प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr19 नोभेम्बर पृ. १-२
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१९)
  • उपशीर्षकहरू
  • नोभेम्बर ४-१०
  • नोभेम्बर ११-१७
  • नोभेम्बर १८-२४
  • नोभेम्बर २५–डिसेम्बर १
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१९)
mwbr19 नोभेम्बर पृ. १-२

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

नोभेम्बर ४-१०

बाइबलमा पाइने अनमोल धन | १ युहन्‍ना १-५

बहुमूल्य रत्न खोजौँ

it-1-E पृ. ८६२ अनु. ५

क्षमा

अरूको लागि र सम्पूर्ण मण्डलीको लागि समेत क्षमा माग्दै यहोवासित प्रार्थना गर्नु उचित कुरा हो। मोसाले इस्राएल राष्ट्रको सन्दर्भमा त्यसै गरे। तिनले सम्पूर्ण राष्ट्रको पाप यहोवासामु स्विकारे र क्षमा मागे अनि यहोवाले तिनको बिन्ती सुन्‍नुभयो। (गन १४:१९, २०) सुलेमानले पनि यहोवालाई मन्दिर समर्पण गर्ने बेलामा त्यसै गरे। यहोवाका जनहरूले कुनै पाप गरे र आफ्नो गलत मार्ग त्यागेर यहोवाकहाँ फर्किए भने तिनीहरूलाई क्षमा दिन सुलेमानले उहाँलाई बिन्ती गरे। (१रा ८:३०, ३३-४०, ४६-५२) एज्राले निर्वासनबाट फर्किएका यहुदीहरूको पाप सबै मानिससामु स्वीकार गरे। तिनले मानिसहरूसामु परमेश्‍वरलाई मनैदेखि प्रार्थना गरेकोले र मानिसहरूलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेकोले ती मानिसहरूले यहोवाको क्षमा पाउन आवश्‍यक कदम चाले। (एज्रा ९:१३–१०:४, १०-१९, ४४) याकुबले आध्यात्मिक रूपमा बिरामी परेको व्यक्‍तिलाई मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाउन प्रोत्साहन दिए। तिनीहरूले त्यस व्यक्‍तिको लागि प्रार्थना गरिदिनेछन्‌ र “उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ।” (या ५:१४-१६) तर “मृत्युमा पुऱ्‍याउने पाप पनि छ,” जुन पवित्र शक्‍तिविरुद्ध गरिने पाप हो। पवित्र शक्‍तिविरुद्ध पाप गर्ने व्यक्‍तिले जानाजानी पाप गरिरहन्छ र यसको क्षमा पाउन सकिँदैन। पवित्र शक्‍तिविरुद्ध पाप गर्नेहरूको लागि ख्रिष्टियनहरूले प्रार्थना गर्नु हुँदैन।—१यु ५:१६; मत्ति १२:३१; हिब्रू १०:२६, २७.

नोभेम्बर ११-१७

बाइबलमा पाइने अनमोल धन | २ युहन्‍ना १–यहुदा

बहुमूल्य रत्न खोजौँ

it-2-E पृ. २७९

प्रेम-भोज

यी प्रेम-भोजहरू कस्ता हुन्थे र कहिले-कहिले आयोजना गरिन्थे भनेर बाइबलमा व्याख्या गरिएको छैन। (यहु १२) यस किसिमको भोज आयोजना गर्न प्रभु येसु ख्रिष्टले आज्ञा दिनुभएको थिएन, न त उहाँका प्रेषितहरूले नै आज्ञा दिएका थिए। अनि यी भोजहरू स्थायी रूपमा मनाइरहनुपर्ने किसिमका होइनन्‌ भन्‍ने कुरा स्पष्ट छ। कसै-कसैको भनाइअनुसार भौतिक रूपमा सम्पन्‍न ख्रिष्टियनहरूले कहिलेकाहीँ भोजको आयोजना गर्थे र गरिब सङ्‌गी विश्‍वासीहरूलाई निम्तो दिन्थे। यसरी अनाथ, विधवा, धनी र गरिब एकसाथ मिलेर भ्रातृप्रेम कायम राख्दै प्रशस्त भोजनको आनन्द उठाउँथे।

it-2-E पृ. ८१६

चट्टान

अर्को ग्रीक शब्द स्पिलास-ले पानीको सतहमुनि लुकेको चट्टानलाई बुझाएको हुनुपर्छ। यहुदाले यो शब्द दुष्ट मनसाय राखेर ख्रिष्टियन मण्डलीभित्र सुटुक्क घुसेका केही मानिसहरूलाई बुझाउन प्रयोग गरे। जसरी पानीको सतहमुनि लुकेको चट्टानले जहाजलाई निकै क्षति पुऱ्‍याउन सक्छ, त्यसैगरि यस्ता मानिसहरू पनि मण्डलीका अरू सदस्यहरूको लागि एउटा ठूलो खतरा थिए। त्यस्ता मानिसहरूबारे यहुदाले यसो भने: “यिनीहरू तिमीहरूले लगाएको भोजमा तिमीहरूसँगै खान्छन्‌। तर यिनीहरू पानीमुनि लुकेका चट्टानहरू हुन्‌।”—यहु १२.

नोभेम्बर १८-२४

बाइबलमा पाइने अनमोल धन | प्रकाश १-३

बहुमूल्य रत्न खोजौँ

w०९-E १/१५ पृ. ३१ अनु. १

प्रकाशको पुस्तकका विशेषताहरू—भाग १

२:७—“परमेश्‍वरको प्रमोदवन” भनेको के हो? यो कुरा अभिषिक्‍त ख्रिष्टियनहरूलाई लेखिएकोले यहाँ उल्लेख गरिएको प्रमोदवनले स्वर्गको आनन्दमय अवस्थालाई बुझाएको हुनुपर्छ, जहाँ परमेश्‍वर स्वयम्‌ उपस्थित हुनुहुन्छ। वफादार अभिषिक्‍त ख्रिष्टियनहरूले इनामस्वरूप “जीवनको रूखको फल” खान पाउनेछन्‌। तिनीहरूले अमर जीवन पाउनेछन्‌।—१ कोरि. १५:५३.

नोभेम्बर २५–डिसेम्बर १

बाइबलमा पाइने अनमोल धन | प्रकाश ४-६

बहुमूल्य रत्न खोजौँ

cf-E पृ. ३६ अनु. ५-६

“हेर! यहुदाको कुलको सिंह”

५ सिंहलाई अक्सर साहसको प्रतीक मानिन्छ। के तपाईँ कहिल्यै हुर्किसकेको भाले सिंहको आमने-सामने उभिनुभएको छ? यदि छ भने सायद चिडियाखानामा मात्रै होला, जहाँ तपाईँ र त्यो सिंहबीचको बारले गर्दा तपाईँ सुरक्षित रहन सक्नुहुन्छ। तर त्यस्तो अवस्थामा समेत सिंहको अगाडि उभिँदा निकै डर लाग्न सक्छ। तपाईँ त्यस अत्यन्तै ठूलो र शक्‍तिशाली जनावरको अनुहारमा हेरिरहनुभएको छ र त्यसले पनि तपाईँलाई एकटक लगाएर हेरिरहेको छ। त्यस्तो अवस्थामा सिंह कुनै कारणले डराएर भागेको के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? बाइबलमा सिंहबारे यस्तो लेखिएको छ: “जनावरमा सबैभन्दा शक्‍तिशाली सिंह, जो कसैसित डराएर पछि हट्‌दैन।” (हितोपदेश ३०:३०) येसु पनि सिंहजत्तिकै साहसी हुनुहुन्छ।

६ येसुले सिंहको जस्तै साहस देखाउनुभएको तीन वटा तरिकाबारे विचार गरौँ: सत्यको पक्षमा खडा भएर, न्याय कायम गरेर अनि विरोधको सामना गरेर। साथै हामी स्वभावैले साहसी होऔँ या नहोऔँ, साहसी हुने सन्दर्भमा हामी सबैले येसुको अनुकरण गर्न सक्छौँ भनेर पनि बुझ्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने