा (योमा ८६ख) यसो लेखिएको छ: “कुनै मानिसले गल्ती गऱ्यो भने उसलाई पहिलो, दोस्रो र तेस्रो पटकसम्म क्षमा दिइन्छ तर चौथो पटक भने उसलाई क्षमा दिइनेछैन।”
nwtsty-E मत्ती १९:७ को अध्ययन नोट
छोडपत्र: वा “सम्बन्धविच्छेदको प्रमाणपत्र।” मोशाको व्यवस्थाअनुसार श्रीमतीसित सम्बन्धविच्छेद गर्न चाहने पुरुषले एउटा कानुनी कागजपत्र तयार गर्नुपर्थ्यो र सायद बूढा-प्रधानहरूसित सरसल्लाह पनि गर्नुपर्थ्यो। यस्तो प्रबन्धले गर्दा ती पुरुषले यत्ति गम्भीर निर्णय गर्नुअघि त्यसबारे पुनर्विचार गर्न समय पाउँथे। मानिसहरूले सम्बन्धविच्छेदलाई हल्कासित नलेऊन् र स्त्रीहरूले पनि केही हदसम्म कानुनी सुरक्षा पाऊन् भनेर व्यवस्थामा यस्तो प्रबन्ध गरिएको हुनुपर्छ। (व्य २४:१) तर येशूको समयमा धर्मगुरुहरूले सम्बन्धविच्छेद गर्न निकै सजिलो बनाइदिएका थिए। पहिलो शताब्दीका इतिहासकार जोसेफस, जो एक फरिसी थिए र आफैले पनि सम्बन्धविच्छेद गरेका थिए, तिनले लेखेअनुसार “जुनसुकै कारण देखाएर सम्बन्धविच्छेद गर्न पाइन्थ्यो (र धेरैजसो अवस्थामा त्यसो गर्नेहरू पुरुषहरू नै हुन्थे)।”
nwtsty-E मिडिया
छोडपत्र
तस्बिरमा देखाइएको यो छोडपत्र इ.सं. ७१ वा ७२ को हो। यो अरामी भाषामा लेखिएको थियो। यो छोडपत्र यहूदी मरुभूमिमा पर्ने सुक्खा बेंसी — वादी मुराब्बतको उत्तरतिर फेला परेको थियो। यसमा यहूदी विद्रोहको छैटौँ वर्षमा नक्सानका छोरा यूसुफले मसाडामा बस्ने जोनाथनकी छोरी मरियमलाई सम्बन्धविच्छेद गरेको कुरा उल्लेख गरिएको छ।