प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr23 नोभेम्बर पृ. १
  • “जीवन र सेवा अभ्यास पुस्तिका”-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “जीवन र सेवा अभ्यास पुस्तिका”-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२३
  • उपशीर्षकहरू
  • नोभेम्बर ६-१२
  • नोभेम्बर २०-२६
  • डिसेम्बर १८-२४
जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२३
mwbr23 नोभेम्बर पृ. १

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

© 2023 Watch Tower Bible and Tract Society of Pennsylvania

नोभेम्बर ६-१२

बाइबलमा पाइने अनमोल धन | अय्युब १३-१४

बहुमूल्य रत्न

it-1-E पृ. १९१

खरानी

खरानीले मूल्यहीन वा काम नलाग्ने कुरालाई चित्रण गर्छ। उदाहरणको लागि, अब्राहामले एकचोटि यहोवासामु यसो भने, “म माटो र खरानी मात्र हुँ।” (उत्प १८:२७; यो पनि हेर्नुहोस्‌: यसै ४४:२०; अयु ३०:१९) अय्युबले पनि आफ्ना झूटा साथीहरूको बोलीलाई “खरानीको उपदेश” भने।—अयु १३:१२.

नोभेम्बर २०-२६

बाइबलमा पाइने अनमोल धन | अय्युब १८-१९

बहुमूल्य रत्न

w९४-E १०/१ पृ. ३२

दयालु बोलीको शक्‍ति

अय्युबलाई सान्त्वनाको खाँचो थियो। तर एलिपज अनि अरू साथीले तिनीसित दयालु बोली बोलेनन्‌। बरु उल्टै उनीहरूले अय्युबलाई तिनले गुप्तमा गलत काम गरेकोले दुःख भोग्नुपरेको हो भनेर दोष दिए। (अय्युब ४:⁠८) एउटा बाइबलमा यस्तो टिप्पणी गरिएको छ: “अय्युब दयालु वचन सुन्‍न चाहन्थे। तर तिनका साथीहरूले तिनलाई सहीजस्तो देखिने अनि धेरैजसो मानिसले विश्‍वास गर्ने धार्मिक तथा नैतिक भनाइहरू दोहोऱ्‍याइरहेका थिए, जसले तिनलाई दिक्क पाऱ्‍यो।” एलिपज अनि अरू साथीको कुरा सुनेपछि तिनी यत्ति दुःखी भए कि तिनले यसो भने: “तपाईँहरू कहिलेसम्म मलाई सताइरहनुहुन्छ? कहिलेसम्म घोचपेच गरिरहनुहुन्छ?”—अय्युब १९:⁠२.

हामीले सोचविचारै नगरी अनि रुखो बोली कहिल्यै बोल्नु हुँदैन। नत्र त सङ्‌गी भाइबहिनी हतोत्साहित भएर परमेश्‍वरलाई पुकार्ने हदसम्म पुग्न सक्छन्‌। (व्यवस्था २४:१५ तुलना गर्नुहोस्‌।) त्यसैले बाइबल यस्तो चेतावनी दिन्छ: “जीवन र मृत्युको शक्‍ति बोलीमा रहन्छ। आफ्नो बोली वचनको फल आफैले भोग्नुपर्छ।”—हितोपदेश १८:​२१, RV.

डिसेम्बर १८-२४

बाइबलमा पाइने अनमोल धन | अय्युब २८-२९

“के तपाईँले अय्युबले जस्तै राम्रो नाम कमाउनुभएको छ?

it-1-E पृ. ६५५ अनु. १०

पोसाक

बाइबलमा पोसाकले विभिन्‍न कुरालाई चित्रण गर्छ। कुनै व्यक्‍तिको युनिफर्म वा विशेष पहिरनले तिनी कुन सङ्‌गठनका सदस्य हुन्‌ अथवा तिनी कस्ता धारणालाई समर्थन गर्छन्‌ भनेर देखाउँछ। बाइबलमा प्रतीकात्मक तवरमा प्रयोग गरिएको पोसाक शब्दले कुनै व्यक्‍तिले लिएको अडान र त्यसैअनुरूपको तिनको व्यवहारलाई चित्रण गर्छ। जस्तै, येसुले बताउनुभएको उदाहरणमा विवाहमा लगाउनुपर्ने पोसाक। (मत्ति २२:​११, १२) प्रकाश १६:​१४, १५ मा प्रभु येसु ख्रिष्टले आध्यात्मिक तवरमा निदाएमा तिनको लुगा खोसिनेछ भनेर चेतावनी दिनुभयो अर्थात्‌ तिनी साँचो परमेश्‍वरका वफादार साक्षी हुन्‌ भन्‍ने चिनारी गुमाउनेछन्‌ भन्‍नुभयो। आफ्नो चिनारी अर्थात्‌ आफ्नो लुगाको रखवाली गर्न सकेनौँ भने “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ”-मा ज्यान गुमाउनुपर्ने हुन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने