प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 फेब्रुअरी p. ३१
  • तिनीहरूले भाइबहिनीको प्रेम अनुभव गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले भाइबहिनीको प्रेम अनुभव गरे
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • जीवन परिवर्तन गर्ने लिपि
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • लुई ब्रेल—अन्धकारका कैदीहरूका लागि ज्योति
    ब्यूँझनुहोस्‌!—२०००
  • इमानदार मानिसहरूले यहोवाको प्रशंसा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—दृष्टिविहीनहरूलाई साक्षी दिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 फेब्रुअरी p. ३१

[बायाँदेखि दायाँ] मार्सेलो, योमारा र आइभर। तिनीहरूको हातमा स्पेनिश ब्रेल लिपिको नयाँ संसार अनुवाद छ

तिनीहरूले भाइबहिनीको प्रेम अनुभव गरे

योमारा र तिनका भाइहरू मार्सेलो र आइभर ग्वाटेमालाको एउटा सानो गाउँमा बस्छन्‌। योमाराले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌ र पछि तिनका भाइहरूले पनि अध्ययन गरे। तर एउटा समस्या थियो। तिनीहरू तीनै जना दृष्टिविहीन थिए र तिनीहरूलाई ब्रेल पढ्‌न पनि आउँदैनथ्यो। त्यसैले अध्ययन सञ्चालकले अध्ययन सामग्रीबाट अनुच्छेद र बाइबल पदहरू पढेर सुनाउँथे।

मण्डलीका सभाहरूमा जान पनि तिनीहरूलाई गाह्रो थियो। तिनीहरूको घरबाट सबैभन्दा नजिकको सभाभवन ४० मिनेट टाढा थियो र तिनीहरू आफै त्यहाँसम्म जान सक्दैनथे। तर भाइहरूले तिनीहरूलाई मण्डलीका सबै सभामा लैजाने प्रबन्ध मिलाए। तिनीहरूले मध्यहप्ताको सभामा विद्यार्थीको असाइनमेन्ट पाउँदा भाइहरूले तिनीहरूलाई आफ्नो प्रस्तुति कण्ठ पार्न मदत गर्थे।

मे २०१९ मा तिनीहरूकै गाउँमा मण्डलीका सभाहरू सञ्चालन गर्न थालियो। त्यतिबेलासम्ममा तिनीहरूको गाउँमा एक नियमित अग्रगामी दम्पती सरिसकेको थियो। तिनीहरूले ती दिदीभाइहरूलाई ब्रेल पढ्‌न र लेख्न सिकाउने लक्ष्य राखे। तर त्यस दम्पतीलाई ब्रेल पढ्‌न र लेख्न भने आउँदैनथ्यो। त्यसैले उनीहरू एउटा पुस्तकालयमा गए र दृष्टिविहीनहरूलाई ब्रेल सिक्न मदत दिने किताबहरू ल्याएर पढ्‌न थाले।

मार्सेलो सभामा टिप्पणी दिँदै छन्‌

केही महिनाभित्रै तीनै जनाले ब्रेल पढ्‌न सिके र यसले गर्दा तिनीहरूले छिटो आध्यात्मिक प्रगति गर्न सके।a अहिले योमारा, मार्सेलो र आइभर नियमित अग्रगामी सेवा गर्छन्‌। मार्सेलो सहायक सेवक पनि हुन्‌। तिनीहरू हप्ताभरि नै आध्यात्मिक गतिविधिमा व्यस्त रहन्छन्‌। तिनीहरूको जोस देखेर अरू पनि त्यसै गर्न उत्प्रेरित भएका छन्‌।

यी दिदीभाइहरू मण्डलीको मायालु साथ पाएकोमा कृतज्ञ छन्‌। योमारा भन्छिन्‌: “साक्षीहरूलाई पहिलो चोटि भेटेदेखि नै उहाँहरूले हामीलाई साँचो प्रेम देखाउनुभएको छ।” मार्सेलो पनि यसो भन्छन्‌: “हामीले मण्डलीमा थुप्रै असल साथीहरू पाएका छौँ र हामी प्रेमले बाँधिएको विश्‍वव्यापी परिवारको भाग पनि हौँ।” योमारा र तिनका भाइहरू यहोवाले पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नुहुने समयको उत्सुकतासाथ प्रतीक्षा गर्दै छन्‌।—भज. ३७:१०, ११; यसै. ३५:५.

a ब्रेल पढ्‌न सिक्नुहोस्‌ (अङ्‌ग्रेजी) पुस्तिका दृष्टिविहीन वा कमजोर दृष्टि भएकाहरूलाई ब्रेल पढ्‌न र लेख्न सिकाउने उद्देश्‍यले तयार पारिएको हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने