प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ४/१५ पृ. ८-९
  • म्यासिडोनियाको आवश्‍यकता पूरा गर्दै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म्यासिडोनियाको आवश्‍यकता पूरा गर्दै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ४/१५ पृ. ८-९

म्यासिडोनियाको आवश्‍यकता पूरा गर्दै

“म्यासिडोनियामा आएर हामीलाई मदत गर्नुहोस्‌।” (प्रेरित १६:९) प्रेरित पावलको दर्शनमा देखापरेका यी मानिसका शब्दहरूले एउटा नयाँ इलाका अर्थात्‌ हाल ग्रीसमा भएका सहरहरूमा परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्ने आवश्‍यकता देखायो। आज नि?

अहिलेको म्यासिडोनिया देशमा १,८४० जनाको लागि जम्मा १ जनाको दरमा यहोवाका साक्षीहरू छन्‌। धेरैजसो मानिसहरूले यहोवा परमेश्‍वरबारे कहिल्यै सुनेका छैनन्‌। हो, यस राष्ट्रका मानिसहरूले शान्तिको सन्देश सुन्‍नु टड्‌कारो आवश्‍यकता छ।—मत्ती २४:१४.

उक्‍त आवश्‍यकता पूरा गर्न मदतको लागि परमेश्‍वरले ढोका खोलिदिनुएको छ। एक दिन नोभेम्बर २००३ मा स्कोप्यास्थित म्यासिडोनियाको लागि यहोवाका साक्षीहरूको कार्यालयमा एउटा अप्रत्याशित टेलिफोन आयो। यो टेलिफोन म्यासिडोनियन सेन्टर फर इन्टरनेशनल कोअपरेसन अर्थात्‌ अन्तरराष्ट्रिय सहयोगको लागि म्यासिडोनियाली केन्द्रबाट आएको थियो र नोभेम्बर २० देखि सुरु हुने तीन दिने प्रदर्शनीमा यहोवाका साक्षीहरूलाई तिनीहरूको विश्‍वास बताउन एउटा स्टल राख्न आमन्त्रण गरिएको थियो। परमेश्‍वरको राज्यको सुसमाचार कहिल्यै नसुनेका हजारौं मानिसहरूलाई सुनाउने कस्तो ठूलो सुअवसर!

यहोवाका साक्षीहरूको म्यासिडोनियाली भाषामा रहेका विविध प्रकाशनहरू तयारी गर्न अनि प्रदर्शन गर्ने प्रबन्ध मिलाउन स्वयंसेवकहरूले खूबै मेहेनत गरे। आगन्तुकहरूले चाहेमा लिन सकिने गरी साहित्यका नमुनाहरू देखिने गरी मिलाएर राखिएको थियो। उक्‍त प्रदर्शनीले धेरैलाई स्फूर्तिदायी आध्यात्मिक पानी सित्तैंमा लिने सुअवसर दियो।—प्रकाश २२:१७.

आगन्तुकहरूले विशेष गरी तिनीहरूको जीवनलाई असर गर्ने विषयवस्तु भएका युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ र पारिवारिक आनन्दको रहस्य * जस्ता प्रकाशनहरू लिन चाहन्थे। यहोवाका साक्षीहरूलाई आफूकहाँ निम्त्याउँदै ९८ जनाले आ-आफ्ना ठेगाना दिए। यहोवाका साक्षीहरूले असल काम र तिनीहरूका साहित्यहरूको गुणस्तरबारे धेरैले राम्रा टिप्पणीहरू गरे।

आफ्नो सानो छोरालाई डोऱ्‍याउँदै एक जना मानिस बुथमा आए। बुबाले बच्चाहरूको लागि कुनै साहित्य छ कि भनेर सोधे। साक्षीहरूले उनलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक * भन्‍ने प्रकाशन देखाए। उनले किताब सर्रर पल्टाए र उत्साहित हुँदै मूल्य सोधे। यहोवाका साक्षीहरूको शैक्षिक कार्य पूर्णतः स्वैच्छिक अनुदानद्वारा व्यहोरिन्छ भन्‍ने सुनेर उनी अझ धेरै उत्साहित भए। (मत्ती १०:८) उनले छोरालाई त्यो किताब देखाए र भने: “हेर त कत्ति राम्रो किताब! अब ड्याडीले तिमीलाई हरेक दिन एउटा कथा पढेर सुनाउँनेछ!”

दर्शनशास्त्रका एक जना प्राध्यापक पनि बुथमा आए। उनलाई जुनसुकै धर्ममा पनि चासो थियो, यहोवाका साक्षीहरूको विश्‍वासबारे त झन्‌ धेरै चासो थियो। म्यानकाइन्डस्‌ सर्च फर गड * किताब सर्रर हेरिसकेपछि प्राध्यापकले भने: “कस्तो तार्किक शैलीमा लेखिएको रहेछ! वास्तवमा हुनुपर्ने शैली यस्तै हो!” पछि बुथमा केही विद्यार्थीहरू पनि आए र तिनीहरूले पनि प्राध्यापकले लगेको पुस्तकको एक-एक प्रति मागे। तिनीहरू पनि त्यही किताब पढ्‌न चाहन्थे। तिनीहरूलाई लाग्यो, कतै शिक्षकले त्यसका विषयवस्तु पाठमा समावेश गर्ने हुन्‌ कि।

उक्‍त प्रदर्शनले कसै-कसैलाई जीवनमै पहिलो पल्ट धर्मशास्त्रीय सत्यसित परिचित गरायो। आफ्नो लागि केही रोचक कुरा छ कि भनेर हेर्न बहिरा विद्यार्थीहरूको एउटा झुण्ड पनि आयो। एउटी केटीको मदत लिएर एक जना साक्षीले तिनीहरूसित छोटो कुराकानी गरे जसले साक्षीको कुरालाई सांकेतिक भाषामा उल्था गरिदिइन्‌। आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुषa पुस्तकका चित्रहरू चलाएर येशूले बहिराहरू लगायत बिरामीहरूलाई निको पारेको उनले बताए। आज हाम्रो समयमा बाँचेकाहरूलाई येशूले चाँडै यसरी नै निको पार्नुहुनेछ भन्‍ने बाइबलको प्रतिज्ञा “सुनेर” बहिराहरू खुसी भए। तिनीहरूमध्ये धेरैले खुसीसाथ बाइबल आधारित साहित्यहरू स्वीकारे अनि साङ्‌केतिक भाषा जान्‍ने साक्षीद्वारा तिनीहरूलाई साक्षी दिने प्रबन्ध मिलाइयो।

म्यासिडोनियाली भाषाको अलावा साहित्यहरू अल्बेनियाली, अङ्‌ग्रेजी र टर्की भाषामा पनि उपलब्ध थियो। म्यासिडोनियाली भाषा नजान्‍ने एक जना पुरुषले अङ्‌ग्रेजी भाषामा केही साहित्यहरू मागे। प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाका केही अंकहरू पाएपछि आफू टर्की भाषा बोल्ने कुरा उनले बताए। जब उनलाई उनकै भाषामा साहित्यहरू देखाइयो, उनले पत्याउनै सकेनन्‌! यहोवाका साक्षीहरू सबैलाई मदत गर्न चाहँदा रहेछन्‌ भन्‍ने कुरा उनले बुझे।

त्यस अवसरमा कत्ति उत्तम साक्षी दिइयो र त्यति धेरै मानिसहरूले बाइबल सत्यमा चासो दिनु कम प्रोत्साहनदायी कुरा थिएन! हो, म्यासिडोनियामा अझ धेरै मानिसहरूलाई राज्य सुसमाचार सुनाउन यहोवाले बाटो खोलिदिनुभयो।

[फुटनोट]

a सबै यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ ९-मा भएको पेटी/चित्रहरू]

नयाँ फड्‌को!

राज्यको सुसमाचार फैलाउने प्रयासले मे १७, २००३ मा नयाँ फड्‌को माऱ्‍यो। स्कोप्यामा यहोवाका साक्षीहरूको कार्यालय समर्पण गरियो। पुरानो भवनलाई चार गुणा ठुलो बनाउने निर्माण-कार्य दुई वर्षसम्म चल्यो।

प्रशासन र अनुवाद कार्यालयदेखि लिएर आवास, भान्छा र लुगा धुनको लागि लण्ड्रीसमेत गरेर तीन छुट्टाछुट्टै भवनहरू छन्‌। समर्पण भाषण दिन यहोवाका साक्षीहरूको परिचालक निकायका एक जना सदस्य गाइ पियर्स उपस्थित थिए। विभिन्‍न दस मुलुकहरूबाट आएका आगन्तुकहरू समर्पण कार्यक्रममा धाए। सुन्दर नयाँ भवन देख्न पाउँदा सबै मक्ख थिए।

[पृष्ठ ८, ९-मा भएको नक्सा]

(ढाँच मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

बुल्गेरिया

म्यासिडोनिया

स्कोप्या

अल्बेनिया

ग्रीस

[पृष्ठ ८-मा भएको चित्र]

स्कोप्या, म्यासिडोनिया

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने