प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ३/८ पृ. ८-१०
  • चाँडै बाल-शोषण अन्त हुनेछ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चाँडै बाल-शोषण अन्त हुनेछ!
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • बाल यौन शोषण—एक विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—१९९७
  • हाम्रा केटाकेटीहरूलाई कसले बचाउनेछ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • आमाबाबु हो, आफ्नो बहुमूल्य उत्तराधिकारको सुरक्षा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ३/८ पृ. ८-१०

चाँडै बाल-शोषण अन्त हुनेछ!

“मानवअधिकारको विश्‍वव्यापी घोषणापत्रमा संयुक्‍त राष्ट्रसंघले बाल्यावस्थामा विशेष हेरचाह र मदत दिनुपर्छ भनी घोषणा गरेको छ” भनी बाल-अधिकारसम्बन्धी अधिवेशनको बडापत्रमा उल्लेख गरिएको छ। परिवारको महत्त्वको सन्दर्भमा अझ यसो भनिएको छ: “बालबालिकाको राम्रो सुसंगठित व्यक्‍तित्व विकासको लागि आनन्द, प्रेम र समझले भरिएको पारिवारिक वातावरण जरुरी छ।” तर यस आदर्श प्राप्तिको एक छेउ पनि पुग्न सकिएको छैन।

बालबालिकाको लागि उत्तम संसारबारे कुरा गर्नु मात्र पर्याप्त छैन। नैतिकता दिनप्रतिदिन खस्किरहेको छ र थुप्रै मानिसहरूले यसलाई सामान्य ठान्‍न थालेका छन्‌। सर्वव्यापी भ्रष्टाचार तथा लोभलाई कानुनले नियन्त्रणमा राख्न सक्दैन। आमाबाबुले समेत आफ्ना छोराछोरीलाई प्रेम र सुरक्षा दिनुको सट्टा आफूलाई मन लागेजस्तो गर्ने वातावरण बनाउन योगदान पुऱ्‍याइरहेका हुन्छन्‌। त्यसोभए बाल-वेश्‍यावृत्तिको अन्तबारे हामीसँग कस्तो आशा छ?

यस भ्रष्ट रीतिरिवाजले सबै बालबालिकालाई मायालु घर र सुरक्षित भविष्य दिन नसके तापनि हाम्रो सृष्टिकर्ताले चाँडै बालवेश्‍यावृत्तिलगायत सबै प्रकारको दुष्ट र छाडा कार्यहरू हटाउनुहुनेछ। चाँडै यहोवा परमेश्‍वरले मानव मामिलाहरूमा आफ्नो राज्यद्वारा हस्तक्षेप गर्नुहुँदा संसार छक्कै पर्नेछ। भ्रष्टाचारी तथा शोषणकारीहरू ईश्‍वरीय न्यायबाट बच्ने छैनन्‌। आफ्ना सँगी मानवहरूलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको नयाँ संसारमा प्रवेश गर्नेछन्‌। “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”—हितोपदेश २:२१, २२.

बालबालिका र वयस्क दुवै नैतिक पतन र यौन दुर्व्यवहारबाट मुक्‍त संसारमा बाँच्न पाउँदा कस्तो आनन्द हुनेछ कल्पना गर्नुहोस्‌! शोषण र हिंसाको कारण भएको भावनात्मक तथा शारीरिक चोटसमेत विगतको कुरा हुनेछ। यौन शोषणका सिकार भएकाहरूले विगतका खलबल्याउँदो सम्झना वा त्यसका असरहरू सबै बिर्सनेछन्‌। “अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।”—यशैया ६५:१७.

अनि कुनै पनि बच्चाले दुर्व्यवहार वा यौन शोषण भोग्नुपर्नेछैन। आनन्द, प्रेम र समझ सपनाको कुरा मात्र हुनेछैन। परमेश्‍वरको नयाँ संसारका बासिन्दाहरूबारे यशैया ११:९ यस्तो घोषणा गर्छ: “तिनीहरूले . . . नता केही हानि न नोक्सानी गर्नेछन्‌।”

साँच्चै, गरिबी, लागूपदार्थ, दुर्व्यसन, दुःखी परिवार र नैतिक खराबी केही नहुँदा कस्तो आनन्द हुनेछ! शान्ति, धार्मिकता र सुरक्षा व्याप्त हुनेछ। “मेरो प्रजा चाहिं शान्त डेरा, सुरक्षित बासहरू र शान्तमय विश्रामका ठाउँहरूमा बस्नेछन्‌।”—यशैया ३२:१८. (g03 2/08)

[पृष्ठ ९-मा भएका पेटी/चित्र]

आमाबाबुको हेरचाहले परिवार टुक्रनदेखि जोगाउन सकिन्छ

• “मेरा आमाबाबुले मलाई स्कूलको शिक्षाको पूरापूर फाइदा उठाउन र कुनै एउटा सीप सिक्न प्रोत्साहन दिनुभयो। उहाँहरूले मलाई उहाँहरूको रुचिअनुसार गर्न जबरजस्ती गर्नुभएन तर मलाई मनपर्ने विषय भएको स्कूल छान्‍न मदत गर्नुभयो।”—टिस।

• “म र मेरी दिदी बजार जाँदा आमा पनि सँगै आउनुहुन्थ्यो। हामीलाई मितव्ययी हुनका साथै उत्ताउलो वा भड्‌किलो लुगा नछान्‍न उहाँले मदत गर्नुहुन्थ्यो।”—बियान्का।

• “हामी पार्टीहरूमा जाँदा मेरा आमाबाबुले को-को हुनेछन्‌, कस्तो प्रकारको संगीत बजाइनेछ अनि पार्टी कति बजे सुरु हुन्छ र कति बजे सकिन्छ भनेर सधैं सोध्नुहुन्थ्यो। प्रायजसो पार्टीहरूमा हामी सपरिवार जान्थ्यौं।”—प्रिसिल्ला।

• “मेरो बाल्यकाल र किशोरावस्थामा म आमाबाबुसँग खुलस्त कुराकानी गर्थें। स्कूलको एक जना साथीले त्यो याद गरिन्‌ र भनिन्‌: ‘तिमी आफ्नो आमाबाबुसँग जुनसुकै विषयमा खुलेर कुरा गर्न सकेको देख्दा मलाई डाह लाग्छ। म त आफ्नो आमासँग पनि खुलेर कुरा गर्न सक्दिनँ र अक्सर अरू मानिसहरूबाट सिक्छु।’ ”—सामारा।

• “म रमाइलो गर्नुपर्ने खालको किशोरी थिएँ। म मानिसहरूमाथि हतपती शंका गर्दिनथें र सधैं हाँसिरहेकी हुन्थें। म साथीहरूमाझ हुँदा कुनै अप्ठ्यारो महसुस गर्दिनथें र म उनीहरूसित हँसाउने, रमाइलो कुराकानी गर्थें। मेरा आमाबाबुलाई यो मेरो व्यक्‍तित्व हो भनेर थाह थियो र उहाँहरूले मलाई परिवर्तन गर्ने कोसिस गर्नुभएन। तर उहाँहरूले मलाई विपरीत लिंगका व्यक्‍तिहरूसँग व्यवहार गर्दा होसियार हुनुपर्ने कुरा सम्झाउनुभयो।”—टिस।

• “अन्य युवायुवतीहरूको जस्तै विपरीत लिंगका व्यक्‍तिहरूप्रति मेरो पनि चासो जाग्न थाल्यो। डेटिङ जानको लागि बुबाले उमेर तोक्नुभएको थियो। मलाई यसमा केही आपत्ति थिएन। बरु, मेरा आमाबाबुले मेरो ख्याल राख्नुहुन्छ र मलाई भविष्यमा आइपर्न सक्ने खतराहरूदेखि जोगाउन चाहनुहुन्छ भनी मलाई थाह थियो।”—बियान्का।

• “विशेष गरी मेरा आमाबाबुको राम्रो उदाहरणको कारण मैले विवाहलाई एउटा अनमोल कुरा ठान्थें। उहाँहरूको सम्बन्ध सधैं राम्रो थियो र खुलस्त कुराकानी गर्नुहुन्थ्यो। मैले डेटिङ गर्न थाल्दा आमाले केही खास परिस्थितिमा कस्तो व्यवहार गर्ने र यसले मेरो विवाहलाई कसरी असर गर्नेछ भनी बुझाउनुभएको मलाई अझै याद छ।”—प्रिसिल्ला।

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारमा कोही पनि बालबालिका दुर्व्यवहारको सिकार हुने छैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने