प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp article १०४
  • म कसरी ध्यान दिन सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कसरी ध्यान दिन सक्छु?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • म किन ध्यान दिन सक्दिनँ?
  • राम्ररी ध्यान दिन के-के गर्न सकिन्छ?
  • तपाईँको सोचाइलाई प्रविधिले कसरी असर गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०२१
  • तपाईँका साथीहरूसितको मित्रतालाई प्रविधिले कसरी असर गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०२१
  • तपाईँको वैवाहिक सम्बन्धलाई प्रविधिले कसरी असर गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०२१
  • घरमै बसेर पढाइ गर्ने—के तपाईँ सफल हुन सक्नुहुन्छ?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp article १०४
एउटी केटीले आफ्नो पढाइमा ध्यान दिन बाधा पुऱ्‍याइरहेका केही काल्पनिक पात्रहरूलाई चुप लाग्न भनिरहेकी छिन्‌। ती पात्रहरूले सङ्‌गीत, भिडियो, मेसेज र फोटोहरूलाई चित्रण गर्छ।

युवाहरू सोध्छन्‌

म कसरी ध्यान दिन सक्छु?

  • म किन ध्यान दिन सक्दिनँ?

  • राम्ररी ध्यान दिन के-के गर्न सकिन्छ?

  • तपाईँका साथीहरू के भन्छन्‌?

म किन ध्यान दिन सक्दिनँ?

“पहिलाजस्तो मलाई किताबहरू पढ्‌न मनै लाग्दैन। अहिले त मलाई लामा अनुच्छेदहरू समेत पढ्‌न मन लाग्दैन।”​—⁠एलेन।

“मैले चाहेको जस्तो तरिकामा भिडियो चलेको छैन भने म त्यसलाई छिटो-छिटो चलाउने गर्छु।”​—⁠मिरेन्डा।

“कुनै महत्त्वपूर्ण कुरामा ध्यान दिइरहेको बेला मेरो फोन बन्द भयो भने ‘मलाई कसले मेसेज गर्दै होला?’ भनेर मात्रै सोच्ने गर्छु।”​—⁠जेन।

के प्रविधिले हामीलाई ध्यान दिन बाधा पुऱ्‍याउँछ? कसै-कसैले पुऱ्‍याउँछ भन्छन्‌। लेखक र व्यवस्थापनसम्बन्धी परामर्शदाता निकोलस कार यसो भन्छन्‌, “हामी जति धेरै इन्टरनेट चलाउँछौँ, त्यति नै आफ्नो दिमागलाई भड्‌काइरहेका हुन्छौँ। त्यसो गर्दा दिमागले छिटो-छिटो जानकारी दिने काम त गर्छ तर त्यसले राम्ररी ध्यान दिन सक्दैन।” a

प्रविधिले तपाईँको ध्यान भङ्‌ग गर्न सक्ने तीन वटा अवस्था विचार गर्नुहोस्‌।

  • कुराकानी गर्दा। मारिया नाम गरेकी एक युवती यसो भन्छिन्‌: “मानिसहरू आमनेसामने कुराकानी गर्दा समेत अगाडिको व्यक्‍तिलाई पूरा ध्यान दिनुको साटो आफ्नो फोनमा मेसेज पठाउने, गेम खेल्ने अथवा सामाजिक सञ्जाल चलाउने गर्छन्‌।”

  • क्लासमा हुँदा। डिजिटल किड्‌स भन्‍ने किताब यसो भन्छ: “क्लास भइरहेको बेला आफूले मेसेज पठाउन, नेट चलाउन अथवा अरू मनोरञ्जनका कुराहरू हेर्न इलेक्ट्रोनिक डिभाइसहरू प्रयोग गर्ने गरेको कुरा थुप्रै विद्यार्थी बताउँछन्‌।” तिनीहरूले आफ्ना डिभाइसहरू “पढाइसित सम्बन्धित नभएका कुराहरू”-को लागि प्रयोग गरिरहेका छन्‌।

  • पढ्‌दै गर्दा। बाइस वर्षीय क्रिस यसो भन्छन्‌: “हरेक चोटि मेरो फोनको घण्टी बज्दा त्यसलाई नहेर्न मलाई एकदम गाह्रो लाग्छ।” तपाईँ स्कुलको विद्यार्थी हुनुहुन्छ र तपाईँको इलेक्ट्रोनिक डिभाइसले तपाईँको ध्यान भङ्‌ग गऱ्‍यो भने तपाईँलाई एक घण्टाको होमवर्क पूरा गर्न दुई-तीन घण्टाभन्दा बढी समय पनि लाग्न सक्छ।

निष्कर्ष: तपाईँ प्रविधिलाई ज्यादै महत्त्व दिनुहुन्छ भने प्रविधिको चङ्‌गुलमा फस्नुहुनेछ र तपाईँलाई ध्यान दिन गाह्रो हुनेछ।

घोडाले आफू पछाडि बसेको केटालाई हुत्याउँदै छ।

ध्यान खलबलिएको दिमाग भनेको बेकाबु घोडाजस्तै हो, जसलाई तपाईँ आफ्नो काबुमा राख्न सक्नुहुन्‍न

राम्ररी ध्यान दिन के-के गर्न सकिन्छ?

  • कुराकानी गर्दा। बाइबल भन्छ: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।” (फिलिप्पी २:⁠४) अरूको कुरा ध्यान दिँदै सुनेर तिनीहरूप्रति चासो देखाउनुहोस्‌। उक्‍त व्यक्‍तिको आँखामा हेरेर कुरा गर्नुहोस्‌ र डिभाइसलाई आफ्नो ध्यान भङ्‌ग गर्न नदिनुहोस्‌।

    “कुराकानी गर्दा आफ्नो फोन हेर्न मन लागे तापनि त्यसो नगर्नुहोस्‌। कुरा गरिरहेको व्यक्‍तितर्फ पूरै ध्यान दिएर तिनीप्रति आदर देखाउनुहोस्‌।”​—⁠थोमस।

    सुझाव: कुराकानी गर्दा फोनलाई आफ्नो अगाडि नराख्नुहोस्‌। तपाईँको ध्यान भङ्‌ग गर्ने केही न केही कुरा फोनमा आउन सक्ने भएकोले फोन आफ्नो अगाडि राख्दा मात्रै पनि कुराकानीमा बाधा पुग्न सक्छ भनेर अनुसन्धानकर्ताहरू बताउँछन्‌।

  • क्लासमा हुँदा। बाइबल भन्छ: “तिमीहरू कसरी सुन्छौ, ध्यान देओ।” (लुका ८:१८) यदि तपाईँको स्कुलले तपाईँलाई क्लासमा इन्टरनेट चलाउने अनुमति दिन्छ भने, यो सिद्धान्तलाई मनमा राख्दै पढाइमा ध्यान दिनुपर्ने बेला मेसेज चेक नगर्नुहोस्‌, गेम नखेल्नुहोस्‌ र अनलाइनमा च्याट नगर्नुहोस्‌।

    “क्लासमा अझै ध्यान दिने कोसिस गर्नुहोस्‌। नोट टिप्नुहोस्‌। सम्भव छ भने क्लासमा अगाडितिर बस्नुहोस्‌। यसो गर्दा अरू कुराहरूले तपाईँको ध्यान भङ्‌ग गर्नेछैन।”​—⁠क्यारेन।

    सुझाव: कम्प्युटरमा नोट टिप्नुको साटो कापीमा टिप्नुहोस्‌। अनुसन्धानले देखाएअनुसार यसो गर्दा तपाईँको ध्यान सजिलै भङ्‌ग हुनेछैन र लेखेको कुरा तपाईँलाई याद पनि हुनेछ।

    एउटी केटी आफ्नो कोठामा टेबुलमा बसेर पढ्‌दै छिन्‌। तिनले आफ्नो झोला, मोबाइल फोन र पत्रिकाहरू टेबुलदेखि टाढा राखेकी छिन्‌।
  • पढ्‌दै गर्दा। बाइबल भन्छ: “बुद्धि हासिल गर; समझ हासिल गर।” (हितोपदेश ४:⁠५) यसो गर्नु भनेको जाँचमा पास हुन पाठहरू सरसरती हेर्नु मात्र होइन बरु गहिरिएर बुझ्नु हो।

    “पढ्‌दै गर्दा म आफ्नो ट्याबलेटलाई फोन नआउने सेटिङमा राख्ने गर्छु र आफूले गरिरहेको कुरामै ध्यान केन्द्रित गर्ने कोसिस गर्छु। म नोटिफिकेसन पनि चेक गर्दिनँ। केही कुरा महत्त्वपूर्ण छ जस्तो लागेमा म त्यो लेखिहाल्छु।”​—⁠क्रिस।

    सुझाव: ध्यान नखलबलिने ठाउँमा पढ्‌ने गर्नुहोस्‌। त्यस ठाउँलाई सफा र व्यवस्थित राख्नुहोस्‌।

a द स्यालोस्‌​—⁠ह्वाट द इन्टरनेट इज डुइङ्‌ग टु आवर ब्रेन किताबबाट लिइएको।

तपाईँका साथीहरू के भन्छन्‌?

केटी।

“पढ्‌दै गर्दा तपाईँ समुद्रमा स्की खेल्ने व्यक्‍तिजस्तै हुन सक्नुहुन्छ, जो पानीको सतहमा स्की खेल्दै टाढा-टाढासम्म पुग्न सक्छन्‌। तर अझ राम्ररी सिक्न तपाईँ एक जना गोताखोरजस्तै हुनुपर्छ, जसले पानीको गहिराइसम्म पुगेर बहुमूल्य कुरा भेट्टाउँछ।”​—⁠केटी।

रोहेलियो।

“शरीर स्वस्थ हुँदा दिमाग पनि स्वस्थ हुन्छ। स्वस्थकर खानेकुरा खाँदा मलाई अझ राम्ररी ध्यान दिन सजिलो हुन्छ। पर्याप्त मात्रामा सुत्नु पनि मेरो लागि मदतकारी साबित भएको छ। किनभने यसो गर्दा मलाई अर्को दिन सचेत रहन सजिलो हुन्छ र म राम्ररी ध्यान दिन सक्छु।”​—⁠रोहेलियो।

पुनरावृत्ति: म कसरी ध्यान दिन सक्छु?

  • कुराकानी गर्दा। कुराकानी गरिरहेको व्यक्‍तिप्रति चासो देखाउँदै तिनको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌ र कुनै कुराले तपाईँको ध्यान भङ्‌ग गर्न नदिनुहोस्‌।

  • क्लासमा हुँदा। पढाइमा ध्यान दिनुपर्ने बेला मेसेज चेक नगर्नुहोस्‌, गेम नखेल्नुहोस्‌ र अनलाइनमा च्याट नगर्नुहोस्‌।

  • पढ्‌दै गर्दा। ध्यान नखलबलिने ठाउँमा पढ्‌ने गर्नुहोस्‌। त्यस ठाउँलाई सफा र व्यवस्थित राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने