प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr26 जनवरी पृ. १-३
  • “जीवन र सेवा अभ्यास पुस्तिका”-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “जीवन र सेवा अभ्यास पुस्तिका”-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री—२०२५
  • उपशीर्षकहरू
  • जनवरी ५-११
  • जनवरी २६–फेब्रुअरी १
  • फेब्रुअरी ९-१५
  • फेब्रुअरी १६-२२
जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री—२०२५
mwbr26 जनवरी पृ. १-३

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania

जनवरी ५-११

बाइबलमा पाइने अनमोल धन यसैया १७–२०

“हामीलाई लुट्‌नेहरूको हालत” कस्तो हुनेछ?

ip-1 पृ. १९८ अनु. २०

राष्ट्रहरूविरुद्ध यहोवाको फैसला

२० यसैया यसो भन्छन्‌: “साँझ तिनीहरूलाई त्रासले छोप्नेछ अनि बिहान हुनुअघि नै तिनीहरू नाश हुनेछन्‌। हामीलाई लुट्‌नेहरूको हालत यस्तै हुनेछ। हामीलाई रित्याउन खोज्नेहरूको हालत यस्तै हुनेछ।” (यसैया १७:१४) थुप्रै मानिसहरूले यहोवाका जनहरूलाई क्रूर अनि अनादरपूर्ण व्यवहार गरेर लुटिरहेका छन्‌। यहोवाका जनहरू संसारका प्रमुख धर्महरूको भाग होइनन्‌ र भाग बन्‍न पनि चाहँदैनन्‌। त्यसैले आलोचकहरू र कट्टर विरोधीहरू साँचो ख्रिष्टियनहरूलाई सजिलै आफ्नो सिकार बनाउन खोज्छन्‌। तर यसैयाले “बिहान” हुनुअघि नै तिनीहरू नाश हुनेछन्‌ भनी बताएका छन्‌। त्यसैले परमेश्‍वरका जनहरू आफूले भोगिरहेको सङ्‌कष्ट चाँडै अन्त हुनेछ भन्‍ने कुरामा ढुक्क छन्‌।—२ थिस्सलोनिकी १:६-९; १ पत्रुस ५:६-११.

जनवरी २६–फेब्रुअरी १

बाइबलमा पाइने अनमोल धन यसैया २८–२९

आफ्नो ओठ र हृदयले यहोवाको महिमा गर्नुहोस्‌

ip-1 पृ. २९९ अनु. २३

यसैया यहोवाले गर्नुहुने ‘अनौठो कामबारे’ भविष्यवाणी गर्छन्‌

२३ हुनत यहुदाका धर्मगुरुहरूले यहोवालाई त्यागेका थिए तैपनि तिनीहरूले आफूलाई आध्यात्मिक रूपमा बुद्धिमान्‌ भएको दाबी गरे। तिनीहरूले आफूले गरेका दुष्ट र अनैतिक कामकुराको सफाइ दिन सही र गलतसम्बन्धी यहोवाको स्तरलाई बङ्‌ग्याएर आफ्नै कुरा सिकाए अनि मानिसहरूलाई यहोवादेखि तर्काए। त्यसैले यहोवाले “छक्कलाग्दो” अनि “अनौठो काम” गर्नुभएर तिनीहरूको कपटपूर्ण व्यवहारको लेखा लिनुहुने थियो। यहोवाले यसो भन्‍नुभयो: “यी मानिसहरू मुखले त मेरो नजिक आउँछन्‌ अनि ओठले त मलाई आदर गर्छन्‌ तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ। भन्‍न त तिनीहरू ‘म परमेश्‍वरको डर मान्छु’ भन्छन्‌ तर मानिसहरूले बनाएको नियममा चल्छन्‌। त्यसैले म फेरि यी मानिसहरूमाझ छक्कलाग्दो काम गर्नेछु, एकपछि अर्को छक्कलाग्दो काम। तिनीहरूमाझ भएका बुद्धिमान्‌हरूको बुद्धि नष्ट हुनेछ अनि समझदारहरूको समझ बिलाएर जानेछ।” (यसैया २९:१३, १४) यहुदाले आफैलाई बुद्धिमान्‌ अनि समझदार ठानेको थियो। तर यहोवा परमेश्‍वरले बेबिलोनी विश्‍व साम्राज्यलाई चलाउनुभएर यहुदाको सबै धर्मत्यागी समाजलाई नाश गर्नुहुँदा तिनीहरूको बुद्धि अनि समझ पनि बिलाएर जाने थियो। प्रथम शताब्दीमा पनि आफैलाई बुद्धिमान्‌ ठान्‍ने धर्मगुरुहरूले यहुदीहरूलाई बहकाउँदा त्यस्तै भएको थियो। अहिले हाम्रो समयमा पनि ख्रिष्टियन भनौँदाहरूको हालत त्यस्तै हुनेछ।—मत्ति १५:८, ९; रोमी ११:८.

फेब्रुअरी ९-१५

बाइबलमा पाइने अनमोल धन यसैया ३३–३५

“उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ”

ip-1 पृ. ३५२-३५५ अनु. २१-२२

“त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु’”

२१ यसैयाको भविष्यवाणी आज हाम्रो समयमा पूरा भइरहेको छ। यहोवाका जनहरू अहिले आध्यात्मिक रूपमा निको भइरहेका छन्‌। तिनीहरू अमर आत्मा, त्रिएक र नरकजस्ता झूटो शिक्षाहरूबाट मुक्‍त भएका छन्‌। तिनीहरूले नैतिकतासम्बन्धी सही डोऱ्‍याइ पाएका छन्‌, जसले गर्दा तिनीहरू अनैतिक आचरणहरूबाट अलग्गै रहन र सही निर्णय गर्न मदत पाएका छन्‌। अनि येसु ख्रिष्टको फिरौतीको बलिदानले गर्दा तिनीहरू परमेश्‍वरसामु शुद्ध हुन र सफा अन्तस्करण पनि कायम राख्न सकेका छन्‌। (कलस्सी १:१३, १४; १ पत्रुस २:२४; १ युहन्‍ना ४:१०) आध्यात्मिक तवरमा निको हुँदा शारीरिक तवरमा पनि लाभ उठाउन सकिन्छ। उदाहरणका लागि, ख्रिष्टियनहरू अवैध सम्बन्धबाट अलग रहँदा यौनजन्य रोगहरूबाट अनि सुर्तीजन्य पदार्थहरूको प्रयोग नगर्दा त्यसबाट हुने क्यान्सरबाट जोगिन सकेका छन्‌।—१ कोरिन्थी ६:१८; २ कोरिन्थी ७:१.

२२ त्यति मात्र होइन, यसैया ३३:२४ मा गरिएको भविष्यवाणी आरमागेडोनपछि नयाँ संसारमा अझ विस्तृत तवरमा पूरा हुनेछ। मसीही राज्यमा मानिसहरू आध्यात्मिक तवरमा मात्र नभई शारीरिक तवरमा पनि निको हुनेछन्‌। (प्रकाश २१:३, ४) पृथ्वीमा हुनुहुँदा येसुले थुप्रै चमत्कार गर्नुभएको थियो। सैतानको यस दुष्ट युगको विनाश भएलगत्तै पनि उहाँले संसारभरि नै त्यस्तै चमत्कारहरू गर्नुहुनेछ। दृष्टिविहीनहरूले देख्नेछन्‌, बहिराहरूले सुन्‍नेछन्‌ र लङ्‌गडाहरू हिँड्‌नेछन्‌! (यसैया ३५:५, ६) यसले गर्दा महासङ्‌कष्ट पार गरेकाहरू सबैले पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने महान्‌ कार्यमा भाग लिन सक्नेछन्‌।

फेब्रुअरी १६-२२

बाइबलमा पाइने अनमोल धन यसैया ३६-३७

‘आफूले सुनेको कुरादेखि नडराओ’

it “हिजकियाह” न. १ अनु. १४

हिजकियाह

यरुसलेममा सनहेरिबको हार। सनहेरिबले आफ्ना सेनाहरूसित पर्खालले घेरिएको बलियो सहर लाकिसलाई घेरा हालिरहेको बेला यरुसलेमलाई पनि आक्रमण गर्ने निर्णय गरे। त्यसैले तिनले सेनाका नाइकेहरूसहित विशाल सेना यरुसलेममा पठाए र यरुसलेमलाई आत्मसमर्पण गर्न भने। त्यो विशाल सेनाको प्रवक्‍ता रबसाके थिए (रबसाके कुनै व्यक्‍तिको नाम नभई सेनाको उपाधि थियो)। तिनलाई हिब्रू भाषा मजाले बोल्न आउँथ्यो। तिनले ठूलो स्वरमा यहोवा र हिजकियाहको खिल्ली उडाए। अरू जातिका ईश्‍वरले अस्सेरियाका राजाको हातबाट आफ्नो देशलाई बचाउन नसकेझैँ यहोवाले पनि यरुसलेमलाई बचाउन सक्नुहुनेछैन भनेर तिनले यहोवाको अपमान गरे।—२रा १८:१३-३५; २इ ३२:९-१५; यसै ३६:२-२०.

ip-1 पृ. ३८७ अनु. १०

एक जना राजाले देखाएको विश्‍वासको नतिजा

१० रबसाकेले अस्सेरियाको तुलनामा यहुदाको सेना नगण्य छ भनेर बताए। तिनले घमन्डी हुँदै यस्तो चुनौती पनि दिए: “यदि तिमीले २ हजार घोडाको लागि घोडचढी खोजेर ल्याउन सक्यौ भने म तिमीलाई ती सबै घोडा दिनेछु।” (यसैया ३६:८) तर के यहुदासित सिपालु घोडचढीहरू धेरै हुनु वा नहुनुले कुनै फरक पार्थ्यो? पार्दैनथ्यो। किनकि यहुदाको उद्धार ठूलो सैन्य दलको बलमा निर्भर थिएन। हितोपदेश २१:३१ यसो भन्छ: “युद्धको दिनको लागि घोडा तयार पारिन्छ तर विजयी तुल्याउनुहुने यहोवा नै हुनुहुन्छ।” रबसाकेले यहोवाको आशिष्‌ अस्सेरियालीहरूमाथि छ, यहुदीहरूमाथि होइन भनेर दाबी गरे। त्यसो नहुँदो हो त अस्सेरियालीहरू यहुदाको इलाकाभित्र कहिल्यै छिर्न सक्ने थिएनन्‌ भनेर पनि तिनले तर्क गरे।—यसैया ३६:९, १०.

ip-1 पृ. ३८८ अनु. १३-१४

एक जना राजाले देखाएको विश्‍वासको नतिजा

१३ यहुदीहरूको मनोबल घटाउन रबसाकेले एकपछि अर्को गर्दै विभिन्‍न तर्क गरे। “यहोवाले हामीलाई बचाउनुहुनेछ” भनेर हिजकियाहले बताएको कुरामा विश्‍वास नगर्न रबसाकेले यहुदीहरूलाई चेतावनी दिए। अस्सेरियालीहरूले आक्रमण गर्दा सामरियाका देवताहरूले दस-गोत्रे राज्यलाई बचाउन नसकेको घटना रबसाकेले यहुदीहरूलाई सम्झाए। अस्सेरियाले कब्जा गरेका अरू जातिका देवताहरूबारे पनि तिनले यसो भने: “हमाथ र अर्पादका देवताहरू कहाँ गए? सेफर्बेमका देवताहरू कहाँ छन्‌? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाउन सके?”—यसैया ३६:१८-२०.

१४ रबसाके झूटा देवताहरूको उपासक थिए। त्यसैले तिनलाई धर्मत्यागी सामरिया र हिजकियाहले शासन गरेको यरुसलेमबीच कस्तो भिन्‍नता थियो भनेर थाह थिएन। सामरियाका झूटा देवताहरूसित दस-गोत्रे राज्यलाई बचाउने कुनै शक्‍ति थिएन। (२ राजा १७:७, १७, १८) अर्कोतर्फ यरुसलेमका मानिसहरूले झूटा देवीदेवताहरूलाई उपासना गर्न छोडेर फेरि यहोवाको सेवा गर्न थालेका थिए। तर यहुदाका तीन जना प्रतिनिधिहरूले रबसाकेलाई यो कुरा सम्झाउन खोजेनन्‌। “तिनीहरू चुपचाप बसे र एक शब्द बोलेनन्‌। किनकि राजा हिजकियाहले यस्तो आज्ञा दिएका थिए, ‘तिमीहरूले तिनलाई केही जवाफ नदिनू।’” (यसैया ३६:२१) एलियाकिम, सेब्ना र योआले हिजकियाहकहाँ गएर रबसाकेले भनेको कुरा सुनाए।—यसैया ३६:२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने