प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ३/८ पृ. ३२
  • “यस पटक यसले मलाई गहिरो छाप पाऱ्‍यो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यस पटक यसले मलाई गहिरो छाप पाऱ्‍यो”
  • ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 ३/८ पृ. ३२

“यस पटक यसले मलाई गहिरो छाप पाऱ्‍यो”

सन्‌ १९९४ मा यहोवाका साक्षीहरूले प्रियजनको मृत्यु हुँदा उत्पन्‍न हुने चुनौती सामना गर्ने विषयमा छलफल गरिएको पुस्तिका प्रकाशित गरेका थिए। यस पुस्तिकाले थुप्रैलाई सान्त्वना दिंदै आएको छ।

हालै, संयुक्‍त राज्य अमेरिका, पेन्सिलभेनियाबाट एक जना कृतज्ञ पाठकको पत्र प्राप्त भयो, जुन पत्रमा तिनले यस्तो लेखेका थिए: “मैले पहिलो चोटि यो पुस्तिका प्राप्त गर्दा मलाई ‘यो एकदमै राम्रो प्रकाशन हो’ भन्‍ने त लागेको थियो। तथापि, दुई हप्ताअगाडि मेरी छोरीको मृत्यु भयो र त्यसअघिसम्म यो पुस्तिका कत्तिको प्रभावकारी छ भन्‍ने कुरा मैले राम्ररी बुझेको थिइनँ। एकदमै निराश र आफूलाई मदतको खाँचो परेको कारण मैले उक्‍त पुस्तिका पढ्‌न थालें। यस पटक यसले मलाई गहिरो छाप पाऱ्‍यो। यसमा मलाई पिरोल्ने सबै कुराबारे छलफल गर्नुका साथै यसले मलाई ठूलो सान्त्वना दियो।”

तपाईंको प्रियजनको मृत्यु हुँदा भन्‍ने पुस्तिकाले यस्ता प्रश्‍नहरूको जवाफ दिन्छ: यो चोट कसरी सहने? अरूले कसरी मदत गर्न सक्छन्‌? मृतजनहरूको लागि कस्तो आशा छ?

तपाईं वा तपाईंले चिन्‍नुहुने अरू कसैले पनि यो ३२ पृष्ठे पुस्तिका पढेर सान्त्वना पाउन सक्नुहुन्छ होला। सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाएर तपाईं थप जानकारी लिन सक्नुहुन्छ। (g03 2/22)

□ तपाईंको प्रियजनको मृत्यु हुँदा भन्‍ने पुस्तिकाबारे मलाई थप जानकारी पठाइदिनुहोस्‌।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने