प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. ३ pp. ६-७
  • भावनात्मक स्वास्थ्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भावनात्मक स्वास्थ्य
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रिस
  • कृतज्ञता
  • बाइबलका अरू सिद्धान्तहरू
  • बाइबलले रिसबारे के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • “मान्छेको सुझबुझले उसको रिस धीमा पार्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • म आफ्ना भावनाहरू कसरी नियन्त्रणमा राख्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००५
  • रीसलाई किन नियन्त्रणमा राख्ने?
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. ३ pp. ६-७
ग्रोसरी स्टोरको लाइनमा सबै जना दिक्क मान्दै छन्‌ तर एक जना महिला र तिनकी छोरी भने शान्त छन्‌

भावनात्मक स्वास्थ्य

बाइबलले हामीलाई हानि पुऱ्‍याउने मनोभाव तथा सोचाइदेखि टाढा बस्न चेतावनी दिन्छ तर आफूलाई फाइदा पुऱ्‍याउने गुणहरू विकास गर्न प्रोत्साहन दिन्छ।

रिस

बाइबलको सिद्धान्त: “हतपती नरिसाउने मानिस वीर योद्धाभन्दा असल हो।”—हितोपदेश १६:३२.

यसको अर्थ के हो? आफ्नो भावनाहरूलाई काबूमा राख्न सक्यौं भने त्यसले हामीलाई फाइदा पुऱ्‍याउँछ। कहिलेकाहीँ रिसाउनुको जायज कारण हुन सक्छ तर रिसलाई काबूमा राखेनौँ भने त्यसले भयानक रूप लिन सक्छ। अनुसन्धानकर्ताहरूले बताएअनुसार रिसको झोँकमा मानिसहरू अक्सर यस्ता कुराहरू बोल्छन्‌ वा गर्छन्‌, जसले गर्दा पछि पछुताउनुपर्ने हुन्छ।

तपाईँ के गर्न सक्नुहुन्छ? आवेशमा आएर कुनै कदम चाल्नुअघि नै रिसलाई नियन्त्रण गर्नुहोस्‌। कसै-कसैको विचारमा रिसले जङ्‌गिनु भनेको पुरुषार्थ देखाउनु हो तर वास्तवमा त्यो कमजोरीको चिन्ह हो। बाइबल यसो भन्छ, “रिस थाम्न नसक्ने मानिस पर्खाल भत्किएको सहरजस्तै हो।” (हितोपदेश २५:२८) रिसलाई काबूमा राख्ने एउटा राम्रो तरिका भनेको केही भन्‍नु वा गर्नुअघि सबै सत्यतथ्य थाह पाउनु हो। “अन्तर्दृष्टि भएको मानिसले रिसलाई काबूमा राख्छ।” (हितोपदेश १९:११) कुनै पनि मामिलामा दुवै पक्षको कुरा राम्रोसँग सुन्यौँ भने आफ्नो भावनालाई वशमा राख्न सक्नेछौँ।

कृतज्ञता

बाइबलको सिद्धान्त: “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।”—कलस्सी ३:१५.

यसको अर्थ के हो? कृतज्ञ हुने मानिस मात्र खुसी हुन सक्छ। आफ्नो जीवनमा थुप्रै कुरा गुमाएर शोकमा परेका मानिसहरूसमेत खुसी हुन सकेका छन्‌। किनभने उनीहरूले आफूले गुमाएको कुरामा होइन बरु आफूले पाएको कुरामा कृतज्ञ भएर आफ्नो भावनालाई सम्हाल्न सके।

तपाईँ के गर्न सक्नुहुन्छ? हरेक दिन आफू कृतज्ञ हुन सक्ने कुराहरूको सूची बनाउनुहोस्‌। कुनै ठूलो कुरा हुनुपर्छ भन्‍ने छैन। स-साना कुराहरूको लागि पनि कृतज्ञ हुन सक्छौँ, जस्तै, सुन्दर सूर्योदय, आफूले माया गरेको व्यक्‍तिसितको रमाइलो कुराकानी वा अर्को एउटा नयाँ दिन। यस्ता सकारात्मक कुराहरूलाई याद गर्नुभयो अनि त्यसप्रति कृतज्ञ हुनुभयो भने तपाईँ अझै आनन्दित र भावनात्मक रूपमा स्वस्थ हुन सक्नुहुन्छ।

विशेषगरि आफ्नो परिवार वा साथीभाइप्रति किन कृतज्ञ छौं भनेर विचार गर्नु फाइदाजनक छ। तपाईँ अरू व्यक्‍तिको कुन कुराप्रति कृतज्ञ हुनुहुन्छ भनेर थाह पाउनु भएपछि उक्‍त व्यक्‍तिलाई भेटेर वा पत्र लेखेर, इमेल गरेर वा मेसेज गरेर आफू तिनीप्रति कृतज्ञ भएको कुरा बताउनुहोस्‌। यसो गर्दा तपाईँ र उक्‍त व्यक्‍तिबिचको सम्बन्ध सुमधुर हुनेछ अनि दिँदा पाइने आनन्द पनि तपाईँले महसुस गर्न सक्नुहुनेछ।—प्रेषित २०:३५.

बाइबलका अरू सिद्धान्तहरू

एउटी आमा बाइबलको रेकर्डिङ सुन्दै आफ्नी सानी छोरीको लुगा पट्याउँदै छिन्‌

तपाईँ बाइबलको अडियो रेकर्डिङ डाउनलोड गर्न सक्नुहुन्छ। यो jw.org मा लगभग ४० भाषामा उपलब्ध छ

झगडा सुरु हुनुअघि नै त्यहाँबाट निस्कनुहोस्‌।

“झगडा सुरु हुनु पानीको बाँध फुट्‌नुजस्तै हो; झगडा चर्किनुअघि नै त्यस ठाउँबाट निस्किहाल।”—हितोपदेश १७:१४.

भविष्यको अनावश्‍यक चिन्ता नलिनुहोस्‌।

“भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट पर्याप्त छ।”—मत्ति ६:३४.

आवेशमा नआउनुहोस्‌ बरु कदम चाल्नुअघि सोच्नुहोस्‌।

“सोच्ने क्षमताले तिम्रो रक्षा गर्नेछ, समझशक्‍तिले तिमीलाई जोगाउनेछ।”—हितोपदेश २:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने