प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ११/१ pp. ३०-३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • ‘संसारको आत्माको’ प्रतिरोध गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • के मोटोपन साँच्चै एउटा समस्या हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ११/१ pp. ३०-३१

पाठकहरूका प्रश्‍नहरू

मसीही मण्डलीले घिचुवापनलाई कुन दृष्टिले हेर्छ?

परमेश्‍वरको सेवा गरिरहेका व्यक्‍तिहरूको लागि मतवालापन र घिचुवापन दुवै अस्वीकार्य आचरण हुन्‌ भनी परमेश्‍वरको वचनले निन्दा गर्छ। त्यसैले, घिचुवा बानी बसालेको व्यक्‍ति र मतवालालाई मसीही मण्डलीले एउटै वर्गमा राख्छ। मतवाला र घिचुवा दुवै मसीही मण्डलीको सदस्य बन्‍न सक्दैनन्‌।

हितोपदेश २३:२०, २१ ले यसो भन्छ: “मतवाला अथवा घिचुवाहरूको सङ्‌गत नगर्‌। किनभने मद्य र खानुको लोभले दरिद्र तुल्याउँछ, औ मतवालापनले थाङ्‌ने बनाइदिन्छ।” व्यवस्था २१:२० मा हामी “ढीट र बदमाश” व्यक्‍तिबारे पढ्‌छौं जो मोशाको व्यवस्थाअनुसार मारिन योग्यको थियो। यस पदमा त्यो बदमास अनि अपश्‍चात्तापी व्यक्‍तिको दुईवटा अवगुण बताइएको छ, त्यो हो, “लफङ्‌गा [घिचुवा, NW] र मतवाला।” स्पष्टतः पुरातन इस्राएलमा परमेश्‍वरको सेवा गर्न इच्छुक व्यक्‍तिहरूको लागि घिचुवापन अस्वीकार्य व्यवहार थियो।

त्यसोभए, घिचुवाको अर्थ के हो अनि यसबारे मसीही युनानी धर्मशास्त्रले के भन्छ? घिचुवालाई “लोभी र असन्तोषी हुँदै अचाक्ली खाने र पिउने बानी नै परिसकेको व्यक्‍ति” भनी परिभाषित गरिएको छ। त्यसैले एक अर्थमा भन्‍ने हो भने घिचुवापन भनेको एक प्रकारको लोभ हो अनि परमेश्‍वरको वचनले “लोभीहरू” परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनी बताउँछ। (१ कोरिन्थी ६:९, १०; फिलिप्पी ३:१८, १९; १ पत्रुस ४:३) साथै, प्रेरित पावलले मसीहीहरूलाई “शरीरका कामहरू” विरुद्ध चेतावनी दिंदा “मतवालीपन, भोजको मोज-मजा र यस्तै अरू” कुराहरूबारे बताए। (गलाती ५:१९-२१) अचाक्ली खानुमा अक्सर मतवालीपन र भोजको मोज-मज्जा पनि समावेश छन्‌। अनि पावलले चलाएको अभिव्यक्‍ति ‘र यस्तै अरू” भन्‍ने वर्गमा घिचुवापन छुट्‌ने त कुरै भएन। अन्य “शरीरका कामहरू[बारे]” भन्‍नुपर्दा कुनै मसीहीले घिचुवा भनेर नराम्रो नाउँ कमाएको छ अनि आफ्नो उक्‍त लोभी बानीमा परिवर्तन ल्याउन ढीट हुँदै अथवा जिद्दी गर्दै ऊ पटक्कै मान्दैन भने उसलाई मण्डलीबाट हटाउनुपर्छ।—१ कोरिन्थी ५:११, १३.a

परमेश्‍वरको वचनले मतवालीपन र घिचुवापनलाई एउटै वर्गमा राखेको भए तापनि घिचुवापनभन्दा मतवालीपन सजिलै ठम्याउन सकिन्छ। मतवालीपनका लक्षणहरू अक्सर सजिलै देखिन्छन्‌। तथापि, कुनै व्यक्‍ति साँच्चैको घिचुवा बनिसकेको छ कि छैन भनी निर्धारण गर्न धेरै गाह्रो हुन्छ किनकि बाहिरी रूपरङ्‌ग हेरेर मात्र घिचुवा हो कि होइन भनेर निर्धारण गर्न सकिंदैन। त्यसैले, यस गम्भीर मामिलालाई सुल्झाउँदा मण्डलीका प्राचीनहरू एकदमै होसियार हुनुका साथै तिनीहरूलाई विवेकको खाँचो पर्छ।

उदाहरणको लागि, मोटोपन घिचुवापनको लक्षण हुन सक्ला तर सधैं नै यो कुरा सही हुँदैन। रोगको कारणले गर्दा पनि कोही-कोही मोटाउन सक्छन्‌। वंशाणुगत तत्त्वहरूले गर्दा पनि मानिस मोटाउन सक्छ। हामीले बिर्सन नहुने अर्को कुरा के हो भने, मोटोपन एउटा शारीरिक अवस्था हो तर घिचुवापन चाहिं एउटा मानसिक प्रवृत्ति हो। मोटोपनलाई “शरीरमा बोसोको मात्रा अत्यधिक भएको अवस्था” भनेर परिभाषित गर्न सकिन्छ भने घिचुवापन भनेको “लोभी अथवा अचाक्ली खानु अथवा पिउनु” हो। त्यसैले, घिचुवापन कुनै व्यक्‍तिको शरीरको साइजद्वारा नभई खानाबारे उसको मनोवृत्तिले निर्धारण गर्छ। कुनै व्यक्‍तिको शरीरको साइज सामान्य हुन सक्छ अथवा ऊ पातलो नै होला तर पनि ऊ घिचुवा हुन सक्छ। यसको अतिरिक्‍त, कति तौल अथवा कस्तो शारीरिक बनावट ठिक्कको हो भन्‍ने कुरा ठाउँअनुसार फरक-फरक हुन्छ।

घिचुवापनका लक्षणहरू के-के हुन्‌? घिचुवाले खाना खाँदा अक्सर अनियन्त्रित भएर खान्छ अर्थात्‌ उसले अत्यन्तै अटेसमटेस वा बिरामी नै हुने गरी खाना खाने गर्छ। आत्मसंयम नभएकोले यहोवामाथि अनि उहाँका जनहरूको सुनाममा कलङ्‌क लाग्ला भन्‍ने कुराको उसलाई वास्तवमा कुनै चिन्तै हुँदैन। (१ कोरिन्थी १०:३१) अर्कोतिर, कहिलेकाहीं बढी खाने मानिसहरूलाई स्वतः “लोभी मानिस[को]” वर्गमा राख्न मिल्दैन। (एफिसी ५:५) यद्यपि, गलाती ६:१ को मनोभावअनुसार यस्ता मसीहीहरूलाई मदतको आवश्‍यकता पर्न सक्छ। पावल यसो भन्छन्‌, “हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर।”

अचाक्ली नखाने बाइबलको सल्लाह आज विशेष गरेर किन महत्त्वपूर्ण छ? किनकि विशेष गरेर हाम्रै दिनबारे येशूले यस्तो चेतावनी दिनुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला।” (लूका २१:३४, ३५) आध्यात्मिक तवरमा हानिकारक हुन सक्ने जीवन शैलीबाट जोगिने एउटा महत्त्वपूर्ण तरिका अचाक्ली नखानु हो।

परहेजी हुनु भनेको एउटा मसीही सद्‌गुण हो। (१ तिमोथी ३:२, ११) त्यसैले ठिक्क मात्रामा खाने र पिउने बानीबारे बाइबलको सल्लाह लागू गर्न व्यग्र प्रयत्न गर्नेहरूलाई यहोवाले पक्कै पनि मदत दिनुहुनेछ।—हिब्रू ४:१६.

[फुटनोट]

a मे १, १९८६ अंकको द वाचटावर-मा प्रकाशित “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने