गीत १८
फिरौतीको बलिदानप्रति कृतज्ञ
छापिएको संस्करण
१. अपार प्रेम देखायौ
हामीलाई यहोवा;
पठायौ हाम्रो लागि
आफ्नो प्यारो छोरा।
उपहार दियौ
हामी बाँचौँ भनेर।
अरूको लागि यस्तो त्याग
कसले गर्छ र?
(कोरस)
तिरे येसुले फिरौती।
धन्यवाद छ हे यहोवा।
येसुको अमूल्य रगतले
पायौँ छुटकारा।
२. येसुले दिए
आफ्नो जीवन खुसीले;
अमूल्य रगत बगाए
हाम्रो मायाले।
पाएका थेनौँ
कुनै आशा पहिले,
पायौँ सधैँभरि जिउने
आशा अहिले।
(कोरस)
तिरे येसुले फिरौती।
धन्यवाद छ हे यहोवा।
येसुको अमूल्य रगतले
पायौँ छुटकारा।
(हिब्रू ९:१३, १४; १ पत्रु. १:१८, १९ पनि हेर्नुहोस्)