प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh p. २०८-p. २११ par. ३
  • के मानिससित आत्मा छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के मानिससित आत्मा छ?
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलमा प्रयोग गरिएको नेफेश र पुस्खे शब्दको अर्थ
  • बाइबलमा प्रयोग गरिएको रुवाक र न्युमा शब्दको अर्थ
  • मृत्युपछिको जीवन—त्यसबारे बाइबलले के बताउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मृतावस्था हुँदा के हुन्छ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • के मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
बाइबलले वास्तवमा के सिकाउँछ?
bh p. २०८-p. २११ par. ३

अतिरिक्‍त लेख

के मानिससित आत्मा छ?

थुप्रैको विचारमा मानिससित आत्मा छ अनि मरेपछि उसको शरीरबाट आत्मा निस्कन्छ र त्यो कहिल्यै मर्दैन। यो विश्‍वास एकदमै व्याप्त छ तर बाइबलले यस्तो शिक्षा सिकाउँदैन भनी थाह पाउँदा थुप्रै मानिस तीनछक पर्छन्‌। त्यसोभए परमेश्‍वरको वचनअनुसार मानिस मरेपछि के हुन्छ?

बाइबलमा प्रयोग गरिएको नेफेश र पुस्खे शब्दको अर्थ

बाइबलको अधिकांश भाग सुरुमा हिब्रू र ग्रीक भाषामा लेखिएको थियो। बाइबलमा प्रयोग गरिएको हिब्रू शब्द नेफेश र ग्रीक शब्द पुस्खे-लाई कुनै-कुनै बाइबलमा ‘आत्मा’ वा ‘प्राण’ भनेर अनुवाद गरिएको छ। तर यो अनुवाद सही होइन। बाइबलमा नेफेश र पुस्खे ८०० भन्दा धेरै चोटि प्रयोग भएको छ र यसले मूलतः (१) मानिस, (२) जनावर वा (३) व्यक्‍तिविशेष वा जनावरको जीवनलाई बुझाउँछ। आउनुहोस्‌, यी तीन भिन्‍नाभिन्‍नै अर्थ बुझाउने केही शास्त्रपद केलाऔं।

मानिस: “नूहको दिनमा . . . केही मानिसहरू अर्थात्‌ आठ जना [पुस्खे] पानीबाट बचे।” (१ पत्रुस ३:२०) यहाँ ग्रीक शब्द पुस्खे-लाई “जना” भनेर अनुवाद गरिएको छ। यसले नूह, तिनकी पत्नी, तीन छोरा र बुहारीहरूलाई बुझाउँछ। प्रस्थान १६:१६ मा इस्राएलीहरूलाई मन्‍न बटुल्नेसन्दर्भमा यस्तो निर्देशन दिइएको थियो: “हरेक मानिसले आफ्नो आफ्नो तम्बूमा हुनेहरूका [नेफेश] निम्ति बटुलोस्‌।” त्यसैले आफ्नो परिवारमा कति जना छन्‌, त्यसअनुसार मन्‍न बटुल्नुपर्थ्यो। बाइबलमा नेफेश र पुस्खे-लाई कसरी अनुवाद गरिएको छ, थप उदाहरण उत्पत्ति ४६:१८, यहोशू ११:११, प्रेषित २७:३७ र रोमी १३:१ मा हेर्न सक्नुहुन्छ।

जनावर: सृष्टिसम्बन्धी बाइबलको विवरणमा यस्तो लेखिएको पाउँछौं: “समुद्रका विशाल जलजन्तुहरू, पानीहरूमा भरिएका चलहल गर्ने किसिम किसिमका सबै जीवित प्राणीहरू [नेफेश] र जात जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्टि गर्नुभयो। अनि परमेश्‍वरले भन्‍नुभयो, ‘पृथ्वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु-पशुहरू, घस्रने जन्तुहरू र जात जातका वन-पशुहरू उत्पन्‍न गरोस्‌। तब त्यस्तै भयो।’” (उत्पत्ति १:२१, २४) यस विवरणमा माछा, पाल्तुपशु र जङ्‌गली जनावर सबैलाई बुझाउन एउटै हिब्रू शब्द नेफेश प्रयोग गरिएको छ। उत्पत्ति ९:१०, लेवी ११:४६ र गन्ती ३१:२८ मा पनि पक्षी र जनावरलाई बुझाउन नेफेश शब्द प्रयोग गरिएको छ।

व्यक्‍तिविशेषको जीवन: कहिलेकाहीं नेफेश र पुस्खे शब्दले व्यक्‍तिविशेषको जीवनलाई बुझाउँछ। यहोवाले मोशालाई यसो भन्‍नुभयो: “तेरो ज्यान [नेफेश] लिन खोज्नेहरू सबै मरिसके।” (प्रस्थान ४:१९) राहेलले बिन्यामीन जन्माउँदा ‘तिनको प्राण [नेफेश] जान लाग्यो (किनभने तिनी मरिहालिन्‌)।’ (उत्पत्ति ३५:१६-१९) येशूका यी शब्दलाई पनि ध्यान दिनुहोस्‌: “म असल गोठालो हुँ; असल गोठालोले भेडाहरूका निम्ति आफ्नो ज्यान [पुस्खे] अर्पण गर्छ।” (यूहन्‍ना १०:११) येशूले मानिसजातिको निम्ति पुस्खे अर्थात्‌ आफ्नो ज्यान अर्पण गर्नुभयो। यी बाइबल विवरणबाट नेफेश र पुस्खे शब्दले व्यक्‍तिविशेषको जीवनलाई बुझाउँछ भनेर प्रस्ट हुन्छ। थप उदाहरण १ राजा १७:१७-२३, मत्ती: १०:३९, यूहन्‍ना १५:१३ र प्रेषित २०:१० मा हेर्न सक्नुहुन्छ।

परमेश्‍वरको वचनलाई अझ गहिरिएर अध्ययन गर्नुभयो भने नेफेश र पुस्खे शब्दलाई कतै पनि “अमर” वा “अनन्त” शब्दसित जोडिएको पाउनुहुनेछैन। बरु बाइबलले मानिस मर्छ अर्थात्‌ मरणशील छ भनी बताउँछ।—इजकिएल १८:४.

बाइबलमा प्रयोग गरिएको रुवाक र न्युमा शब्दको अर्थ

बाइबल लेखकहरूले चलाएको मूल हिब्रू शब्द रुवाक अनि ग्रीक शब्द न्युमा-लाई पनि कुनै-कुनै बाइबलमा ‘आत्मा’ वा ‘प्राण’ भनेर अनुवाद गरिएको छ। तर यो अनुवाद पनि सही होइन।

बाइबलमै ती शब्दको अर्थ स्पष्ट छ। उदाहरणका लागि, भजन १०४:२९ मा यस्तो लेखिएको छ: “तपाईंले [अर्थात्‌ यहोवाले] तिनीहरूको सास [रुवाक] लिनुहुँदा ती मरिहाल्छन्‌, र फेरि माटामै मिलिहाल्छन्‌।” अनि याकूब २:२६ ले “सासविनाको [न्युमा] शरीर मरेको हुन्छ” भनी बताउँछ। त्यसैले यी पदमा चलाइएको रुवाक र न्युमा शब्दले शरीरलाई जीवित पार्ने कुरालाई बुझाउँछ। अतः बाइबलमा चलाइएको रुवाक शब्दको अर्थ “आत्मा” होइन तर “शक्‍ति” अर्थात्‌ जीवनशक्‍ति हो। उदाहरणको लागि, नूहको दिनको जलप्रलयबारे परमेश्‍वरले यसो भन्‍नुभयो: “हेर्‌, जीवनको सास [रुवाक] हुने सबै प्राणीलाई म आकाशमनिबाट सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु।” (उत्पत्ति ६:१७) यहाँ चलाइएको रुवाक शब्दले आत्मालाई होइन तर सबै जीवजीवातलाई जीवित पार्ने अदृश्‍य शक्‍तिलाई (जीवनशक्‍ति) बुझाउँछ।

बिजुली पनि नजोडिएको अनि ब्याट्री पनि नराखेको जहाँ पनि बोकेर लैजान मिल्ने रेडियो

हिब्रू शब्द रुवाक अनि ग्रीक शब्द न्युमा-को अर्थ बुझ्न एउटा उदाहरण विचार गर्नुहोस्‌। जसरी रेडियो बज्नको लागि बिजुली चाहिन्छ, त्यसरी नै शरीर जीवित हुन जीवनशक्‍ति चाहिन्छ। यसलाई अझ स्पष्टसित बुझ्न ब्याट्रीले चल्ने रेडियोलाई विचार गर्नुहोस्‌। तपाईंले रेडियोमा ब्याट्री राखेपछि त्यो बज्न थाल्छ। तर रेडियोबाट ब्याट्री झिक्नुभयो भने रेडियो बज्न बन्द हुन्छ। बिजुलीबाट चल्ने रेडियोको कुरा पनि यस्तै हो। त्यसको तार झिक्नुभयो भने त्यो बज्दैन। त्यसैगरि रुवाक अनि न्युमा पनि एउटा यस्तो शक्‍ति हो, जसले शरीरलाई जीवित बनाउँछ। बिजुलीको जस्तै रुवाक अनि न्युमा-को कुनै भावना हुँदैन र यसले सोच्न सक्दैन। यो केवल एउटा शक्‍ति हो। तर रुवाक अनि न्युमा अर्थात्‌ जीवनशक्‍तिविना शरीरले काम गर्न छोड्‌छ। भजनरचयिताले भनेझैं ‘त्यो मरिहाल्छ र फेरि माटोमै मिलिहाल्छ।’

मानिसको मृत्युबारे उपदेशक १२:७ यसो भन्छ: ‘त्यसरी नै [त्यसको शरीरको] माटो माटैमा मिल्छ र आत्मा [रुवाक] दिने परमेश्‍वरकहाँ जान्छ।’ जब जीवनशक्‍तिले शरीर छोड्‌छ तब शरीर मर्छ र जहाँबाट आएको हो, त्यहीं फर्कन्छ अर्थात्‌ माटोमै फर्कन्छ। त्यसैगरि जीवनशक्‍ति जहाँबाट आयो, त्यहीं फर्कन्छ अर्थात्‌ परमेश्‍वरकहाँ फर्कन्छ। (अय्यूब ३४:१४, १५; भजन ३६:९) यसको अर्थ जीवनशक्‍ति स्वर्गमा फर्कन्छ भन्‍ने होइन। बरु मरिसकेको व्यक्‍ति भविष्यमा जीवित हुन्छ कि हुँदैन, त्यो यहोवामा निर्भर हुन्छ। भनौं भने तिनको जीवन यहोवाको हातमा छ। मरिसकेको मानिसलाई जीवनशक्‍ति दिएर जीवित बनाउने काम परमेश्‍वरले मात्र गर्न सक्नुहुन्छ।

“चिहानमा” हुनेहरू सबैलाई परमेश्‍वरले फेरि जीवन दिनुहुनेछ भनी थाह पाउनु कत्ति सान्त्वनादायी छ! (यूहन्‍ना ५:२८, २९) यहोवाले मृत्युको चिर निद्रामा परेको व्यक्‍तिलाई नयाँ शरीर दिनुहुनेछ र जीवनशक्‍ति दिएर जीवित पार्नुहुनेछ। त्यो कस्तो सुखद क्षण हुनेछ!

बाइबलमा चलाइएको पुस्खे शब्दको अर्थबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित पवित्र बाइबल—नयाँ संसार अनुवाद, अतिरिक्‍त लेख ७क र ७ख, पृष्ठ ६०७-६०८ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने