गीत ७८
‘परमेश्वरको वचन सिकाउनुहोस्’
छापिएको संस्करण
१. सिकाउँदा याहको वचन
आनन्दित हुन्छ मन।
कति धेरै पायौँ आशिष्
धन्य भयो जीवन।
येसुको पाइला पछ्याउँछौँ;
मायाले सिकाउँछौँ।
मदत गर्नेछौँ तिनलाई हामी
याहको मित्र बन्न।
२. चम्काउँछौँ याहको ज्योति
सबैलाई त्यो बाँडी।
बोली र कामले सिकाउँछौँ
असल शिक्षक बनी।
अनमोल छ याहको वचन
लगाउँछौँ यसमा मन।
जे सिक्यौँ याहको वचनमा
सिकाउँछौँ अरूलाई।
३. याहले दिनेछन् मदत
सिकाउनलाई वचन।
गरौँ यहोवालाई बिन्ती
सुन्छन् पक्कै पनि।
सत्य छ याहको वचन
प्यारो ठान्छौँ अति।
बन्नेछन् शिक्षक अरू पनि
मायाले सिकाउँदा।
(भज. ११९:९७; २ तिमो. ४:२; ति. २:७; १ युह. ५:१४ पनि हेर्नुहोस्)