-
भाग १: ख्रिष्टियन विश्वासयहोवाको इच्छाबमोजिम गर्न सङ्गठित
-
-
बप्तिस्मा गर्न चाहनेहरूका लागि प्रश्नहरू
भाग १: ख्रिष्टियन विश्वास
तपाईँले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर सत्य सिक्नुभयो। तपाईँले सिक्नुभएको कुराले पक्कै पनि तपाईँलाई परमेश्वरसित राम्रो सम्बन्ध गाँस्न मदत गऱ्यो। अनि परमेश्वरको राज्यले पृथ्वीलाई सुन्दर बगैँचा बनाउँदा त्यहाँ बस्ने र आशिष्हरू पाउने आशा पनि पाउनुभयो। परमेश्वरको वचन बाइबलमा तपाईँको विश्वास अझै बढ्यो अनि ख्रिष्टियन मण्डलीसित सङ्गत गरेर तपाईँले थुप्रै आशिष् पाउनुभयो। अनि यहोवाले आफ्ना जनहरूलाई कसरी डोऱ्याइरहनुभएको छ भनेर पनि बुझ्न थाल्नुभयो।—जक. ८:२३.
अहिले तपाईँ बप्तिस्मा गर्ने तयारी गर्दै हुनुहुन्छ। त्यसैले एल्डरहरूले तपाईँसित ख्रिष्टियन विश्वासबारे छलफल गर्दा तपाईँले पक्कै लाभ उठाउनुहुनेछ। (हिब्रू ६:१-३) तपाईँले यहोवालाई चिन्न जे-जति प्रयास गर्दै हुनुहुन्छ, ती सबैमा उहाँले आशिष् देऊन्। अनि उहाँले प्रतिज्ञा गर्नुभएको इनाम तपाईँले पाउन सक्नुहोस्।—युह. १७:३.
१. तपाईँ किन बप्तिस्मा गर्न चाहनुहुन्छ?
२. यहोवा को हुनुहुन्छ?
• “माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तिमीहरूले जान . . . उहाँबाहेक अरू कोही ईश्वर छैन।”—व्यव. ४:३९.
• “तपाईँ, जसको नाम यहोवा हो, सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।”—भज. ८३:१८.
३. यहोवाको नाम प्रयोग गर्नु किन महत्त्वपूर्ण छ?
• “यसकारण तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्।’”—मत्ति ६:९.
• “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”—रोमी १०:१३.
४. बाइबलमा यहोवा परमेश्वरको लागि कस्ता पदवीहरू चलाइएका छन्?
• “मलाई मदत यहोवाबाट आउँछ, जो आकाश र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।”—भज. १२१:२.
• “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा।”—मत्ति ६:९.
• “परमेश्वर प्रेम हुनुहुन्छ।”—१ युह. ४:८.
५. तपाईँ यहोवा परमेश्वरलाई के दिन सक्नुहुन्छ?
• “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।”—मर्कु. १२:३०.
• “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।”—लुका ४:८.
६. तपाईँ किन यहोवा परमेश्वरप्रति वफादार हुन चाहनुहुन्छ?
• “हे मेरो छोरा, बुद्धिमान् होऊ र मेरो हृदयलाई खुसी बनाऊ अनि मेरो गिल्ला गर्नेलाई म मुखभरिको जवाफ दिन सक्छु।”—हितो. २७:११.
७. तपाईँ कसलाई प्रार्थना गर्नुहुन्छ र कसको नाममा गर्नुहुन्छ?
• “म [येसु] तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूले बुबासित जे मागे पनि मेरो नाममा उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ।”—युह. १६:२३.
८. तपाईँ कस्ता विषयहरूमा प्रार्थना गर्न सक्नुहुन्छ?
• “यसकारण तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्। तपाईँको राज्य आओस्। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्। हामीलाई आजको लागि भोजन दिनुहोस् र हाम्रो ऋण क्षमा गर्नुहोस्, जसरी हामीले पनि हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ। अनि हामीलाई प्रलोभनमा पर्न नदिनुहोस् तर त्यस दुष्टबाट छुटाउनुहोस्।’”—मत्ति ६:९-१३.
• “हामी परमेश्वरमा पूरा भरोसा राख्छौँ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।”—१ युह. ५:१४.
९. यहोवा परमेश्वर किन कसै-कसैको प्रार्थना सुन्नुहुन्न?
• “तिनीहरूले यहोवालाई गुहार्नेछन् तर उहाँले जवाफ दिनुहुनेछैन। तिनीहरूको दुष्टताले गर्दा त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।”—मिका ३:४.
• “धर्मीहरूमाथि यहोवाको नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ; तर ज-जसले खराब काम गर्छन्, तिनीहरूदेखि यहोवाले आफ्नो अनुहार फर्काउनुहुन्छ।”—१ पत्रु. ३:१२.
१०. येसु ख्रिष्ट को हुनुहुन्छ?
• “सिमोन पत्रुसले जवाफ दिए: ‘तपाईँ जीवित परमेश्वरका छोरा, ख्रिष्ट हुनुहुन्छ।’”—मत्ति १६:१६.
११. येसु किन पृथ्वीमा आउनुभयो?
• “मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”—मत्ति २०:२८.
• “मैले अरू सहरमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।”—लुका ४:४३.
१२. येसुले चढाउनुभएको फिरौतीको बलिदानको लागि कृतज्ञ भएको कुरा तपाईँ कसरी देखाउन सक्नुहुन्छ?
• “उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्, जो तिनीहरूका लागि मर्नुभयो र ब्युँताइनुभयो।”—२ कोरि. ५:१५.
१३. येसुसित कस्तो अधिकार छ?
• “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।”—मत्ति २८:१८.
• “परमेश्वरले उहाँलाई अझ उच्च पद दिनुभयो र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो।”—फिलि. २:९.
१४. के तपाईँ यहोवाका साक्षीहरूको परिचालक निकाय येसुले नियुक्त गर्नुभएको “विश्वासी र बुद्धिमान् दास” हो भनेर विश्वास गर्नुहुन्छ?
• “वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस् भनेर नियुक्त गरेका हुन्छन्?”—मत्ति २४:४५.
१५. के पवित्र शक्ति कुनै व्यक्ति हो?
• “स्वर्गदूतले तिनलाई जवाफ दिए: ‘पवित्र शक्ति तिमीमाथि आउनेछ र सर्वोच्च परमेश्वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ। त्यसैले जो जन्मिनुहुनेछ, उहाँ परमेश्वरको छोरा अनि पवित्र कहलाइनुहुनेछ।’”—लुका १:३५.
• “त्यसकारण यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने बुबाले उहाँसित माग्नेहरूलाई झन् कत्ति धेरै पवित्र शक्ति दिनुहुनेछ!”—लुका ११:१३.
१६. यहोवा परमेश्वरले आफ्नो पवित्र शक्ति कसरी चलाउनुभएको छ?
• “यहोवाको वाणीद्वारा आकाश सृष्टि भएको हो अनि त्यसमा भएका सबै थोक उहाँको सासले बनेका हुन्।”—भज. ३३:६.
• “पवित्र शक्ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ अनि . . . पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।”—प्रेषि. १:८.
• “धर्मशास्त्रमा भएको कुनै पनि भविष्यवाणी कसैको निजी धारणाको उपज होइन। किनकि कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन तर पवित्र शक्तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।”—२ पत्रु. १:२०, २१.
१७. परमेश्वरको राज्य के हो?
• “स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश हुनेछैन। अनि त्यो राज्य अरू कसैको हातमा दिइनेछैन। त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ। अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।”—दानि. २:४४.
१८. परमेश्वरको राज्यबाट तपाईँले के-कस्तो लाभ उठाउनुहुनेछ?
• “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रका. २१:४.
१९. हामीले चाँडै परमेश्वरको राज्यले दिने आशिष्हरू पाउनेछौँ भनेर तपाईँ किन भन्न सक्नुहुन्छ?
• “उहाँकहाँ सुटुक्क आएर चेलाहरूले सोधे: ‘हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?’ येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: ‘. . . जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ अनि ठाउँठाउँमा अनिकाल र भूकम्प हुनेछ। अनि सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।’”—मत्ति २४:३, ४, ७, १४.
• “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्वरलाई नभई सुखविलासलाई प्रेम गर्ने अनि परमेश्वरको भक्ति गरेको ढोँग गर्ने तर त्यसअनुसार नचल्ने हुनेछन्।”—२ तिमो. ३:१-५.
२०. परमेश्वरको राज्य तपाईँको लागि महत्त्वपूर्ण छ भनेर तपाईँ कसरी देखाउन सक्नुहुन्छ?
• “उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।”—मत्ति ६:३३.
• “येसुले आफ्ना चेलाहरूलाई भन्नुभयो: ‘यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, आफ्नो यातनाको खम्बा उठाओस् र निरन्तर मेरो पछि लागोस्।’”—मत्ति १६:२४.
२१. सैतान र त्यसका प्रेतहरू को हुन्?
• “तिमीहरू आफ्नो बुबा दियाबलबाट आएका हौ . . . त्यो त सुरुदेखि नै हत्यारा थियो।”—युह. ८:४४.
• “दियाबल अनि सैतान भनिने र सारा संसारलाई ठग्ने त्यो ठूलो अजिङ्गर अर्थात् पुरानो सर्पलाई तल पृथ्वीमा हुर्ऱ्याइयो अनि त्योसँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए।”—प्रका. १२:९.
२२. सैतानले यहोवा परमेश्वर र उहाँको उपासना गर्नेहरूमाथि कस्तो आरोप लगाएको छ?
• “स्त्रीले सर्पलाई भनिन्: ‘हामी बगैँचाका सबै रूखका फल खान सक्छौँ। तर बगैँचाको बीचमा भएको रूखबारे भने परमेश्वरले यसो भन्नुभएको छ: “त्यसको फल खाँदै नखानू, त्यसलाई छुँदा पनि नछुनू नत्र तिमीहरू मर्नेछौ।”’ यो सुनेपछि सर्पले स्त्रीलाई भन्यो: ‘अहँ! तिमीहरू कदापि मर्नेछैनौ! किनकि परमेश्वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्। तिमीहरू परमेश्वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।’”—उत्प. ३:२-५.
• “सैतानले यहोवालाई जवाफ दियो: ‘छालाको सट्टा छाला। आफ्नो ज्यान जोगाउन मानिस जे गर्न पनि तयार हुन्छ।’”—अय्यु. २:४.
२३. सैतानले लगाएको आरोप झूटो हो भनी तपाईँ कसरी प्रमाणित गर्न सक्नुहुन्छ?
• “आफ्नो पूर्ण हृदयले . . . [परमेश्वरको] सेवा गर।”—१ इति. २८:९.
• “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्नेछैनँ।”—अय्यु. २७:५.
२४. मानिसहरू किन मर्छन्?
• “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।”—रोमी ५:१२.
२५. मरेकाहरूको अवस्था कस्तो हुन्छ?
• “जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन।”—उप. ९:५.
२६. मरिसकेकाहरूको लागि कस्तो आशा छ?
• “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्।”—प्रेषि. २४:१५.
२७. येसुसँगै शासन गर्न कति जना स्वर्ग जानेछन्?
• “हेर! मैले पाठोलाई सियोन डाँडामा उभिरहेको देखेँ। तिनीसित १ लाख ४४ हजार जना थिए, जसका निधारमा तिनको र तिनको बुबाको नाम लेखिएका थिए।”—प्रका. १४:१.
-
-
भाग २: ख्रिष्टियन जीवनयहोवाको इच्छाबमोजिम गर्न सङ्गठित
-
-
बप्तिस्मा गर्न चाहनेहरूका लागि प्रश्नहरू
भाग २: ख्रिष्टियन जीवन
यहोवा तपाईँबाट के चाहनुहुन्छ अनि कसरी उहाँको धार्मिक स्तरअनुरूप जीवन बिताउन सकिन्छ भनेर तपाईँले बाइबल अध्ययन गरेर सिक्नुभएको छ। आफूले सिकेअनुसारै तपाईँले आफ्नो आनीबानीमा र जीवनलाई हेर्ने दृष्टिकोणमा थुप्रै छाँटकाँट गर्नुभयो। अब तपाईँले यहोवाको धार्मिक स्तरअनुरूप जीवन बिताउने निर्णय गर्नुभएको छ। त्यसैले तपाईँ सुसमाचारको प्रचारक हुन योग्य हुनुहुन्छ।
तल दिइएका प्रश्नहरू छलफल गर्दा तपाईँले यहोवाका धार्मिक स्तरहरू मनमा ठप्प बसाल्न सक्नुहुनेछ। उहाँको अनुमोदन पाएको सेवक बन्न के-के गर्नुपर्छ भनेर पनि सम्झनुहुनेछ। हरेक काम सफा अन्तस्करणले र यहोवाको आदर हुने तरिकाले गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर पनि सिक्नुहुनेछ।—२ कोरि. १:१२; १ तिमो. १:१९; १ पत्रु. ३:१६, २१.
तपाईँले आफ्नो बाइबल अध्ययनमा यो हदसम्म उन्नति गर्नुभएको कुराबाट तपाईँ यहोवा परमेश्वरको शासनको अधीनमा बस्न र उहाँको सङ्गठनको भाग हुन उत्सुक हुनुहुन्छ भनेर स्पष्टै देखिन्छ। तपाईँले मण्डलीमा, परिवारमा अनि राजनैतिक मामिलाहरूको सन्दर्भमा यहोवाका प्रबन्धहरूको अधीनमा बस्नुको अर्थ कत्तिको राम्ररी बुझ्नुभएको छ भनेर जाँच्न तल दिइएका प्रश्नहरू र बाइबल पदहरूले तपाईँलाई मदत गर्नेछ। आफ्ना मानिसहरूलाई निर्देशन दिन र तिनीहरूको विश्वासलाई बलियो बनाउन यहोवा परमेश्वरले गर्नुभएका प्रबन्धहरूको तपाईँले पक्कै अझ धेरै मोल गर्न सक्नुहुनेछ। यी प्रबन्धहरूमा मण्डलीका सभाहरू पनि पर्छन्, जहाँ तपाईँ आफ्नो परिस्थितिले दिएसम्म उपस्थित हुनुहुनेछ र त्यसमा भाग पनि लिनुहुनेछ।
साथै नियमित रूपमा राज्य प्रचारकार्यमा भाग लिनु अर्थात् यहोवालाई चिन्न र उहाँले मानिसजातिको लागि के गर्नुभएको छ भनेर बुझ्न अरूलाई मदत गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर पनि यस भागबाट स्पष्ट हुनेछ। (मत्ति २४:१४; २८:१९, २०) अनि यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्नु र बप्तिस्मा गर्नु कत्तिको गम्भीर कुरा हो भनेर सम्झिन पनि यस भागले तपाईँलाई मदत गर्नेछ। यहोवाले देखाउनुभएको असीम अनुग्रहलाई तपाईँले मनैदेखि स्विकार्नुभएको छ। यहोवा त्यसको कदर गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्।
१. वैवाहिक सम्बन्धबारे ख्रिष्टियन स्तर के हो? सम्बन्धविच्छेद गर्न सकिने एउटै मात्र धर्मशास्त्रीय आधार के हो?
• “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो र भन्नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ र ती दुई एउटै शरीर हुन्छन्’? त्यसैले अब तिनीहरू दुई होइनन् तर एउटै शरीर हुन्। त्यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्। . . . जसले अवैध यौनसम्बन्धबाहेक अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।”—मत्ति १९:४-६, ९.
२. पतिपत्नीको रूपमा सँगै बसिरहेकाहरूले किन कानुनी रूपमा विवाह गर्नुपर्छ? विवाहित हुनुहुन्छ भने के तपाईंले विवाह दर्ता गरिसक्नुभयो?
• “तिनीहरूलाई यो कुरा सम्झाइरहनू कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून् अनि तिनीहरूप्रति आज्ञाकारी होऊन्।”—ति. ३:१.
• “विवाहलाई सबैले आदरणीय ठानून्, वैवाहिक सम्बन्ध नबिटुलिओस्। किनकि अवैध यौनसम्बन्ध राख्ने अनि व्यभिचार गर्ने मानिसहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ।”—हिब्रू १३:४.
३. परिवारमा तपाईँको भूमिका के हो?
• “हे मेरो छोरा, आफ्नो बुबाको अर्ती सुन र आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर।”—हितो. १:८.
• “पत्नीको शिर पति हो, जसरी ख्रिष्ट . . . मण्डलीको शिर . . . हुनुहुन्छ। . . . हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो, जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो।”—एफि. ५:२३, २५.
• “हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्याओ बरु यहोवा परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।”—एफि. ६:४.
• “हे छोराछोरी हो, सबै कुरामा आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ।”—कल. ३:२०.
• “हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस।”—१ पत्रु. ३:१.
४. हामीले किन जीवनप्रति आदर देखाउनुपर्छ?
• “[परमेश्वरले] नै सबै मानिसलाई जीवन, सास अनि सबै थोक दिनुहुन्छ। . . . उहाँले गर्दा नै हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ।”—प्रेषि. १७:२५, २८.
५. हामीले किन गर्भमा रहेको बच्चालगायत कसैको हत्या गर्नु हुँदैन?
• “मानिसहरू आपसमा झगडा गर्दा गर्भवती स्त्रीलाई चोट लाग्यो र . . . आमा र बच्चामध्ये कसैको ज्यान गयो भने ज्यानको साटो ज्यान।”—प्रस्थ. २१:२२, २३.
• “म मेरी आमाको गर्भमा छँदै तपाईँका आँखाहरूले मलाई देखेका थिए; मेरा अङ्गहरू बन्नुअघि नै ती कहिले बन्ने हुन् भनेर तपाईँको पुस्तकमा लेखिएका थिए।”—भज. १३९:१६.
• “यहोवा घृणा गर्नुहुन्छ . . . निर्दोष मानिसको रगत बगाउने हात।”—हितो. ६:१६, १७.
६. परमेश्वरले रगतसम्बन्धी कस्तो आज्ञा दिनुभएको छ?
• “रगत, गला अँठ्याएर मारिएको जनावरको मासु[बाट] . . . सधैँ अलग रहनुहोस्।”—प्रेषि. १५:२९.
७. हामीले किन आफ्ना ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नुपर्छ?
• “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।”—युह. १३:३४, ३५.
८. सरुवा रोग वा प्राणघातक रोग अरूलाई नसार्न (क) त्यस्तो रोग लागेको व्यक्तिले किन अरूलाई माया देखाउँदै अँगालो हाल्नु वा चुम्बन गर्नु हुँदैन? (ख) कसैले तिनलाई घरमा नबोलाउँदा किन रिसाउनु हुँदैन? (ग) आफूलाई सरुवा रोग लागेको शङ्का लागेमा डेटिङ गर्नुअघि किन रक्त परीक्षण गराउनुपर्छ? (घ) सरुवा रोग लागेको व्यक्तिले बप्तिस्मा गर्नुअघि एल्डरहरूको निकायको संयोजकलाई किन आफ्नो रोगबारे बताउनुपर्छ?
• “आपसमा प्रेम गर्नुबाहेक तिमीहरू अरू कुनै कुरामा कसैको ऋणी नहोओ . . . ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ प्रेमले छिमेकीको कुभलो हुने काम गर्दैन।”—रोमी १३:८-१०.
• “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलि. २:४.
९. यहोवा किन हामीले अरूलाई क्षमा दिएको चाहनुहुन्छ?
• “यदि कसैको विरुद्धमा केही गुनासो छ भने पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवा परमेश्वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।”—कल. ३:१३.
१०. यदि कोही भाइले तपाईँको निन्दा गर्छ वा तपाईँलाई जालसाजी गर्छ भने तपाईँले के गर्नुपर्छ?
• “यदि तिम्रो भाइले पाप गऱ्यो भने जाऊ अनि तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ। उसले तिम्रो कुरा सुन्यो भने तिमीले आफ्नो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ। तर उसले सुनेन भने आफूसित अरू एक वा दुई जनालाई लिएर जाऊ ताकि दुई वा तीन जना साक्षीको बयानको आधारमा मात्र हरेक मामिलाको फैसला सुनाइयोस्। यदि उसले तिनीहरूको कुरा सुनेन भने मण्डलीलाई भन। अनि यदि उसले मण्डलीको कुरासमेत सुनेन भने ऊ तिम्रो लागि अन्यजाति वा कर उठाउने मानिससरह होस्।”—मत्ति १८:१५-१७.
११. निम्न पापहरूलाई यहोवा कुन दृष्टिकोणले हेर्नुहुन्छ?
▪ अवैध यौनसम्बन्ध राख्नु
▪ उपासनामा मूर्तिको प्रयोग गर्नु
▪ समलिङ्गी सम्बन्ध राख्नु
▪ चोर्नु
▪ जुवातास खेल्नु
▪ पियक्कड हुनु
• “नबहकिओ। अवैध यौनसम्बन्ध राख्नेहरू, मूर्तिपूजकहरू, व्यभिचार गर्नेहरू, समलिङ्गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू, समलिङ्गी यौनसम्बन्ध राख्ने पुरुषहरू, चोरहरू, लोभीहरू, पियक्कडहरू, गालीगलौज गर्नेहरू र लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन्।”—१ कोरि. ६:९, १०.
१२. अवैध यौनसम्बन्ध, जसमा विवाहित जोडीबाहेक अरूसित गरिने विभिन्न किसिमका यौन क्रियाकलापहरू समावेश छन्, त्यस सन्दर्भमा तपाईँले कस्तो अडान लिनुभएको छ?
• “अवैध यौनसम्बन्धदेखि भाग!”—१ कोरि. ६:१८.
१३. उपचारको सिलसिलामा बाहेक अरू तरिकामा लत लाग्ने नशालु पदार्थ वा दिमागलाई असर गर्ने कुनै पदार्थ किन प्रयोग गर्नु हुँदैन?
• “आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर। यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाउन सक्नेछौ। अनि तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड बरु आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्। तब तिमीहरूले परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।”—रोमी १२:१, २.
१४. परमेश्वरले निषेध गर्नुभएको प्रेतविद्यासित सम्बन्धित केही गतिविधि के-के हुन्?
• “तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्: . . . जोखना हेर्ने, जादु गर्ने, शकुन-अपशकुन बताउने, तन्त्रमन्त्र गर्ने, टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्तिसित वा भावी बताउने व्यक्तिसित सल्लाह लिने अथवा मसान जगाउने।”—व्यव. १८:१०, ११.
१५. गम्भीर पाप गरेको व्यक्तिले फेरि परमेश्वरको अनुमोदन पाउन चाहन्छन् भने तिनले तुरुन्तै कस्तो कदम चाल्नुपर्छ?
• “मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ; मैले आफ्नो गल्ती लुकाइनँ। मैले भनेँ: ‘म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।’”—भज. ३२:५.
• “के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाओस् अनि तिनीहरूले उसको लागि प्रार्थना गरिदेऊन् र यहोवा परमेश्वरको नाममा तेल घसिदेऊन्। अनि विश्वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ र यहोवा परमेश्वरले उसलाई उठाउनुहुनेछ। उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ।”—याकु. ५:१४, १५.
१६. सङ्गी ख्रिष्टियनले गम्भीर पाप गरेको थाह पाउनुभयो भने तपाईँले के गर्नुपर्छ?
• “यदि कोही व्यक्ति कुनै घटनाको प्रत्यक्षदर्शी हो वा उसले त्यस घटनासम्बन्धी कुनै कुरा देख्यो वा सुन्यो भने ऊ त्यस घटनाको साक्षी हुन्छ। त्यसबारे जनसमक्ष बताउन बोलाइँदा उसले केही बोलेन भने त्यो पाप हो; उसले आफ्नो पापको सजाय भोग्नेछ।”—लेवी ५:१.
१७. कुनै व्यक्ति अबदेखि यहोवाको साक्षी होइनन् भनेर घोषणा गरियो भने तिनीसित हामीले कस्तो व्यवहार गर्नुपर्छ?
• “त्यस्ता मानिसहरूसित सङ्गत गर्न छोड्नू . . . , जसले भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध राख्छ वा जो लोभी वा मूर्तिपूजक हो वा जसले गालीगलौज गर्छ वा जो पियक्कड वा लुटाहा हो। त्यस्तो मानिससित त खाँदै नखाओ।”—१ कोरि. ५:११.
• “यदि कोही तिमीहरूकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र पस्न नदेओ वा त्यसलाई अभिवादन पनि नगर।”—२ युह. १०.
१८. तपाईँले किन यहोवालाई प्रेम गर्नेहरूलाई मात्र घनिष्ठ साथी बनाउनुपर्छ?
• “बुद्धिमान्सित हिँड्ने मानिस बुद्धिमान् हुन्छ तर मूर्खसित सङ्गत गर्ने मानिसले दुःख भोग्छ।”—हितो. १३:२०.
• “नबहकिओ। नराम्रो सङ्गतले राम्रो आनीबानीलाई बिगार्छ।”—१ कोरि. १५:३३.
१९. राजनैतिक मामिलामा यहोवाका साक्षीहरू किन तटस्थ रहन्छन्?
• “तिनीहरू यस संसारका होइनन्, जस्तो म [येसु] पनि यस संसारको होइन।”—युह. १७:१६.
२०. तपाईँ किन सरकारको अधीनमा बस्नुपर्छ?
• “हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस् किनकि परमेश्वरको अनुमतिविना कुनै अख्तियार चल्दैन। अनि जो-जो अख्तियारमा छन्, तिनीहरूलाई परमेश्वरले आफ्नो अधीनमा विभिन्न ओहदामा राख्नुभएको हो।”—रोमी १३:१.
२१. परमेश्वरले हामीबाट चाहनुहुने कुरा र मानव सरकारको नियमकानुन बाझिएमा तपाईँ के गर्नुहुन्छ?
• “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ।”—प्रेषि. ५:२९.
२२. जागिर छान्ने सन्दर्भमा तपाईँलाई कस्ता बाइबल पदहरूले संसारबाट अलग रहन मदत गर्न सक्छ?
• “एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्।”—मिका ४:३.
• “हे मेरा मानिस हो, यदि तिमीहरू . . . [महान् बेबिलोनका] पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।”—प्रका. १८:४.
२३. तपाईँ कस्तो किसिमको मनोरञ्जन छान्नुहुनेछ र कस्तो किसिमको मनोरञ्जनलाई तिरस्कार गर्नुहुनेछ?
• “यहोवा . . . हत्याहिंसा मन पराउनेलाई . . . घृणा गर्नुहुन्छ।”—भज. ११:५.
• “जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर; जे कुरा असल छ, त्यससित टाँसिरहो।”—रोमी १२:९.
• “जुन कुराहरू सत्य छन्, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्, जुन कुराहरू असल छन्, जुन कुराहरू चोखा छन्, जुन कुराहरू प्रेम गर्न योग्य छन्, जुन कुराहरूले राम्रो नाम कमाएका छन्, जुन कुराहरूमा सद्गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्, ती नै कुराहरूको विचार गरिरहो।”—फिलि. ४:८.
२४. यहोवाका साक्षीहरू किन अरू धार्मिक समूहसित मिलेर उपासना गर्दैनन्?
• “तिमीहरूले ‘यहोवाको टेबुल’-बाट खाने अनि प्रेतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ।”—१ कोरि. १०:२१.
• “यहोवा परमेश्वर भन्नुहुन्छ: ‘. . . आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड र म तिमीहरूलाई ग्रहण गर्नेछु।’”—२ कोरि. ६:१७.
२५. कुनै चाडपर्व वा उत्सवमा भाग लिने कि नलिने भनेर निर्णय गर्न तपाईँलाई कस्ता सिद्धान्तहरूले मदत गर्नेछ?
• “तिनीहरू ती जातिहरूसित घुलमिल भए र तिनीहरूकै तौरतरिका अपनाए। तिनीहरूले उनीहरूका मूर्तिहरू पुजिरहे र त्यो नै तिनीहरूको लागि पासो बन्यो।”—भज. १०६:३५, ३६.
• “मरेकाहरूलाई . . . केही पनि थाह हुँदैन।”—उप. ९:५.
• “तिनीहरू यस संसारका होइनन्, जस्तो म पनि यस संसारको होइन।”—युह. १७:१६.
• “निर्लज्ज आचरण, अनियन्त्रित कामवासना, अचाक्ली मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ।”—१ पत्रु. ४:३.
२६. जन्मदिनबारे बाइबलमा दिइएका उदाहरणहरूले तपाईँलाई जन्मदिन मनाउने कि नमनाउने भनेर निर्णय गर्न कसरी मदत गर्छ?
• “त्यसको तीन दिनपछि फारोको जन्मदिन थियो। त्यतिखेर तिनले एउटा ठूलो भोज लगाए र आफ्ना सबै सेवकलाई निम्तो दिए। फारोले मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्सेलाई ती सबै सेवकसामु उभ्याए। फारोले मद्य टक्य्राउने मुख्य सेवकलाई पहिलाकै काममा नियुक्त गरे . . .। तर मुख्य भान्सेलाई भने फारोले झुन्ड्याइदिए।”—उत्प. ४०:२०-२२.
• “हेरोदको जन्मदिनको बेला हेरोदियासकी छोरीले पाहुनाहरूको अगाडि नाचेर हेरोदलाई यत्ति प्रसन्न बनाइन् कि तिनले जे मागे पनि दिने प्रतिज्ञा गर्दै हेरोदले कसम खाए। तब आफ्नी आमाले सिकाएअनुसार तिनले भनिन्: ‘बप्तिस्मा गराउने युहन्नाको टाउको किस्तीमा राखेर मलाई दिनुहोस्।’ उनले मानिसहरू पठाएर झ्यालखानामा युहन्नाको टाउको काट्न लगाए।”—मत्ति १४:६-८, १०.
२७. तपाईँ किन एल्डरहरूको डोऱ्याइअनुसार चल्न चाहनुहुन्छ?
• “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्, तिनीहरूप्रति आज्ञाकारी होओ र तिनीहरूको अधीनमा बस किनकि परमेश्वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्। तिनीहरूले यो काम खुसीसाथ गरून्, सुस्केरा हाल्दै होइन नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।”—हिब्रू १३:१७.
२८. तपाईँ अनि तपाईँको परिवारले नियमित रूपमा बाइबल पढ्न र अध्ययन गर्न समय छुट्ट्याउनु किन महत्त्वपूर्ण छ?
• “यहोवाको व्यवस्थामा ऊ प्रसन्न रहन्छ र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्छ। ऊ खोलाको छेउमा रोपेको रूखजस्तै हुनेछ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन। उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।”—भज. १:२, ३.
२९. तपाईँलाई किन सभाहरूमा उपस्थित हुन र भाग लिन मन पर्छ?
• “म तपाईँको नाम मेरा दाजुभाइलाई बताउनेछु; समुदायमा म तपाईँको स्तुतिगान गाउनेछु।”—भज. २२:२२.
• “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ, कसै-कसैलाई एकसाथ भेला हुन छोड्ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ बरु एकअर्कालाई प्रोत्साहन दिइरहौँ अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन् बढी त्यसो गरिरहौँ।”—हिब्रू १०:२४, २५.
३०. येसुले हामीलाई सुम्पिनुभएको सबैभन्दा महत्त्वपूर्ण काम के हो?
• “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; . . . बप्तिस्मा गराओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।”—मत्ति २८:१९, २०.
३१. हामीले कस्तो मनोभावले राज्य गतिविधिको लागि अनुदान दिँदा वा हाम्रा दाजुभाइ दिदीबहिनीलाई मदत गर्दा यहोवा खुसी हुनुहुन्छ?
• “आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर।”—हितो. ३:९.
• “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।”—२ कोरि. ९:७.
३२. ख्रिष्टियनहरूलाई आफूमाथि कस्ता कठिनाइहरू आइपर्न सक्छन् भनेर थाह छ?
• “आनन्दित हुन् ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन् किनकि स्वर्गको राज्य तिनीहरूकै हो। आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्, खेदो गर्छन् र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा भन्छन्। तब रमाओ र खुसीयाली मनाओ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ; तिमीहरूअघिका भविष्यवक्ताहरूको पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।”—मत्ति ५:१०-१२.
३३. यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न पाउनु किन विशेष सुअवसर हो?
• “मैले तपाईँको वचन पाएँ र . . . म रमाएँ र मेरो हृदय अति प्रसन्न भयो। किनकि हे सेनाहरूका परमेश्वर यहोवा, म तपाईँकै नामले चिनिएको छु।”—यर्मि. १५:१६.
-
-
बप्तिस्मा गर्न तयार भएका व्यक्तिसित गरिने अन्तिम छलफलयहोवाको इच्छाबमोजिम गर्न सङ्गठित
-
-
बप्तिस्मा गर्न चाहनेहरूका लागि प्रश्नहरू
बप्तिस्मा गर्न तयार भएका व्यक्तिसित गरिने अन्तिम छलफल
सामान्यतया यहोवाका साक्षीहरूको सम्मेलन तथा अधिवेशनहरूमा बप्तिस्मा गराइन्छ। बप्तिस्मा भाषणको अन्तमा वक्ताले बप्तिस्मा गर्न तयार भएकाहरूलाई उभिएर ठूलो आवाजमा यी दुई प्रश्नको जवाफ दिन आग्रह गर्नेछन्:
१. के तपाईँले पापको पश्चात्ताप गरेर आफ्नो जीवन यहोवालाई समर्पण गरिसक्नुभएको छ र उहाँले येसु ख्रिष्टमार्फत उद्धार गर्नुहुन्छ भनेर स्विकारिसक्नुभएको छ?
२. बप्तिस्मा गरिसकेपछि तपाईँ यहोवाको साक्षी भनेर चिनिनुहुनेछ र उहाँको सङ्गठनको भाग बन्नुहुनेछ भन्ने कुरा के तपाईँले बुझ्नुभएको छ?
यी दुई प्रश्नको सकारात्मक जवाफ दिएर बप्तिस्माको लागि तयार भएकाहरूले फिरौतीको बलिदानमा विश्वास गरेको र यहोवालाई आफ्नो जीवन पूर्णतया समर्पण गरेको कुरा “जनसमक्ष घोषणा” गर्छन्। (रोमी १०:९, १०) तिनीहरूले यी दुई प्रश्नबारे पहिल्यै प्रार्थनापूर्वक मनन गर्नु राम्रो हो। यसो गर्दा तिनीहरू आफ्नो विश्वासअनुसारै जवाफ दिन तयार हुनेछन्।
के तपाईँले प्रार्थनामा यहोवालाई आफ्नो जीवन समर्पण गरेर उहाँको मात्र उपासना गर्ने र उहाँको इच्छालाई आफ्नो जीवनमा प्रथम स्थान दिने वाचा गरिसक्नुभयो?
मौका पाउनासाथ बप्तिस्मा गर्नुपर्छ भन्ने कुरामा के तपाईँ पूर्णतया विश्वस्त हुनुहुन्छ?
बप्तिस्मा गर्दा कस्तो पहिरन लगाउनु उपयुक्त हुन्छ? (१ तिमो. २:९,१०; युह. १५:१९; फिलि. १:१०)
हामीले “शालीनतासाथ र सुझबुझ चलाउँदै” भद्र पहिरन लगाउनुपर्छ। यसो गर्दा हामीले “परमेश्वरको भक्ति” गरेको कुरा झल्काउन सक्छौँ। त्यसैले बप्तिस्मा गर्नेहरूले अङ्ग प्रदर्शन हुने स्वीमिङ कस्ट्युम अथवा नारा वा विज्ञापन छापिएको लुगा लगाउनु हुँदैन। बप्तिस्मा गर्नेहरूले सफा, भद्र र अवसर सुहाउँदो पहिरन लगाउनुपर्छ।
बप्तिस्माको बेला बप्तिस्मा गर्ने व्यक्तिको आचरण कस्तो हुनुपर्छ? (लुका ३:२१, २२)
यस सन्दर्भमा येसुले ख्रिष्टियनहरूको लागि राम्रो उदाहरण बसाल्नुभयो। बप्तिस्मा भनेको एउटा गम्भीर निर्णय हो भनेर उहाँले बुझ्नुभएको थियो। यो कुरा उहाँले आफ्नो मनोवृत्ति र व्यवहारबाट देखाउनुभयो। त्यसकारण बप्तिस्मा गर्ने ठाउँमा अनुचित तरिकामा जिस्किनु, खेल्नु, पौडी खेल्नु अथवा बप्तिस्माको क्षणलाई अनादर गर्ने खालको आचरण देखाउनु हुँदैन। न त ठूलै जित हासिल गरेको जस्तो हाउभाउ नै देखाउनु हुन्छ। हो, बप्तिस्मा एउटा खुसीको क्षण हो। तर आफ्नो खुसीलाई मर्यादित ढङ्गमा व्यक्त गर्नुपर्छ।
मण्डलीमा नियमित रूपमा भेला हुँदा र दाजुभाइ दिदीबहिनीसित सङ्गत गर्दा तपाईँलाई आफ्नो समर्पणअनुसार जीवन बिताउन कसरी मदत पुग्छ?
बप्तिस्मा गरेपछि पनि तपाईँले व्यक्तिगत अध्ययन गर्ने र नियमित रूपमा प्रचार जाने बानी बसाल्नु किन महत्त्वपूर्ण छ?
-