प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 जनवरी पृ. ३
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेक्सिको खाडी
  • रूस
  • पेरू
  • इटाली
  • दक्षिण अफ्रिका
  • समुद्रमा विपत्ति—धर्तीमा आपत्ति
    ब्यूँझनुहोस्‌!—२००३
  • तेल-खजूर—बहुउद्देश्‍यीय रूख
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—२०१३
g13 जनवरी पृ. ३

विश्‍वदर्शन

मेक्सिको खाडी

सन्‌ २०१०, अप्रिलमा मेक्सिकोको एउटा तेलकुवामा ठूलो दुर्घटना हुँदा त्यहाँको समुद्रमा लगभग तीन महिनासम्म अत्यधिक मात्रामा तेल अनि ग्याँस चुहावट भयो। यस घटनाको साढे दुई महिनापछि अनुसन्धानकर्ताहरूको एउटा टोलीले त्यहाँ फिंजिएका हानिकारक रसायनहरू एक किसिमको जीवाणुद्वारा नाश भएको कुरा पत्ता लगायो। ती जीवाणुहरूमा मिथेन ग्याँस पचाउन सक्ने क्षमता भएकोले यस्तो भएको हो भन्‍ने निष्कर्ष तिनीहरूले निकालेका छन्‌। तर केही विज्ञहरू तेलको निकै मात्रा समुद्रको पिंधमा जम्मा भएको छ भनी दाबी गर्छन्‌।

रूस

एउटा सर्वेक्षणअनुसार १८ वर्षदेखि ३५ वर्षका ५९ प्रतिशत रूसीहरू “जीवनमा सफलता हासिल गर्न कहिलेकाहीं आफ्नो नैतिक सिद्धान्त एवम्‌ मूल्यमान्यताविपरीत पनि जानुपर्ने हुन्छ” भन्‍ने मान्यता राख्छन्‌।—रसिस्काया गज्यट नामक रूसी अखबार।

पेरू

पेरूको उत्तरी भागमा बस्ने मानिसहरूले करिब ३,००० वर्षअघि देखि नै भुटेको मकै वा त्यसको पीठो खाने गर्थे भन्‍ने कुरा अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा पुराना मकैका खोयाहरूबाट पत्ता लागेको छ।

इटाली

आड्रिआ रोभिगो भन्‍ने ठाउँमा बस्ने लुचो सोराभिटो दे फ्रान्चेस्की नाम गरेका एक क्याथोलिक विशप के विश्‍वास गर्छन्‌ भने, धार्मिक सन्देश सुनाउनको लागि मानिसहरू बस्ने ठाउँमै गएर “हरेकसित प्रत्यक्ष भेटघाट गर्नुपर्छ।” तिनी भन्छन्‌, “गोठालोले जस्तै हेरविचार गर्ने हो भने चर्चको घण्टी मात्र बजाएर पुग्दैन, घर-घरमा गएर घण्टी बजाउनुपर्छ।”

दक्षिण अफ्रिका

औषधी बनाउन गैंडाको सिङको अवैध कारोबार गर्नेहरूमाझ यसको मूल्य प्रति के.जी. ६५,००० अमेरिकी डलरसम्म (रु. ५७,८५,००० जति) पुगेको छ। सन्‌ २०११ मा दक्षिण अफ्रिकामा मात्र ४४८ गैंडाको अवैध रूपमा सिकार गरिएको थियो। केही गिरोहले गैंडाको सिङको खोजीमा युरोपका सङ्‌ग्रहालय तथा लिलाम घरहरू (लिलामीका सामानहरू राखिने घर) फोडेका छन्‌। युरोपका चिडियाघरमा भएका गैंडाहरूलाई पनि खतराको सूचीमा राखिएको छ। (g13-E 01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने