प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ११/१ पृ. १५
  • “मैले बिर्सनै नसकेको दिन”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मैले बिर्सनै नसकेको दिन”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—टर्की
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • एकचित्तको भएर यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • लिडिया परमेश्‍वरको आतिथेय उपासक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • युवावस्थादेखि नै सृष्टिकर्ताको सम्झना गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ११/१ पृ. १५

“मैले बिर्सनै नसकेको दिन”

“निराशा, जवानहरूमा धेरै देखिने र उनीहरूको एउटा प्रमुख मानसिक स्वास्थ्य समस्या हो” भनी अस्ट्रेलियाको बियोन्डब्लु भन्‍ने एउटा सरकारी संस्था रिपोर्ट गर्छ। अध्ययनहरूले देखाएअनुसार प्रत्येक वर्ष लगभग एक लाख जवानहरूलाई निराशासम्बन्धी रोगले सताउँछ।

जवान मसीहीहरूलाई पनि निराशाले नसताउने भने होइन। तर परमेश्‍वर यहोवामा विश्‍वास भएको कारण धेरै जवानहरूले नकारात्मक सोचाइ हटाएका छन्‌ र आफ्नो युवा अवस्थालाई सफल बनाएका छन्‌। यसो गरेर उनीहरूले अरूमा पनि राम्रो प्रभाव पारेका छन्‌। कसरी?

अठार वर्षीया क्लारको उदाहरणलाई विचार गरौं। क्लार र उनकी आमा यहोवाका साक्षी हुन्‌। उनीहरू मेलवर्नमा सभाहरू धाउने गर्छन्‌। आफ्नो बुबाले परिवारलाई छोडेर हिंडेपछि क्लार एकदमै निराश भइन्‌। तर पनि स्वर्गमा बस्नुहुने मायालु बुबा यहोवा परमेश्‍वरप्रतिको उनको विश्‍वास ढलपल भएन। क्लारको परिवारलाई नियमित जाँच गर्ने डाक्टर लिडिया एक दिन क्लारकी आमा बिरामी भएकीले उनलाई जाँच्न आइन्‌। फर्कने बेलामा डाक्टरले क्लारलाई बजारसम्म पुऱ्‍याइदिन्छु भनिन्‌। बजार जाँदै गर्दा डाक्टरले क्लारलाई सोधिन्‌, ‘तिम्रो कुनै केटा साथी छ कि?’ क्लारले भनिन्‌, ‘म यहोवाको साक्षी हुँ। रमाइलोको लागि मात्र म केटाहरूसँग घुम्दिनँ।’ डाक्टर लिडिया छक्क परिन्‌। त्यसपछि आफ्नो जीवनमा बुद्धिमानी निर्णयहरू गर्न बाइबलले कसरी मदत गऱ्‍यो भनेर क्लारले डाक्टरलाई बताइन्‌। अनि क्लारले भनिन्‌, ‘मलाई मदत गरेको बाइबल-आधारित किताब म तपाईंलाई पनि ल्याइदिन्छु है!’ त्यो किताब थियो—युवाजनहरूका प्रश्‍न र त्यसका उपयोगी जवाफ।

किताब पाएको तीन दिनपछि डाक्टर लिडियाले क्लारकी आमालाई फोन गरेर त्यो किताब त मलाई एकदमै मनपऱ्‍यो भनिन्‌। फोनमै डाक्टरले क्लारकी आमालाई भनिन्‌, ‘मसँगै काम गर्ने साथीहरूलाई पनि यो किताब दिन चाहन्छु, अझै छवटा ल्याइदिनुस्‌ न।’ किताबहरू पुऱ्‍याउन जाँदा ती डाक्टरले क्लारलाई भनिन्‌, ‘तिम्रो विश्‍वासबाट म एकदमै प्रभावित भएकी छु।’ क्लारले डाक्टर लिडियालाई बाइबल अध्ययनको प्रस्ताव राखिन्‌। डाक्टर लिडिया पनि बाइबल अध्ययन गर्न राजी भइन्‌।

डाक्टरको खाना खाने छुट्टी भएको बेला क्लारले केही महिनासम्म ती डाक्टरसित बाइबल अध्ययन गरिन्‌। त्यसपछि डाक्टर लिडियाले क्लारलाई सोधिन्‌, ‘जवानहरूमा देखिने निराशा विषयको सेमिनारमा तिमी पनि भाग लिन्छ्यौ कि?’ क्लारलाई अलि-अलि डर लागेको थियो। तर पनि उनले सेमिनारमा भाग लिइन्‌। त्यस सेमिनारमा ६० जना भन्दा धेरै मानिस उपस्थित थिए। मानसिक स्वास्थ्यसम्बन्धी चार जना पेशेवर चिकित्सकहरूले त्यस सेमिनारमा भाषण दिए। त्यसपछि क्लारको बोल्ने पालो आयो। जवानहरूले परमेश्‍वरसँग राम्रो सम्बन्ध राख्नु कत्तिको महत्वपूर्ण छ भनेर क्लारले जोडदार ढङ्‌गमा बताइन्‌। यहोवाले जवानहरूलाई एकदमै ध्यान दिनुहुन्छ र मदत अनि सान्त्वनाको लागि उहाँलाई पुकार्नेहरूलाई मदत गर्न यहोवा सधैं तयार हुनुहुन्छ भनेर पनि क्लारले बताइन्‌। चाहे शारीरिक होस्‌ या मानसिक, सबै प्रकारका रोगहरू यहोवाले छिट्टै हटाउनुहुनेछ भन्‍ने कुरामा म विश्‍वस्त छु भनेर क्लारले आफ्नो विश्‍वासबारे पनि बताइन्‌। (यशैया ३३:२४) यस्तो राम्रो साक्षीको नतिजा कस्तो भयो?

क्लार भन्छिन्‌, “त्यो सेमिनार सकिएपछि धेरै जना मलाई भेट्‌न आए। तिमीजस्तो जवानले परमेश्‍वरको बारेमा बताएको सुन्दा हामी त छक्क पऱ्‍यौं भनेर उनीहरूले बताए। त्यस सेमिनारमा मैले युवाजनका प्रश्‍न भन्‍ने किताब २३ वटा दिन सकें। श्रोताहरूमध्ये तीन जना केटीहरूले मलाई उनीहरूको फोन नम्बर दिए। एउटी त अहिले बाइबल अध्ययन गर्दैछिन्‌। त्यही हो, मैले बिर्सनै नसकेको दिन।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने