प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ६ पृ. १०-११
  • न्युजिल्यान्ड भ्रमण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • न्युजिल्यान्ड भ्रमण
  • ब्यूँझनुहोस्‌!—२०१७
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ६ पृ. १०-११
मिल्फोर्ड साउन्ड, न्युजिल्यान्ड

मिल्फोर्ड साउन्ड

देशविदेश तथा जनजीवन

न्युजिल्यान्ड भ्रमण

विश्‍वको नक्सामा न्युजिल्यान्ड

लगभग ८०० वर्षअघि माओरी जातिका मानिसहरू हजारौं माइल समुद्री यात्रा गर्दै न्युजिल्यान्ड आए र यहीं बसोबास गर्न थाले। तिनीहरूले बस्नको लागि समतल ठाउँ भेट्टाए, जुन तिनीहरूले पहिला छोडेर आएको पोलिनेसियाको गर्मी टापुहरूको भन्दा बिलकुलै फरक थियो। यहाँ पहाडहरू, हिमनदीहरू र तातो पानीका मुहानहरू थिए अनि हिउँ पनि पर्थ्यो। त्यसको ५०० वर्षपछि युरोपबाट अरू जातिका मानिसहरू पनि यहाँ बसोबास गर्न आए। आज पनि धेरैजसो न्युजिल्यान्डवासीहरू दुवै एङ्‌ग्लो-साक्सन र पोलिनेसियालीहरूको मौलिक संस्कृति र रीतिथितिहरू मान्छन्‌। कुल जनसङ्‌ख्याको ९० प्रतिशत मानिसहरू सहरमा बस्छन्‌। संसारको सबैभन्दा दक्षिणी भागमा रहेको एक मात्र राजधानी वेलिङ्‌टन सहर हो।

न्युजिल्यान्डको दक्षिणी टापुमा उम्लिरहेको माटोको दह

उत्तरी टापुमा उम्लिरहेको माटोको दह

प्राकृतिक सौन्दर्य र विविधताले भरिपूर्ण न्युजिल्यान्डमा पर्यटकहरूको घुइँचो लाग्छ। वरिपरि नजिकै अरू कुनै देश नभए तापनि हरेक वर्ष लगभग ३० लाख पर्यटक यहाँ भ्रमण गर्छन्‌।

उनिउँका बोटहरू

यहाँ पाइने उनिउँका बोटहरू ३० फिट (१० मि) भन्दा अग्ला हुन्छन्‌

उड्‌न नसक्ने ताकाहि

सन्‌ १९४८ सम्म उड्‌न नसक्ने चरा ताकाहि दुर्लभ चराको रूपमा गनिन्थ्यो

न्युजिल्यान्ड विभिन्‍न प्रजातिका वन्यजन्तुहरूको लागि पनि प्रख्यात मानिन्छ। उड्‌न नसक्ने चराहरूको सबैभन्दा धेरै प्रजाति यहाँ पाइन्छ। यहाँ छेपारोजस्तो देखिने घस्रने जन्तु टुएटारा पनि पाइन्छ, जुन १०० वर्षभन्दा धेरै वर्ष बाँच्न सक्छ! यहाँ पाइने स्थानीय स्तनधारी प्राणीमा चमेरोका केही प्रजातिहरू पर्छन्‌ भने समुद्री स्तनधारी प्राणीमा ह्वेलहरू र डल्फिनहरू पर्छन्‌।

विगत १२० वर्षदेखि यहोवाका साक्षीहरू न्युजिल्यान्डमा बाइबलको सत्य सिकाउने काममा सक्रिय छन्‌। तिनीहरू १९ भन्दा धेरै भाषामा मानिसहरूलाई बाइबलको सत्य सिकाउँछन्‌। यी भाषाहरूमा पोलिनेसियालीहरूको मातृभाषा निऊ, रारोतोंगान, सामोअन र टोंगन पनि समावेश छ।

माओरी समुदायका मानिसहरू नृत्य प्रस्तुत गर्दै

माओरी समुदायका मानिसहरू पूर्वाभ्यास गरेर सांस्कृतिक नृत्य प्रस्तुत गर्दै

के तपाईंलाई थाह थियो?

न्युजिल्यान्ड नाम जिल्यान्ड भन्‍ने नामबाट राखिएको हो, जुन नेदरल्याण्ड्‌सको एउटा ठाउँ हो। माओरी नाम औटेरोआ-को अर्थ “लामो सेतो बादलको देश” भन्‍ने हो।

अधिकांश न्युजिल्यान्डवासीहरूले अङ्‌ग्रेजी भाषा बोल्छन्‌। मातृभाषा माओरीको उत्थान र संरक्षण गरिएको छ र स्कुलहरूमा पनि यो भाषा पढाइन्छ। यहोवाका साक्षीहरूको आधिकारिक वेबसाइट jw.org माओरी भाषामा उपलब्ध छ।

  • जनसङ्‌ख्या: ४७ लाख

  • राजधानी: वेलिङ्‌टन

  • जमिन: उत्तरी टापुका थुप्रै ठाउँमा ज्वालामुखी विस्फोट हुन्छ अनि तापको कारणले गर्दा जमिनमा विभिन्‍न परिवर्तन (थर्मल एक्टिभिटि) हुन्छन्‌। दक्षिणी टापुहरूमा हजारौं हिमनदी पाइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने