प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अक्टोबर पृ. ३
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अमेरिका
  • चीन
  • ग्रीस
  • भारत
  • इटाली
  • एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००१
  • आत्महत्या—जवानहरूमाझ व्याप्त पीडादायी समस्या
    ब्यूँझनुहोस्‌!—१९९८
  • मानिसहरू जीवनदेखि किन हरेस खान्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • आत्महत्या—लुकेको महामारी
    ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०१३
g13 अक्टोबर पृ. ३

विश्‍वदर्शन

अमेरिका

अमेरिकामा प्रत्येक दिन २० जना भन्दा धेरै भूतपूर्व सैनिकले आत्महत्या गर्छन्‌। अमेरिकाको भूतपूर्व सैनिक विभागले हेरचाह गरिरहेका पूर्व सैनिकमध्ये झन्डै ९५० जनाले प्रत्येक महिना आत्महत्या गर्ने कोसिस गर्छन्‌।

चीन

“आफ्नो गाउँठाउँ छोडेर अन्यत्र काम गर्न जाने ३० वर्षमुनिका महिलाहरूमध्ये झन्डै आधा विवाह नगरी गर्भवती भएका छन्‌। अघिल्लो पुस्तासित मात्र तुलना गरेर हेर्ने हो भने, अविवाहित चिनियाँ आमाहरूको सङ्‌ख्या ह्वात्तै बढेको छ” भनी चीन दैनिक बताउँछ। चीनको समाजमा पनि “विवाह नगरी सँगै बस्नु” स्वीकार्य हुन थालेको छ।

ग्रीस

ग्रीसमा फेरि औलो देखा पर्न थालेको छ। सन्‌ १९७४ मा यो रोग झन्डै निर्मूल पारिएको थियो। आर्थिक डामाडोल र स्वास्थ्य सेवामा गरिएको कटौतीले गर्दा यो रोग फेरि देखा परेको हो भनी मानिसहरू भन्‍ने गर्छन्‌।

भारत

भारतमा थुप्रै सामाजिक परिवर्तन भएका छन्‌। तैपनि, एउटा सर्वेक्षणमा भाग लिएकाहरूमध्ये ७४ प्रतिशतले “प्रेम विवाह” भन्दा मागी विवाह नै तिनीहरूको रोजाइ हो भनेर बताए। अझ ८९ प्रतिशतले “एकल परिवारमा” भन्दा संयुक्‍त परिवारमा बस्न रुचाउने कुरा बताए। (g13-E 08)

इटाली

“धनी युरोप र अमेरिका दुवै ठाउँमा क्याथोलिक चर्च कमजोर भएको छ। हाम्रो संस्कृति पुरानो भएको छ, चर्चका भवनहरू बडेमाका छन्‌ तर भित्र सुनसान छ, चर्चको प्रशासन कमजोर भएको छ र हाम्रा रीतिथिति तथा पहिरन तडकभडकले भरिएको छ। . . . क्याथोलिक चर्च २०० वर्ष पछि परेको छ।”—कोरिरे देला सेरा-मा क्याथोलिक पादरी कार्लो मारिया मार्टिनीको मृत्युपछि छापिएको अन्तरवार्ता।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने