प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd lesson १२
  • साहसी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहसी हुनुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले के गर्नुभयो?
  • हामी येसुबाट के सिक्न सक्छौँ?
  • येसुको अनुकरण गर्नुहोस्‌
  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “त्यसैले जाओ र . . . चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd lesson १२

चेला बनाउनुहोस्‌

येसु उहाँ र चेलाहरूसामु घुँडा टेकेका मानिससित मायालु तरिकामा कुरा गर्दै हुनुहुन्छ।

मर्कु. १०:१७-२२

पाठ १२

साहसी हुनुहोस्‌

सिद्धान्त: “तेल र धूपले हृदयलाई प्रसन्‍न बनाउँछ अनि साथीले साँचो मनले दिएको सल्लाह मीठो हुन्छ।”—हितो. २७:९.

येसुले के गर्नुभयो?

येसु उहाँ र चेलाहरूसामु घुँडा टेकेका मानिससित मायालु तरिकामा कुरा गर्दै हुनुहुन्छ।

भिडियो: येसु एक जवान मानिसलाई सल्लाह दिनुहुन्छ

१. भिडियो हेर्नुहोस्‌ वा मर्कुस १०:१७-२२ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. येसुले त्यस जवान मानिसमा कस्ता असल गुण देख्नुभएको हुनुपर्छ?

  2. ख. येसुले उसलाई सल्लाह दिँदा किन प्रेम र साहस दुवै देखाउनुपरेको थियो?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. विद्यार्थीले आध्यात्मिक उन्‍नति गर्न के-कस्ता छाँटकाँट गर्नुपर्छ भन्‍ने कुरा मायालुपूर्वक तर स्पष्टसित बताइदिनुपर्छ।

येसुको अनुकरण गर्नुहोस्‌

३. विद्यार्थीलाई लक्ष्यहरू राख्न र ती हासिल गर्न मदत गर्नुहोस्‌।

  1. क. सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको “लक्ष्य” भन्‍ने पेटी प्रयोग गर्नुहोस्‌।

  2. ख. छोटो र लामो समयमा हासिल गर्न सकिने लक्ष्यहरूमा पुग्न चाल्नुपर्ने कदमहरू पत्ता लगाउन मदत गर्नुहोस्‌।

  3. ग. विद्यार्थीले उन्‍नति गर्दा तिनको प्रशंसा गर्नुहोस्‌।

४. विद्यार्थीलाई उन्‍नति गर्न रोकिरहेका कुराहरू पत्ता लगाउनुहोस्‌ र ती पार गर्न मदत गर्नुहोस्‌।

  1. क. आफैलाई सोध्नुहोस्‌:

    • ‘मेरो विद्यार्थीलाई बप्तिस्मासम्म प्रगति गर्न केले रोकिरहेको छ?’

    • ‘म तिनलाई कसरी मदत गर्न सक्छु?’

  2. ख. विद्यार्थीले गर्नुपर्ने कुरा मायालु तर स्पष्ट ढङ्‌गमा बताउन यहोवासित साहस माग्नुहोस्‌।

५. उन्‍नति नगर्ने विद्यार्थीलाई अध्ययन गराउन छोड्‌नुहोस्‌।

  1. क. विद्यार्थीले उन्‍नति गरिरहेका छन्‌ कि छैनन्‌ भनेर पत्ता लगाउन आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:

    • ‘के मेरो विद्यार्थीले सिकेको कुरा लागू गर्दै छन्‌?’

    • ‘के तिनी सभामा उपस्थित हुन्छन्‌ र अरूलाई आफूले सिकेको कुरा बताउँछन्‌?’

    • ‘तिनले अध्ययन थालेको केही समय भइसकेको छ भने के तिनी यहोवाको साक्षी बन्‍न इच्छुक छन्‌?’

  2. ख. विद्यार्थी उन्‍नति गर्न चाहँदैनन्‌ भने

    • तिनलाई बाधा पुऱ्‍याइरहेको कुराबारे विचार गर्न आग्रह गर्नुहोस्‌।

    • तिनको अध्ययन छोड्‌न लाग्नुको कारण राम्ररी बुझाउनुहोस्‌।

    • पछि फेरि अध्ययन गर्न तिनले उन्‍नति गर्नुपर्ने क्षेत्रबारे बताइदिनुहोस्‌।

यी पदहरू पनि हेर्नुहोस्‌:

भज. १४१:५; हितो. २५:१२; २७:६; १ कोरि. ९:२६; कल. ४:५, ६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने