गीत ११
सृष्टि गाउँछ यहोवाको महिमा
छापिएको संस्करण
(भजन १९)
१. हे यहोवा सुन्दर ती सृजना
गर्छ सदा तिम्रो नै प्रशंसा।
हेर आकाश भव्यताको खानी
मौन भाकामा गर्छ महिमा ती।
हेर आकाश भव्यताको खानी
मौन भाकामा गर्छ महिमा ती।
२. तिम्रो भय मान्दा पाउँछौँ बुद्धि
डोऱ्याउनेछ हाम्रो हर पाइला ती।
पाउनेछौँ ज्ञान सुनभन्दा नि दामी
देऊ न सधैँ बुद्धि, अर्ती तिमी।
पाउनेछौँ ज्ञान सुनभन्दा नि दामी
देऊ न सधैँ बुद्धि, अर्ती तिमी।
३. चिन्दा तिम्लाई पायौँ है जिउने आस;
दियो तिम्रो वचनले जिउने सास।
तिम्रो नाउँको साक्षी दिन पाउनु
कति ठूलो सम्मान हो यो हाम्रो।
तिम्रो नाउँको साक्षी दिन पाउनु
कति ठूलो सम्मान हो यो हाम्रो।