प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • धार्मिक चित्रहरू यसका पुरातन स्रोतहरू
    प्रहरीधरहरा—२००२ | जुलाई १
    • मानिसहरूले तिनीहरूको सामुन्‍ने लम्पसार परेर ढोगे, चुम्बन गरे, तिनीहरूको अगाडि मैनबत्ती र धूप बाले, फूल चढाए र तिनीहरूको अलौकिक शक्‍तिद्वारा चमत्कार गर्न खोजे। . . . प्रतिमाहरू स्वयम्‌ ईश्‍वर होइनन्‌ तर तिनीहरू ईश्‍वरका सम्झौटोहरू मात्र हुन्‌ भनी चर्चका पादरीहरू र परिषद्‌हरूले बारम्बार बताए तापनि मानिसहरूले यसबीच भिन्‍नता छुट्‌याउन चाहेनन्‌।”

      त्यसै गरी आज पनि धार्मिक चित्रहरू प्रयोग गर्ने धेरै जनाले प्रतिमाहरू उपासनाका होइनन्‌ तर श्रद्धाका वस्तुहरू मात्र हुन्‌ भन्‍ने तर्क गर्छन्‌। तिनीहरूले धार्मिक चित्रहरू परमेश्‍वरको उपासना गर्नको लागि वैध र अपरिहार्य वस्तुहरू हुन्‌ भनेर पनि तर्क गर्न सक्छन्‌। सायद तपाईंलाई पनि यस्तै लाग्छ होला। तर यस्तो प्रश्‍न उठ्‌छ, यसबारे परमेश्‍वरलाई कस्तो लाग्छ? के वास्तवमा चित्रको श्रद्धा गर्नु भनेको यसको उपासना गर्नुजस्तै हुन सक्छ र? के यस्ता प्रचलनहरूको पछाडि नदेखिने खतराहरू हुन सक्छन्‌?

  • ‘आत्मामा’ परमेश्‍वरको उपासना गर्नुहोस्‌
    प्रहरीधरहरा—२००२ | जुलाई १
    • ‘आत्मामा’ परमेश्‍वरको उपासना गर्नुहोस्‌

      “तिमीहरू परमेश्‍वरको तुलना कससित गर्नेछौ ? अथवा केको प्रतिरूपसित उहाँको मिलान गर्नेछौ ?”—यशैया ४०:१८.

      सायद तपाईं परमेश्‍वरको उपासना गर्दा चित्रहरू प्रयोग गर्नु ठीक छ भनी साँच्चै विश्‍वास गर्नुहुन्छ होला। यसले तपाईंलाई प्रार्थना सुन्‍नुहुने तर व्यक्‍तित्वहीन र अमूर्तजस्तो देखिने अदृश्‍य परमेश्‍वरसँग नजिकको सम्बन्ध विकास गर्न मदत गर्छ जस्तो तपाईंलाई लाग्न सक्छ।

      तर परमेश्‍वरको उपासना गर्नको लागि आफ्नै तरिकाहरू रोज्न के हामी पूर्णतया स्वतन्त्र छौं? के स्वीकार्य छ र के स्वीकार्य छैन भनी अन्तिम निर्णय गर्ने अधिकार परमेश्‍वरको नै होइन र? यस सम्बन्धमा परमेश्‍वरको दृष्टिकोणबारे येशूले यसरी बताउनुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूहन्‍ना १४:६) चित्रहरू वा अरू पवित्र चीजहरू प्रयोग गर्नु गलत हो भनी बुझाउन यी शब्दहरू मात्र पनि पर्याप्त छन्‌।

      हो, यहोवा परमेश्‍वरले एउटा निश्‍चित प्रकारको उपासना मात्रै स्वीकार्नुहुन्छ। अनि त्यो कस्तो प्रकारको उपासना हो? अर्को अवसरमा येशूले यसो भन्‍नुभयो: “तर बेला आउँछ, र अहिल्यै हो, जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।”— यूहन्‍ना ४:२३, २४.

      के परमेश्‍वर जो “आत्मा हुनुहुन्छ,” उहाँलाई भौतिक प्रतिमाहरूद्वारा प्रतिनिधित्व गर्न मिल्छ? अहँ, मिल्दैन। चाहे चित्र जतिसुकै सुन्दर होस्‌, यो परमेश्‍वरको महिमाको बराबरीमा आउन सक्दैन। त्यसकारण प्रतिमाहरूले कहिल्यै पनि परमेश्‍वरको साँचो प्रतिनिधित्व गर्न सक्दैनन्‌। (रोमी १:२२, २३) कुनै व्यक्‍तिले परमेश्‍वरको उपासना गर्न मानव निर्मित चित्रको प्रयोग गर्छ भने, के उसले ‘सत्यतामा पुजिरहेको’ हुनेछ होला र?

      स्पष्ट बाइबल शिक्षा

      परमेश्‍वरको व्यवस्थाले उपासना गर्न प्रतिमाहरू बनाउन निषेध गरेको थियो। दस आज्ञाहरूमध्येका दोस्रो आज्ञाले

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने