प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १२/१५ पृ. ३
  • क्रिसमस र नयाँ वर्ष सोचेजस्तो होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्रिसमस र नयाँ वर्ष सोचेजस्तो होला?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • क्रिसमस किन मनाइन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • आधुनिक क्रिसमसको मूल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १२/१५ पृ. ३

क्रिसमस र नयाँ वर्ष सोचेजस्तो होला?

“सम्राट्‌ पिटरले सबै चर्चलाई जनवरी १ तारिखका दिन नयाँ वर्षको महान्‌ चाड धुमधामसँग मनाउने आदेश दिए। त्यति मात्र होइन, चाडपर्वमा प्रयोग गरिने सदाबहार रूखका हाँगाबिंगाले घरका ढोकाहरू सजाउने निर्देशन दिनुका साथै नयाँ वर्षको उपलक्ष्यमा मस्कोका तमाम बासिन्दाले एक-अर्कालाई ‘ठूलो स्वरमा शुभकामना आदानप्रदान गरेर खुसी प्रकट गर्ने’ हुकुम दिए।”—पिटर द ग्रेट—हिज्‌ लाइफ एण्ड वर्ल्ड।

संसारका थुप्रै ठाउँमा क्रिसमस र नयाँ वर्ष सँगसँगै मनाउने गरिन्छ। त्यसकारण चाडको यो समय अलि लामै हुनेगर्छ। भनिन्छ, चाडको मुख्य उद्देश्‍य धेरै पहिलादेखि मनाउँदै आएको ख्रीष्टको जन्मदिन क्रिसमस मनाउनु हो। यतिखेर आमाबाबु, छोराछोरी सबैको छुट्टी हुन्छ। त्यसैले परिवार हुनेहरूलाई यो समय सपरिवार मिलेर रमाइलो गर्ने उपयुक्‍त बेला हो जस्तो लाग्न सक्छ। केही मानिसहरू क्रिसमसको बेला ख्रीष्टको गुनगान गाउन रुचाउँछन्‌ किनभने क्रिसमस मनाउनुको मुख्य उद्देश्‍य नै यही हो जस्तो लाग्छ उनीहरूलाई। सायद तपाईंलाई पनि यस्तै लाग्दो हो।

चाहे ख्रीष्टको गुनगान गाउन होस्‌ वा सपरिवार मिलेर रमाइलो गर्न, विश्‍वका कैयौं परिवार बडो उत्सुकतासाथ क्रिसमस र नयाँ वर्ष पर्खने गर्छन्‌। यो साल नि? चाडले परिवारमा खुसी ल्याउला? के परमेश्‍वरले यस चाडलाई महत्त्व दिनुहोला? पारिवारिक जमघट भयो भने, के सबै कुरा तपाईंले सोचेजस्तै होला? कतै तपाईंलाई निराशाले पो छोप्ने हो कि?

क्रिसमस र नयाँ वर्ष ख्रीष्टको आदर हुने ढङ्‌गमा मनाइँदैन भन्‍ने गुनासो छ धार्मिक पक्षलाई महत्त्व दिनेहरूको। हो, यस चाडलाई उपहार लेनदेन गर्ने र ख्रीष्टको बदनाम गर्ने पार्टीहरू आयोजना गर्ने बहाना बनाइन्छ। त्यसो होइन भने पनि यो चाड सपरिवार एक ठाउँ भेला हुने बहाना त बन्छ नै। परिवारको कसैले अचाक्ली खाइदियो वा पिइदियो भने जमघट खल्लो हुन बेर लाग्दैन। अझ कहिलेकाहीं त चर्को भनाभनपछि हात हालाहालसमेत हुन्छ। सायद तपाईंले पनि यो कुरा याद गर्नुभएको वा भोग्नुभएकै होला।

यसो हो भने त सुरुमा चर्चा गरिएको रूसी सम्राट्‌ पिटरको पालादेखि अहिलेसम्म खासै परिवर्तन भएको छैन रहेछ जस्तो तपाईंलाई लाग्न सक्छ। अहिलेको यस लहडबाट आजित भएका धेरैजना यो चाड ख्रीष्टबारे मनन गर्ने र रमाइलो वातावरणमा परिवारसित समय बिताउने क्षण भइदिए कत्ति राम्रो हुने थियो भन्छन्‌। “येशूको सम्झना, यस चाडको कामना” भन्‍ने नाराका साथ कतिपय मानिसहरू त यस लहडमा परिवर्तन ल्याउन कस्सेर लागिपरेका पनि छन्‌। तर के उनीहरू आफ्नो उद्देश्‍यमा सफल होलान्‌? सफल भइहाले पनि के त्यसले साँच्चै ख्रीष्टको सम्मान गर्ला? यस चाडलाई अर्कै कोणबाट हेर्नुपर्ने के-कस्ता कारणहरू छन्‌?

यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफको लागि आउनुहोस्‌, एउटा देशका मानिसहरूको दृष्टिकोणबाट यस कुरालाई विचार गरौं जुन देशका मानिसहरू क्रिसमस र नयाँ वर्षलाई विशेष महत्त्व दिने गर्थे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने