प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd lesson ८
  • धीरजी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धीरजी हुनुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले के गर्नुभयो?
  • हामी येसुबाट के सिक्न सक्छौँ?
  • येसुको अनुकरण गर्नुहोस्‌
  • धीरजी भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने भिडियोबाट सिकाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • येसुको बलिदानबाट लाभ उठाउनुहोस्‌
    थप लेखहरू
  • अरूमा चासो राख्नुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd lesson ८

फेरि भेट्‌नुहोस्‌

येसु आफ्नो भाइ याकुबलाई भेट्‌न तिनको काम गर्ने ठाउँमा जानुभएको छ। याकुब उहाँलाई देखेर दङ्‌ग परेका छन्‌।

युह. ७:३-५; १ कोरि. १५:३, ४, ७

पाठ ८

धीरजी हुनुहोस्‌

सिद्धान्त: “प्रेम धीरजी . . . हुन्छ।”—१ कोरि. १३:४.

येसुले के गर्नुभयो?

येसु आफ्नो भाइ याकुबलाई भेट्‌न तिनको काम गर्ने ठाउँमा जानुभएको छ। याकुब उहाँलाई देखेर दङ्‌ग परेका छन्‌।

भिडियो: येसु धीरजी भई आफ्नो भाइलाई मदत गर्नुहुन्छ

१. भिडियो हेर्नुहोस्‌ वा युहन्‍ना ७:३-५ र १ कोरिन्थी १५:३, ४, ७ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. येसुका भाइहरूले सुरुमा सुसमाचारप्रति कस्तो प्रतिक्रिया देखाए?

  2. ख. येसुले हार नमानी आफ्नो भाइ याकुबलाई मदत गर्नुभयो भनेर कुन कुराले देखाउँछ?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. हामी धीरजी हुनुपर्छ किनभने कसै-कसैलाई सुसमाचार स्विकार्न समय लाग्न सक्छ।

येसुको अनुकरण गर्नुहोस्‌

३. फरक तरिका अपनाउनुहोस्‌। यदि कुनै व्यक्‍ति तुरुन्तै बाइबल अध्ययन गर्न राजी भएनन्‌ भने तिनलाई दबाब नदिनुहोस्‌। मिल्छ भने बाइबल अध्ययन कसरी गरिन्छ र त्यसो गर्दा तिनलाई कस्तो फाइदा हुन्छ भनेर बुझाउन भिडियोहरू वा लेखहरू देखाउनुहोस्‌।

४. तुलना नगर्नुहोस्‌। प्रत्येक व्यक्‍तिको अवस्था फरक हुन्छ। यदि तपाईँको परिवारको सदस्य वा पुनःभेट बाइबल अध्ययन गर्न वा बाइबलको कुनै शिक्षा स्विकार्न हिचकिचाइरहेका छन्‌ भने त्यसको सम्भाव्य कारणबारे विचार गर्नुहोस्‌। के तिनलाई कुनै खास धार्मिक विश्‍वास र रीतिथितिप्रति एकदमै लगाब छ? के तिनलाई आफन्तहरू वा छिमेकीहरूबाट दबाब आइरहेको छ? तपाईँले भन्‍नुभएको कुराबारे विचार गर्न र बाइबलले सिकाउने कुराको महत्त्व बुझ्न तिनलाई समय दिनुहोस्‌।

५. चासो देखाएको व्यक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌। सकारात्मक रहन र कौशलता अपनाउन सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। खासै चासो नदेखाएको व्यक्‍तिसित भेटघाट गरिरहने हो कि छोड्‌ने भनेर निर्णय गर्न उहाँसित समझ माग्नुहोस्‌।—१ कोरि. ९:२६.

यी पदहरू पनि हेर्नुहोस्‌:

मर्कु. ४:२६-२८; १ कोरि. ३:५-९; २ पत्रु. ३:९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने