प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 जनवरी पृ. १२-१३
  • क्यामरून भ्रमण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्यामरून भ्रमण
  • ब्यूँझनुहोस्‌!—२०१३
ब्यूँझनुहोस्‌!—२०१३
g13 जनवरी पृ. १२-१३

देशविदेश तथा जनजीवन

क्यामरून भ्रमण

बाका जातिलाई पिग्मी जाति पनि भनिन्छ। तिनीहरू क्यामरूनका आदिवासीहरू हुन्‌ जस्तो देखिन्छ। तर पछि सन्‌ १५०० को दशकदेखि पोर्चुगिजहरू पनि यहाँ बस्न थाले। त्यसको सयौं वर्षपछि फुलानी भनिने इस्लामी समुदायका मानिसहरूले क्यामरूनको उत्तरी भाग कब्जा गरे। अहिले, क्यामरूनका ४० प्रतिशत बासिन्दाहरू ख्रीष्टियन भएको दाबी गर्छन्‌, २० प्रतिशत इस्लाम धर्म मान्छन्‌, अनि बाँकी ४० प्रतिशतले भने परम्परागत अफ्रिकी धर्म मान्छन्‌।

यहोवाका साक्षीहरूले क्यामरूनको बासे भाषामा बाइबलआधारित साहित्य प्रकाशित गरेका छन्‌

विशेषगरि क्यामरूनको दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरू पाहुनाहरूको अत्यन्तै सत्कार गर्छन्‌। तिनीहरू पाहुनालाई अभिवादन गर्छन्‌, घरभित्र बोलाउँछन्‌ र खानपिनको बन्दोबस्त गर्छन्‌। आतिथ्य नस्वीकार्दा घरधनीहरू अपमानित महसुस गर्छन्‌ तर आतिथ्य स्वीकार्दा भने खुसी हुन्छन्‌।

परिवारका सदस्यहरूलाई अभिवादन गरेर अनि सन्चो-बिसन्चो सोधेर तिनीहरू भलाकुसारी सुरु गर्छन्‌। यो ठाउँमा वस्तुभाउको समेत हालचाल सोध्ने चलन छ। क्यामरूनका स्थानीयवासी जोसेफ यसो भन्छन्‌: “पाहुनालाई बिदाबारी गर्दा ‘जान्छु है’ अनि ‘ल त’ भन्‍नु मात्र पर्याप्त छैन। आतिथ्य देखाउने व्यक्‍तिले पाहुनासित कुराकानी गर्दै अलि परसम्म पुऱ्‍याउन जान्छन्‌। त्यसपछि मात्रै पाहुनालाई बिदाइ गर्छन्‌ र घर फर्कन्छन्‌। यसरी बिदाइ नगरेमा पाहुनालाई आफ्नो बेवास्ता गरिएको जस्तो लाग्न सक्छ।”

सिङ्‌गो काठ खोपेर बनाइएको डुङ्‌गा सानेगे नदीमा धेरै देख्न पाइन्छ। स्थानीय तवरमा जे उपलब्ध छ त्यही प्रयोग गरेर डुङ्‌गाको पाल बनाइन्छ

खाना खाँदा कहिलेकाहीं साथी-साथी मिलेर एउटै थालबाट खाने गर्छन्‌, कहिलेकाहीं त हातैले पनि खान्छन्‌। क्यामरूनमा यस्तो चलन एकताको सशक्‍त चिन्ह हो। केही कारणले कसैको सम्बन्ध बिग्रेको छ भने त्यस्ता व्यक्‍तिहरू मिलाप गर्न एउटै थालबाट खाना खाने गर्छन्‌। यसरी सँगै खानु भनेको एक अर्थमा “अब हामी मिलिसक्यौं” भन्‍नुजस्तै हो। (g13-E 01)

क्यामरूनमा, यहोवाका साक्षीहरू ३०० भन्दा धेरै मण्डलीमा सङ्‌गठित छन्‌ र करिब ६५,००० बाइबल अध्ययन सञ्चालन गर्दैछन्‌

संक्षिप्त जानकारी

प्रायः वयस्क पिग्मीहरूको उचाइ चार फिटदेखि चार फिट आठ इन्चसम्म हुन्छ

  • जनसङ्‌ख्या: करिब २ करोड

  • राजधानी: याउन्डे

  • मौसम: उत्तरी भाग उष्ण र सुक्खा, तटवर्ती इलाकामा आर्द्र जलवायु

  • निर्यातित सामग्री: तेल, कोका, कफी, कपास, काठ, आल्मुनियम

  • भाषा: अङ्‌ग्रेजी र फ्रान्सेली तथा २७० अफ्रिकी भाषा र उपभाषा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने