प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ६ p. २०-p. २१ par. ५
  • आठ जना बचे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आठ जना बचे
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • नुहको जहाज
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • ठूलो जलप्रलय
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • नूहले ठूलो जहाज बनाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ६ p. २०-p. २१ par. ५
बेस्सरी पानी परेपछि जहाज तैरिन थाल्छ

पाठ ६

आठ जना बचे

नुह, तिनको परिवार र जनावरहरू जहाजबाट बाहिर निस्कन्छन्‌

नुह, तिनको परिवार र जनावरहरू जहाजभित्र पसे अनि यहोवा परमेश्‍वरले जहाजको ढोका थुनिदिनुभयो। त्यसपछि पानी पर्न थाल्यो। पानी यत्ति बेस्सरी पऱ्‍यो कि जहाज तैरिन थाल्यो। पूरै पृथ्वी पानीले भरियो। जहाजबाहिर भएका सबै खराब मानिस मरे। तर नुह र तिनको परिवार जहाजभित्र भएकोले जोगिए। यहोवाको आज्ञा मानेकोमा तिनीहरू कत्ति खुसी भए होलान्‌!

चालीस दिनसम्म दिनरात पानी पऱ्‍यो अनि रोकियो। पानी बिस्तारै-बिस्तारै घट्‌न थाल्यो। पछि जहाज एउटा डाँडामा अडियो। तर जमिनमा अझै पानी नै पानी थियो। त्यसैले जहाज अडिएलगत्तै नुह र तिनको परिवार जहाजबाट बाहिर निस्किन सकेनन्‌।

बिस्तारै जमिन सुक्खा हुन थाल्यो। नुह र तिनको परिवार जहाजभित्र एक वर्षभन्दा लामो समय रहे। त्यसपछि यहोवा परमेश्‍वरले तिनीहरूलाई जहाजबाट बाहिर निस्कन भन्‍नुभयो। परमेश्‍वरले बचाउनुभएकोमा उहाँलाई धन्यवाद दिन तिनीहरूले भेटी चढाए।

इन्द्रेनी

यहोवा परमेश्‍वरले तिनीहरूले चढाएको भेटी स्विकार्नुभयो। उहाँले जलप्रलय ल्याएर फेरि कहिल्यै पृथ्वीलाई नाश नगर्ने वाचा गर्नुभयो। त्यस वाचाको चिन्हस्वरूप उहाँले आकाशमा पहिलो चोटि इन्द्रेनी देखाउनुभयो। के तिमीले कहिल्यै इन्द्रेनी देखेका छौ?

त्यसपछि यहोवाले नुह र तिनको परिवारलाई सन्तान जन्माएर पृथ्वी ढाक्न भन्‍नुभयो।

“जलप्रलय आएर [मानिसहरू] सबैलाई स्वात्तै नबगाएसम्म तिनीहरूले यादै गरेनन्‌।”—मत्ति २४:३८, ३९

प्रश्‍नहरू: यहोवाले जहाजको ढोका थुनिदिनुभएपछि के भयो? इन्द्रेनी देख्दा हामीले के सम्झनुपर्छ?

उत्पत्ति ७:१–९:१७

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने