प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh p. २१२
  • शिओल र हेडिज के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिओल र हेडिज के हो?
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • क-कसको पुनरुत्थान हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • नरक कस्तो ठाउँ हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • पुनरुत्थानको आशाको शक्‍ति
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
बाइबलले वास्तवमा के सिकाउँछ?
bh p. २१२

अतिरिक्‍त लेख

शिओल र हेडिज के हो?

बाइबलमा हिब्रू शब्द शिओल र ग्रीक शब्द हाइडीज ७० चोटिभन्दा धेरै प्रयोग भएको छ। दुवै शब्द मृत्युसित सम्बन्धित छन्‌। कुनै-कुनै बाइबलमा यसलाई “चिहान,” “नरक” वा “खाडल” भनी अनुवाद गरिएको छ। तर प्रायजसो भाषामा यी हिब्रू र ग्रीक शब्दको ठ्याक्क अर्थ दिने शब्द छैन। त्यसैले नयाँ संसार अनुवाद-ले “शिओल” र “हेडिज” शब्द प्रयोग गरेको छ। यी शब्दहरूको अर्थ वास्तवमा के हो? बाइबलका विभिन्‍न पदमा यी शब्द कसरी प्रयोग भएका छन्‌, आउनुहोस्‌ हेरौं।

उपदेशक ९:१० यसो भन्छ: “मृत्युमा [शिओल], जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।” के यहाँ शिओल शब्दले हामीले आफ्नो प्रियजनलाई गाडेको कुनै खास चिहानलाई बुझाउँछ? अहँ, बुझाउँदैन। कुनै खास चिहानलाई सङ्‌केत गर्न मौलिक भाषाको बाइबलमा शिओल र हाइडीज नभई अर्कै हिब्रू र ग्रीक शब्द प्रयोग गरिएको छ। साथै परिवारका सदस्यहरू गाड्‌ने चिहान वा थुप्रै मानिसलाई एउटै ठाउँमा गाड्‌ने चिहानलाई बुझाउन पनि बाइबलमा “शिओल” शब्द प्रयोग गरिएको छैन।

त्यसोभए “शिओल” शब्दले कस्तो ठाउँलाई बुझाउँछ? “शिओल” वा “हेडिज”-ले थुप्रै लास गाड्‌ने ठूलो चिहानलाई बुझाउँदैन भनी परमेश्‍वरको वचनले सङ्‌केत गर्छ। उदाहरणका लागि, यशैया ५:१४ मा शिओलले (नेपाली बाइबलमा “पाताल” भनी अनुवाद गरिएको छ।) “अत्यन्त लालसा गरी आफ्नो मुख ठूलो गरी बाएको छ” भनी बताइएको छ। शिओलले असङ्‌ख्य मानिसलाई निलिसकेको भए तापनि त्यो अझै भोको छ। चिहानमा सीमित लासहरू मात्र अटाउँछ तर शिओल (नेपाली बाइबलमा “पाताल” भनी अनुवाद गरिएको छ।) “कहिल्यै सन्तुष्ट हुँदैन।” (हितोपदेश २७:२०) शिओल कहिल्यै टन्‍न भरिंदैन। यसको कुनै सीमा छैन। अतः शिओल र हेडिज भनेको कुनै वास्तविक ठाउँ होइन। बरु यसले प्रतीकात्मक चिहानलाई बुझाउँछ, जहाँ मानिसहरू मृत्युको चिर निद्रामा पर्छन्‌।

पुनर्जीवनसम्बन्धी बाइबलको शिक्षाले “शिओल” र “हेडिज”-को अर्थ राम्ररी बुझ्न मदत गर्छ। बाइबलले शिओल र हेडिजमा जानेहरू पुनर्जीवित हुनेछन्‌ भनेर बताउँछ।a (अय्यूब १४:१३; प्रेषित २:३१; प्रकाश २०:१३) यहोवाको सेवा गर्नेहरू मात्र होइन, उहाँको सेवा नगर्नेहरूसमेत शिओल र हेडिजमा छन्‌ भनेर पनि बाइबल बताउँछ। (उत्पत्ति ३७:३५ र भजन ५५:१५ हेर्नुहोस्‌, जहाँ “शिओल”-लाई “चिहान” र “खाल्डा” भनी अनुवाद गरिएको छ।) त्यसैले “परमेश्‍वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्‌, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्‌” भनी बाइबल सिकाउँछ।—प्रेषित २४:१५.

a यसको विपरीत, पुनर्जीवित नहुनेहरू शिओल वा हेडिजमा नभई “गेहेन्‍नामा” छन्‌। (मत्ती ५:३०; १०:२८; २३:३३) शिओल र हेडिजजस्तै गेहेन्‍ना पनि वास्तविक ठाउँ होइन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने