प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ३/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • म कसरी उपयुक्‍त रूममेट भेट्टाउन सक्छु?
    ब्यूँझनुहोस्‌!—२००२
  • म कसरी आफ्नो रूममेटसँग मिलेर बस्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००२
  • रूममेटसँग बस्न किन यति गाह्रो?
    ब्यूँझनुहोस्‌!—२००२
  • प्रहरी सुरक्षा—आशा अनि डरहरू
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ३/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

प्रहरी “प्रहरीहरू—हामीलाई तिनीहरू किन चाहिन्छ?” भन्‍ने आवरण लेखको लागि म धन्यवाद दिन चाहन्छु। (अगस्त ८, २००२) तीन वर्षअघि सवारी दुर्घटनामा परेर मेरो बुबाको मृत्यु भयो। स्थानीय दुई प्रहरी अधिकारीले यो खबर हाम्रो परिवारसम्म पुऱ्‍याएर ठूलो मदत गर्नुका साथै सहानुभूति प्रकट गर्नुभयो। एक जना प्रहरीले त मेरी आमा धुरु-धुरु रुनुहुँदा आफ्नो अँगालोमा समेत लिनुभयो। हो, यी अधिकारीहरूको लागि यस्ता कार्य गर्न पटक्कै सजिलो छैन तर तिनीहरूविना हामीले के गर्ने?

डि. ई., संयुक्‍त राज्य अमेरिका (g03 2/22)

प्रहरी विषयको आवरण लेखले गर्दा मलाई एउटा प्रश्‍न सोध्न मन लाग्यो। के यहोवाको साक्षीले यो पेसा रोज्नु उपयुक्‍त हुनेछ? मलाई त लाग्छ कुनै झैझगडा भइहाल्यो भने बन्दुक चलाउनुपर्ने अवस्था आइपर्न सक्छ र यसो गर्दा कसैको ज्यान पनि त जान सक्छ।

जे. एस., अस्ट्रेलिया (g03 2/22)

“ब्यूँझनुहोस्‌!”-को जवाफ: हाम्रो आवरण लेखले त सुव्यवस्था कायम गर्ने तथा अन्य आवश्‍यक सेवाहरू उपलब्ध गराउने सन्दर्भमा प्रहरीहरूले गरेका केही लाभदायी कार्यहरू मानिलिएको मात्र हो। अधिकांश यहोवाका साक्षीहरूले हातहतियार बोक्नुपर्ने किसिमको जागिर खाँदैनन्‌ किनकि कसैको ज्यान लिएर उनीहरू रगतको दोषी बन्‍न चाहँदैनन्‌। (प्रस्थान २०:१३; मत्ती २६:५१, ५२) तथापि, ध्यान दिनुपर्ने कुरा के छ भने, नियम लागू गराउने निकायहरूले थुप्रै मानिसहरूलाई हातहतियार बोक्नु नपर्ने किसिमको जागिरमा लगाएका छन्‌ र अझ कुनै-कुनै देशहरूमा त प्रहरीहरूले बन्दुकै बोक्नु पर्दैन।

हामीलाई प्रहरीहरू किन चाहिन्छ भन्‍ने विषयको लेख मैले भर्खरै पढिसिध्याएँ। ती लेख एकदमै राम्ररी लेखिनुका साथै यसमा भद्रगोल संसारमा सुव्यवस्था कायम गर्नुजस्ता कठिन काम प्रहरीहरूले गरिरहेकोमा उनीहरूप्रति सहानुभूति प्रकट गरिएको थियो। मेरी पत्नी र मैले सन्‌ १९७० को दशकमा परिभ्रमण सेवकहरूको हैसियतमा सेवा गऱ्‍यौं र शहरभित्रका मण्डलीमा सेवा गर्ने क्रममा हामी पुरानो राज्यभवनको छिंडीको कोठमा बस्थ्यौं। त्यो कोठा तातो भएकोले हामीले हावा आवतजावत होस्‌ भनेर अलिकति झ्याल खोल्यौं। बिहानको दुई बजेतिर मेरी पत्नीले मलाई उठाइन्‌ किनभने झ्यालबाहिर दुई जना मानिसहरू थिए। मैले तिनीहरू कुरा गरिरहेको सुनें। एक जनाले यो झ्याल त प्रायजसो बन्द हुन्थ्यो भनिरहेका थिए भने, अर्काले चाहिं सायद भित्र कोही होला किनभने गाडी पार्क गर्ने ठाउँमा एउटा कार छ भनिरहेका थिए। तिनीहरू प्रहरीहरू रहेछन्‌ र स्पष्टतः उनीहरूले राज्यभवनको सुरक्षाको नियमित रूपमा रेखदेख गर्दा रहेछन्‌। यो थाह पाइसकेपछि हामी मस्तसित निदायौं!

पि. एस., संयुक्‍त राज्य अमेरिका (g03 2/22)

प्रहरीहरूबारे लेख साह्रै समयसापेक्ष छ। विशेष गरी संयुक्‍त राज्य अमेरिकास्थित विश्‍व-व्यापार केन्द्र र पेन्टागनमा आतंकवादीहरूको आक्रमणपछि प्रहरीहरूबारे लेख झनै समयसापेक्ष भएको हो। आशा छ, धनजनलाई आतंकवादीबाट मात्र नभई सामान्यतया अपराधीहरूबाट पनि जोगाउने जिम्मेवारी बोकेका प्रहरी, वारुणकर्मी तथा अन्य जन सेवकहरूप्रति हामीले निकै कृज्ञता बढाउन सक्यौं।

एच. बि., संयुक्‍त राज्य अमेरिका (g03 2/22)

रूममेट धेरै समयअघिदेखि मैले रूममेटको विषयमा लेख पढ्‌ने आशा गरिरहेकी थिएँ। “युवा जनहरू सोध्छन्‌ . . . म कसरी रूममेटसँग मिलेर बस्न सक्छु?” (जुलाई ८, २००२) भन्‍ने लेख पढ्‌दा, आफ्ना रूममेटसँग घनिष्ठ मित्र हुनै पर्छ वा सबै ठाउँमा सधैं सँगै जानु पर्दैन भन्‍ने सोचाइ राख्ने मानिसहरू पनि हुँदा रहेछन्‌ र यो कुनै अनौठो कुरा होइन भनी थाह पाउँदा म त छक्कै परें। तर अर्कोतिर, रूममेट आर्थिक सहयोग तथा घरायसी कामको सन्दर्भमा ठूलो मदत साबित पनि हुन्छ। मलाई सन्तुलित दृष्टिकोण राख्न सिकाउनुभएकोमा धन्यवाद।

एस. एम., जापान (g03 2/22)

अबको दुई हप्ताभित्र म ड्रेस्डेनमा सँगी साक्षीसित एउटै कोठामा बस्नेछु। मे ८, जून ८ र जुलाई ८, २००२ मा भएका रूममेटसम्बन्धी लेखहरूमा दिइएका असल सल्लाहहरूमा एकदमै राम्रा जानकारीहरू समावेश गरिनुका साथै यो चाहिएकै बेला आयो भनेर मैले भन्‍नै पर्छ। यस्ता राम्रा लेखहरू छापिनै रहनुहोला!

आर. पी., जर्मनी (g03 2/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने