प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g24 सङ्‌ख्या १ पृ. ७-९
  • जीवनप्रतिको आदर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनप्रतिको आदर
  • ब्यूँझनुहोस्‌!—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जीवनको आदर गर्नु किन महत्त्वपूर्ण छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • हामी यहोवाका साक्षीहरू के गर्दै छौँ?
  • कोभिड-१९ महामारीको दौडान सभाभवनहरूलाई सुरक्षित बनाउँदै
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • धूम्रपान र भेपिङबारे मैले के थाह पाउनुपर्छ?
    युवाहरू सोध्छन्‌
  • खतरनाक संसारमा सुरक्षाको खोजी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • आदर हराउँदै छ!
    ब्यूँझनुहोस्‌!—२०२४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२४
g24 सङ्‌ख्या १ पृ. ७-९
एक जवान केटो आफ्ना साथीहरूसितै रक्सी खाएर गाडी चलाइरहेका छन्‌।

जीवनप्रतिको आदर

जीवनको आदर गर्नु किन महत्त्वपूर्ण छ?

जीवनको आदर नगरेको देखिने आनीबानी अनि कामकुराले तपाईँको स्वास्थ्यलाई नराम्रो असर पुऱ्‍याउन सक्छ र अरूको जीवन पनि खतरामा पर्न सक्छ।

  • धूम्रपान गर्ने मानिसलाई क्यान्सर लाग्न सक्छ र यस्तो कुलतले क्यान्सरसित लड्‌ने शरीरको क्षमतालाई पनि कमजोर बनाइदिन्छ। क्यान्सरको कारण मर्ने प्रत्येक १० जनामध्ये ९ जनाको मृत्यु धूम्रपान गरेकोले वा अरूले खाएको चुरोटबाट आउने धुवाँले गर्दा हुने गर्छ।

  • गोलीकाण्डले गर्दा प्रत्येक वर्ष थुप्रै मानिसलाई भावनात्मक रूपमा ठूलो चोट पुग्ने गर्छ। अमेरिकाको स्ट्यानफोर्ड विश्‍वविद्यालयको एउटा रिपोर्ट यसो भन्छ: “अनुसन्धानले देखाएअनुसार स्कुलमा हुने गोलीकाण्डबाट बचेकाहरूलाई शारीरिक रूपमा कुनै चोटपटक नलागे पनि भावनात्मक र मानसिक रूपमा भने ठूलो चोट पुग्छ र त्यसले वर्षौँसम्म सताइरहन्छ।”

  • रक्सी पिएर वा ड्रग्स लिएर सवारीसाधन चलाउँदा सडक दुर्घटना निम्तिन्छ र फुटपाथमा हिँड्‌नेहरूसमेत सुरक्षित हुँदैनन्‌। यस्तो लापरबाहीले गर्दा निर्दोष मानिसहरूले ठूलो मोल चुकाउनुपरेको छ।

तपाईँ के गर्न सक्नुहुन्छ?

आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌। चुरोट खाने, भेपिङ गर्ने, अत्यधिक रक्सी पिउने र ड्रग्स लिनेजस्ता हानिकारक बानीहरू छोड्‌न ढिला नगर्नुहोस्‌। यस्तो नराम्रो बानीले तपाईँको स्वास्थ्यलाई त हानि पुऱ्‍याउँछ नै, यसबाहेक तपाईँले आफ्नो परिवार र आफू वरपरका मानिसहरूको जीवनको पनि अनादर गरिरहनुभएको हुन्छ।

‘तनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहौँ।’—२ कोरिन्थी ७:१.

आफ्नो र अरूको सुरक्षामा ध्यान दिनुहोस्‌। दुर्घटना हुन नदिन आफ्नो घरको स्याहारसम्भार गर्नुहोस्‌। सुरक्षितसाथ सवारीसाधन चलाउनुहोस्‌ अनि आफ्नो सवारीसाधनलाई ठीक अवस्थामा राख्नुहोस्‌। अरूको दबाबमा आएर गम्भीर चोटपटक लाग्न सक्ने वा ज्यान जान सक्ने गतिविधिहरूमा भाग नलिनुहोस्‌।

“तिमीहरूले नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाउनू र त्यहाँबाट कोही लड्यो भने पनि उसको मृत्युको दोष तिमीहरूको घरानालाई लाग्नेछैन।”—व्यवस्था २२:८.a

अरूलाई दयालु व्यवहार गर्नुहोस्‌। जीवनको आदर गर्नुमा आफ्नो भन्दा फरक जाति, राष्ट्र अनि सामाजिक पृष्ठभूमिका मानिसहरूलाई दयालु व्यवहार गर्नु पनि समावेश छ। हुन पनि अहिले संसारमा मच्चिरहेको हिंसा र युद्धको मुख्य जड पूर्वाग्रह र घृणा नै हो।

“हरकिसिमको कटुता, रिस, क्रोध, चिच्याउने बानी र दुर्वचनका साथै हानि गर्ने सबै कुरा त्याग। बरु एकअर्काप्रति दयालु होओ।”—एफिसी ४:३१, ३२.

हामी यहोवाका साक्षीहरू के गर्दै छौँ?

हामी अरूलाई सन्तुलित अनि स्वस्थकर जीवन बिताउन सिकाउँछौँ। हामीले सञ्चालन गर्ने बाइबलआधारित कार्यक्रमहरूले मानिसहरूलाई कुलत त्याग्न र हानिकारक बानीहरू हटाउन मदत गरेको छ।

हामी निर्माण परियोजनाहरूमा सुरक्षा सावधानी अपनाउँछौँ। हाम्रा सभाभवनहरू अनि अन्य भवनहरूको निर्माणमा सघाउने स्वयंसेवकहरूलाई दुर्घटना कम गर्न तालिम दिइन्छ। साथै सुरक्षासम्बन्धी स्थानीय नियम लागू भइरहेको छ कि छैन भनेर पक्का गर्न बेलाबेलामा हाम्रा भवनहरूको जाँच गरिन्छ।

हामी प्रकोपमा परेकाहरूलाई सघाउँछौँ। सन्‌ २०२२ मा हामीले संसारभरि नै लगभग २०० वटा विनाशकारी प्रकोपहरूको मारमा परेकाहरूलाई मदत गर्न तुरुन्तै कदम चाल्यौँ। साथै हामीले प्राप्त अनुदानबाट राहतकार्यको लागि १ करोड २० लाख अमेरिकी डलर (लगभग १ अरब ६० करोड २७ लाख ८१ हजार नेपाली रुपैयाँ) खर्च गऱ्‍यौँ।

पश्‍चिम अफ्रिका (२०१४) अनि प्रजातान्त्रिक गणतन्त्र कङ्‌गोमा (२०१८) इबोला भाइरस फैलँदा हामीले मानिसहरूलाई यो घातक रोग फैलिन नदिन के गर्न सकिन्छ भनेर सिकायौँ। साथै हामीले “आज्ञाकारिताले जीवन जोगाउँछ” भन्‍ने विषयमा जनचेतना फैलाउन प्रतिनिधिहरू पनि पठायौँ। त्यसबाहेक हामीले हाम्रा उपासनास्थलहरूको प्रवेशद्वारमा हात धुने ठाउँ बनायौँ र किन हात धुनुपर्छ भनेर सिकायौँ। साथै सुरक्षित हुन चाल्नुपर्ने अन्य व्यवहारिक कदमहरूबारे पनि बतायौँ।

सियरा लियोन भन्‍ने देशमा यहोवाका साक्षीहरूले इबोला भाइरसबाट जोगिन सङ्‌गी साक्षीहरू अनि छरछिमेकीहरूलाई मदत दिए। तिनीहरूको यस्तो योगदानको लागि रेडियोमार्फत तिनीहरूलाई धन्यवाद ज्ञापन गरियो।

यहोवाका साक्षीहरू सभाभवन छिर्नुअघि हात धुन लाइनमा बसिरहेका छन्‌।

सन्‌ २०१४ मा लाइबेरियामा इबोला भाइरस फैलँदा यहोवाका साक्षीहरूको एउटा सभाभवनमा बनाइएको हात धुने ठाउँ

a यो नियमले आफ्नो परिवारको अनि अरूको सुरक्षामा ध्यान दिनुको महत्त्वलाई जोड दिन्थ्यो।

ओस्कर सेर्पास।

थप जानकारी पाउनुहोस्‌

ओस्कर सेर्पास पहिले एउटा ग्याङ्‌गका सदस्य थिए। तिनी आफ्नो र अरूको जीवनको पटक्कै आदर गर्दैनथे। यहोवाका साक्षीहरूको मदत पाएर तिनले कसरी आफ्नो जीवनशैली परिवर्तन गर्न सके, थाह पाउनुहोस्‌। jw.org मा “मैले आफ्नो मृत्यु आफै निम्त्याइरहेको थिएँ” लेख खोज्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने