प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ६/१५ पृ. २९
  • स्कूलमा यहोवाको प्रशंसा गर्दै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्कूलमा यहोवाको प्रशंसा गर्दै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • “बालकहरूका मुखबाट”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाको प्रशंसा गर्ने युवाहरूले आफ्नो जीवन समृद्ध बनाउँछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • शिक्षकहरूहामीलाई किन तिनीहरूको आवश्‍यकता छ?
    ब्यूँझनुहोस्‌!—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ६/१५ पृ. २९

स्कूलमा यहोवाको प्रशंसा गर्दै

संसारभरि यहोवाका जवान साक्षीहरूले आफ्नो बोली र आचरणद्वारा स्कूलमा परमेश्‍वरको प्रशंसा गर्ने बाटोहरू भेट्टाएका छन्‌। तिनीहरूको युवावस्थाको जोस चित्रण गर्ने केही अनुभवहरूमा ध्यान दिनुहोस्‌।

ग्रीसमा एक जवान साक्षीलाई पृथ्वीको वातावरण प्रदूषणबारे एउटा रिपोर्ट लेख्ने काम दिइयो। वाचटावर पब्लिकेशन इन्डेक्स हेरिसकेपछि तिनले ब्यूँझनुहोस्‌!-मा उपयोगी जानकारीहरू फेला पारिन्‌ र आफ्नो निबन्धको अन्तमा यसको स्रोत पनि खुलाइन्‌। तिनकी शिक्षिकाले तिनलाई भनिन्‌, अहिलेसम्म पढेकाहरूमध्ये अत्युत्तम निबन्ध। शिक्षिकाले पछि त्यो जानकारी एउटा गोष्ठीमा प्रयोग गरिन्‌, परिणाम राम्रो भयो। ती जवान बहिनीले शिक्षिकालाई ब्यूँझनुहोस्‌!-का अरू अंकहरू दिने निर्णय गरिन्‌ र त्यसमा “शिक्षकहरू—तिनीहरू नभएका भए के हुन्थ्यो होला?” शीर्षकको शृङ्‌खलाबद्ध लेख पनि थियो। पछि शिक्षिकाले कक्षामा ब्यूँझनुहोस्‌! पत्रिकाको प्रशंसा गरिन्‌ अनि अरू विद्यार्थीहरूले पनि केही प्रतिहरू मागे। विद्यार्थीहरूले अरू अंकहरू पढ्‌न सकून्‌ भनेर बहिनीले अझै अरू पत्रिकाहरू पनि स्कूलमा ल्याउनुपऱ्‍यो।

अफ्रिकाको बेनिनमा एक जना किशोरी मसीहीले एउटा अलि अनौठो खालको दबाबको सामना गरिन्‌। त्यहाँको चलनअनुसार आफ्ना बच्चाहरूको परीक्षाको तयारीको लागि धेरै विद्यार्थीका आमाबाबुहरू मिलेर गाह्रो विषयहरूमा ट्युसन पढाउने शिक्षकहरू राख्ने प्रबन्ध मिलाए। तर शिक्षकहरूले पढाउनको लागि शनिबार बिहान रोजे। ती जवान साक्षीले मानिनन्‌: “शनिबार बिहान सम्पूर्ण मण्डलीहरू सँगै भेला भएर प्रचार गर्ने बेला हो। यो मेरो लागि हप्ताकै सबैभन्दा खुसीको क्षण हो अनि म यसको ठाउँमा अरू कुनै कुरा राख्न चाहन्‍नँ!” उनको बुबा जो एक्लो बुबा हुनुका साथै साक्षी पनि हुन्‌, तिनी यो कुरामा सहमत भए अनि आमाबाबु र शिक्षकहरूको एउटा समूहलाई तालिका परिवर्तन गर्न अनुरोध गरे। तर कोही पनि मान्‍न तयार भएनन्‌। ती किशोरीले त्यो ट्युसन नै नलिने निर्णय गरिन्‌। बरु, उनले आफ्नो मण्डलीसित प्रचारकार्यमै भाग लिइन्‌। साक्षी दिन छोड र आफ्नो परमेश्‍वरलाई त्याग भन्दै उनका सहपाठीहरूले उनलाई होच्याए। साथीहरू उनी परीक्षामा फेल हुने कुरामा पक्का थिए। जब परीक्षाफल आयो, ट्युसन लिएका ती विद्यार्थीहरू फेल भए तर हाम्री किशोरी बहिनी भने पास भइन्‌। अब साथीहरूको लागि खिसी गर्ने बाटै रहेन। हाल विद्यार्थीहरू उनलाई यसो भन्‍ने गर्छन्‌, “तिमीले परमेश्‍वरको सेवा गर्न छोड्‌न हुँदैन।”

चेक गणतन्त्रकी एउटी १२ वर्षीया केटीले एउटा किताबको रिपोर्ट तयार पार्नु पर्थ्यो। तिनकी आमाले तिनलाई आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान्‌ पुरुष पुस्तकको रिपोर्ट तयार पार्ने सल्लाह दिइन्‌। तिनले यसरी आफ्नो रिपोर्ट सुरु गरिन्‌: “तपाईंलाई कस्तो लाग्छ? आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष को हुन सक्छ?” तिनले येशू, पृथ्वीमा उहाँको जीवन र उहाँका शिक्षाहरूबारे लेखिन्‌। त्यसपछि तिनले “क्षमा सम्बन्धी एउटा पाठ” शीर्षकको अध्याय छलफल गरिन्‌। तिनकी शिक्षिकाले यसो भनिन्‌: “तिम्रो आजसम्मको सबैभन्दा राम्रो रिपोर्ट! अनि कृतज्ञ हुँदै शिक्षिकाले उक्‍त किताबको एक प्रति स्वीकारिन्‌। केही विद्यार्थीहरू पनि त्यो किताब चाहन्थे। अर्को दिन १८ वटा किताब वितरण गर्न पाउँदा ती केटी मक्ख थिइन्‌।

स्कूलमा यहोवाको प्रशंसा गरेर यस्ता जवानहरूले धेरै आनन्द पाइरहेका छन्‌। हामी सबैले तिनीहरूको तरुनो जोसको अनुकरण गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने