प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv p. २५४-p. २५५ par. ३
  • व्यापारिक कारोबारसित सम्बन्धित झगडा सुल्झाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • व्यापारिक कारोबारसित सम्बन्धित झगडा सुल्झाउने
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • मिल्दोजुल्दो सामग्री
  • शान्ति कायम हुने कुराहरूको पछि लागौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • प्रेमले उत्प्रेरित हुँदै मतभेद सुल्झाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • भाइलाई आफ्नो गराऊ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मण्डलीको शान्ति अनि स्वच्छता कायम राख्नुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv p. २५४-p. २५५ par. ३

अतिरिक्‍त लेख

व्यापारिक कारोबारसित सम्बन्धित झगडा सुल्झाउने

पहिलो कोरिन्थी ६:१-८ मा उल्लेख गरिएअनुसार ख्रीष्टियन भाइबहिनीहरूबीच भएको मुद्दा-मामिलाबारे पावलले चर्चा गरे। “पवित्र जनहरूसामु जानुको साटो” कोरिन्थ मण्डलीका कोही-कोही “बेग्लै विश्‍वास हुने मानिसहरूसामु अदालत”-मा गएकोले पावल दुःखी भएका थिए। (पद १) ख्रीष्टियनहरूले एक-अर्कालाई कानुनी कारबाही गर्न अघि सर्नुभन्दा मण्डलीलाई दिइएको निर्देशनअनुसार आपसी झगडा सुल्झाउनु उचित हो भनेर पावलले ठोस कारण बताए। यहोवाले यो सल्लाह किन दिनुभयो त्यसका केही कारण हामी विचार गरौं। त्यसपछि यो सल्लाह लागू नहुने अवस्था विचार गरौं।

व्यापारिक कारोबारको सिलसिलामा भाइबहिनीसँग झगडा भएको छ भने आफ्नै तरिकाले होइन यहोवाको तरिकाले झगडा सुल्झाउने प्रयास गर्नुपर्छ। (हितोपदेश १४:१२) हामीबीच स-सानो कुरामा मतभेद छ भने त्यसले ठूलो रूप लिनुअघिनै सुल्झाउनुपर्छ भनेर येशूले बताउनुभयो। (मत्ती ५:२३-२६) तर दुःखको कुरा कुनै-कुनै ख्रीष्टियन अति नै कलह गर्ने खालका हुन्छन्‌, त्यसलाई सुल्झाउन अदालतसम्म पुग्छन्‌। पावलले भने: “साँच्चै भन्‍ने हो भने, तिमीहरूले एक-अर्कालाई मुद्दा लगाउनु तिमीहरूको पूरै हार हो।” किन? मुख्य कारण त भाइबहिनीबीचको यस्तो मुद्दाले मण्डलीको असल नाम र हामीले उपासना गर्ने परमेश्‍वरको नाममा कलङ्‌क लाग्न सक्छ। त्यसैले पावलले सोधेको प्रश्‍नअनुसार हामी कदम चाल्न चाहन्छौं: “बरु तिमीहरू किन अन्याय सहँदैनौ?”—पद ७.

थुप्रै विवाद सुल्झाउन परमेश्‍वरले मण्डलीमा राम्रो प्रबन्ध गरिदिनुभएको छ भनेर पनि पावलले तर्क गरे। मण्डलीका एल्डरहरूसित बाइबलको राम्रो ज्ञान हुने भएकोले तिनीहरूसित बुद्धि हुन्छ। यस्ता एल्डरहरू “जीवनका कुराहरूको न्याय” गर्ने सन्दर्भमा “आफ्ना भाइहरूको न्याय गरिदिन सक्ने” हुन्छन्‌ भनी पावलले बताए। (पद ३-५) निन्दा, जालसाजी जस्ता गम्भीर गलत कुराहरू समावेश भएको झगडालाई येशूले बताएको तीनवटा कदमअनुसार समाधान गर्नुपर्छ। पहिलो कदम: सम्बन्धित व्यक्‍तिहरूमात्र बसेर समस्या सुल्झाउन प्रयास गर्ने। दोस्रो कदम: पहिलो कदम असफल भयो भने सँगै एक वा दुई जना साक्षी लगेर कुराकानी गर्ने। तेस्रो कदम: अझै समस्या समाधान भएन भने त्यस विषयलाई मण्डलीमा लैजाने, जसको प्रतिनिधित्व एल्डरहरूले गर्छन्‌।—मत्ती १८:१५-१७.

पक्कै पनि ख्रीष्टियन एल्डरहरूले वकिल वा व्यापारीको भूमिका निभाउँदैनन्‌। त्यसैले तिनीहरूले वकिलले दिने जस्तो सुझाव वा व्यापारीले दिने जस्तो सल्लाह दिनु आवश्‍यक छैन। व्यापारिक कारोबारसित सम्बन्धित झगडा मिलाउन भाइबहिनीले के-कस्तो सर्त राख्नुपर्छ भनेर पनि एल्डरले बताउँदैनन्‌। बरु सम्बन्धित सबै पक्षलाई बाइबलको सल्लाह लागू गर्न मदत दिन्छन्‌ र मैत्रीपूर्ण ढङ्‌गमा मिलापमा आउन प्रोत्साहन दिन्छन्‌। निकै नै जटिल समस्या छ भने एल्डरहरूले क्षेत्रीय निरीक्षकसँग वा यहोवाका साक्षीहरूको शाखा कार्यालयसँग सरसल्लाह गर्न सक्छन्‌। तर पावलले दिएको सल्लाह लागू नहुने अवस्था पनि छ। त्यस्ता केही अवस्था के-के हुन्‌?

कुनै-कुनै अवस्थामा औपचारिकता पूरा गर्न वा स्वार्थ नराखीकन र शान्तपूर्वक समस्या समाधान गर्न कानुनी आवश्‍यकताअनुसार मुद्दा दायर गर्नुपर्ने हुन सक्छ। जस्तै: सम्बन्धविच्छेदको प्रमाणपत्र प्राप्त गर्न, छोराछोरीको हकदाबी गर्न, मानापाथी भराउन, बिमाबाट क्षतिपूर्ति पाउन, टाट पल्टेका ऋणीहरूको सूचीमा पर्न, इच्छापत्रलाई अदालतमा लगेर सदर गराउन। आफूविरुद्ध दायर गरेको मुद्दामा प्रतिरक्षाको लागि ख्रीष्टियन भाइले प्रतिवादी मुद्दा दायर गर्नुपर्ने हुन सक्छ। a

झगडा गर्ने मनसाय नराखीकन हामीले यस्तो मुद्दा हालेको हौंला। यसो गर्दा पावलले दिएको प्रेरित सल्लाह विपरीत गरिरहेका हुँदैनौं। b कुरा जे-जस्तो भए पनि यहोवाको नामको महिमा गर्न र मण्डलीमा शान्ति र एकता कायम राख्न ख्रीष्टियनहरूले प्राथमिकता दिनुपर्छ। येशूका चेलाहरूको सबैभन्दा पहिलो र महत्त्वपूर्ण चिनारी नै प्रेम हो। हो, “प्रेमले . . . आफ्नै फाइदा खोज्दैन।”—१ कोरिन्थी १३:४, ५; यूहन्‍ना १३:३४, ३५.

a कुनै-कुनै अवस्थामा एक जना ख्रीष्टियनले अर्को ख्रीष्टियनविरुद्ध गम्भीर अपराध गरेको पनि हुन सक्छ। जस्तै: बलात्कार गरेको, आक्रमण गरेको, हत्या गरेको, डकैती गरेको। यस्तो अवस्थामा अख्तियारवालालाई रिपोर्ट गर्नु बाइबल विपरीत हुनेछैन, चाहे त्यस्तो अपराध गर्नेहरूलाई न्यायिक कारबाही गर्नुपर्ने वा तिनीहरूलाई अपराधी ठहराउन पुर्पक्ष गर्नुपर्ने नै किन नहोस्‌।

b थप जानकारीको लागि कृपया प्रहरीधरहरा, मार्च १५, १९९७, पृष्ठ १७-२२ र प्रहरीधरहरा (अङ्‌ग्रेजी), अक्टोबर १५, १९९१, पृष्ठ २५-२८ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने