प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ३/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • के अश्‍लील सामग्री हानिकारक छ?
    प्रहरीधरहरा: के अश्‍लील सामग्री हानिकारक छ?
  • अश्‍लील कुरा किन यत्तिको व्यापक भएको?
    ब्यूँझनुहोस्‌!—२००३
  • अश्‍लील कुराले गर्ने हानि
    ब्यूँझनुहोस्‌!—२००३
  • मैले क्रमविकासमा विश्‍वास गर्नु ठीक हो?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
ब्यूँझनुहोस्‌!—२००१
g०१ ३/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

एनाकोण्डा म एनाकोण्डा प्रभावित क्षेत्रमा बसोबास गर्छु। यहाँका मानिसहरू प्रायः यी सर्पहरूबारे कुरा गर्ने गर्छन्‌ तर तिनीहरूको कुरा पत्याउने कि नपत्याउने, भन्‍नै गाह्रो पर्छ। तपाईंहरूको “एनाकोण्डा के तिनीहरू आफ्नो भेद खोल्दैछन्‌?” (जून ८, २०००) लेखले मलाई कपोलकल्पित कथाबाट तथ्य कुरा छुटट्याउन मदत गऱ्‍यो र यस लेखले यस अद्‌भुत सृष्टिबारे मेरो सम्पूर्ण जिज्ञासा शान्त पाऱ्‍यो।

जे.एस.पि., ब्राजिल (g01 2/08)

ग्रीक नाँचघर “इपिडेरियोसको नाँचघर—शताब्दीयौंदेखि जस्ताको त्यस्तै” (जून ८, २००० अंग्रेजी) लेखको लागि म यत्ति आभारी छु भनेर साध्य छैन। मैले यो लेख सोचनीय होला भन्‍ने आशा गरेकी थिएँ र त्यस्तै थियो पनि। यद्यपि, मैले यस लेखमा यति धेरै आध्यात्मिक जानकारीहरू पनि होलान्‌ भनेर त आशै गरेको थिइनँ!

के.एस., संयुक्‍त राज्य (g01 2/08)

टाई “टाई—पहिले र अहिले” भन्‍ने लेखको लागि म धेरै अभारी छु। (जून ८, २००० अंग्रेजी) मेरा तीन जना छोराछोरी छन्‌ र म तिनीहरूलाई यहोवालाई प्रेम गर्न सिकाउँदैछु। मेरो जेठो छोरा १३ वर्षको भयो र ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाषण दिन टाई लगाउनुपर्दा हामी दुवैलाई टाईको गाँठो बनाउन आउँदैनथ्यो। मेरो श्रीमान्‌ बेग्लै धर्म मान्‍नुहुन्छ र उहाँले पनि कहिल्यै टाई लगाउनुभएको छैन। टाई बनाउने सरल तरिका सिकाउनुभएकोमा धेरै धन्यवाद।

एम. बि., संयुक्‍त राज्य

म अहिले ११ वर्षको भएँ। सुन्दा अचम्म लाग्ला, तर यस लेखको चित्रले मलाई टाई बनाउन सिकायो। अब म आफ्नो दराजमा भएका सबै टाई प्रयोग गर्न सक्छु!

ए.पि., इटाली (g01 2/22)

विकासवाद “के विकासवाद तर्कपूर्ण छ?” (जून ८, २००० अंग्रेजी) नामक लेखका केही विवरणहरूले विकासवादबारे खुलेर छलफल गर्न केही मात्रामा वाधा दियो। विवरण यस्तो थियो: “माकुराले प्रयोग गर्ने उत्पादन प्रविधि यति जटिल छ कि मानिसले अहिलेसम्म यसबारे बुझ्नै सकेका छैनन्‌ भन्‍ने कुरा के तर्कसंगत छ र?” यसो भन्‍नुको मतलब के हो? किनभने वैज्ञानिकहरूसँग सबै कुराको ज्ञान छैन।

सी. डब्लु., अस्ट्रेलिया

माकुराले रेसम बनाउने तरिका यति जटिल छ कि वैज्ञानिकहरूले दशकौं अनुसन्धान गरेर पनि यसबारे पत्ता लगाउन सकेका छैनन्‌। यद्यपि, यी सबै प्रक्रिया विकासवाद हो भनेर तिनीहरू जिद्दी गर्छन्‌। हामीलाई लाग्छ, यसले अनि अरू धेरै उदाहरणहरूले विकासवादको आधारभूत तर्कहीन सिद्धान्तलाई उदांग पार्छ र यस सिद्धान्तमा विश्‍वास गर्नु भनेको विज्ञानमा होइन तर तथ्यहीन कुराहरूमा विश्‍वास गर्नु हो भन्‍ने कुरा देखिन्छ।—सम्पादक।

विकासवादको तर्कको विरोधमा मेरो मनमा सधैं उठ्‌ने गरेको यस सशक्‍त विवादबारे मैले कहिल्यै कुनै पुस्तकमा पढेको छैन: कसरी हाम्रा पूर्खाहरू (उनीहरू जोसुकै होऊन्‌) दुई फरक फरक लिंगमा छुट्टिए? यो हुन करोडौं वर्ष लाग्यो भनिए तापनि कुरा मिल्दैन किनभने पोथी कहिल्यै पनि क्रमिक रूपमा गर्भवती हुँदैनन्‌।

एच. आर. संयुक्‍त राज्य

मे ८, १९९७ को “के विकासवादको कुनै आधार छ?” नामक लेखमा हामीले टिप्पणी गरेझैं हाम्रा पाठकले एउटा ठोस बुँदालाई औंल्याएका छन्‌। उक्‍त लेखमा हामीले भनेका थियौं, “नयाँ जातिको विकासको लागि संयोगले भाले जाति र पोथी जाति एकै समयमा विकास भएको हो भन्‍ने सिद्धान्तमा विकासवादले हामीलाई विश्‍वास गर्न लगाउँछ। यदि यो कुरामा विश्‍वास गर्ने हो भने भाले र पोथीको मिलनको लागि यिनीहरू एकै समयमा मात्र होइन तर एकै ठाउँमा विकास भएको हुनुपर्छ! किनभने विना मिलन सन्तान जन्माउन सम्भव छैन!”—सम्पादक। (g01 2/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने