के न्यायाधीशलाई सच्याउन सकिन्छ?
क्रो एसियामा बस्ने स्लादयाना यहोवाका साक्षी हुन्। सम्पत्तिसम्बन्धी एउटा मुद्दामा उनी एकपटक अदालत जानुपर्ने भयो। न्यायाधीशसामु उनी ठीक समयमा पुगिन्। तर विपक्षी भने अझै आइपुगेका थिएनन्। त्यसैकारण, सबैले पर्खिरहेको बेला, मौका छोपेर स्लादयानाले न्यायाधीशलाई साक्षी दिने विचार गरिन् र न्यायाधीशसँग कुरा गर्न साहस बटुलिन्।
“सर, अब छिट्टै यस संसारमा न्यायाधीश पनि हुनेछैनन् र अदालत पनि हुनेछैन भनेर के तपाईंलाई थाह छ?” स्लादयानाले सोधिन्।
छक्क परेर न्यायाधीशले स्लादयानालाई पुलुक्क हेरे तर जवाफ भने दिएनन्। ठीक त्यहीबेला अदालती काम अघि बढ्यो। जब काम सकियो, स्लादयाना कागजमा सही गर्न उठिन्। त्यहीबेला न्यायाधीशले यसो तन्केर स्लादयानालाई खुसुक्क सोधे: “छिट्टै यस संसारमा न्यायाधीश पनि हुनेछैनन् र अदालत पनि हुनेछैन भनेर मलाई भर्खरै भन्नुभएको कुरामा तपाईं पक्का हुनुहुन्छ?”
“हो सर, त्यस्तो समय आउँछ भनेर म एकदमै विश्वस्त छु!” स्लादयानाले भनिन्।
“त्यसोभए तपाईंसँग के प्रमाण छ?” न्यायाधीशले सोधे।
“यसको प्रमाण बाइबलमा छ सर,” स्लादयानाले जवाफ दिइन्।
त्यस्तो प्रमाण हेर्न चाहेको तर आफूसित बाइबल भने नभएको कुरा न्यायाधीशले बताए। त्यसकारण, स्लादयानाले बाइबल ल्याइदिने वाचा गरिन्। पछि, साक्षीहरू न्यायाधीशलाई भेट्न गए, बाइबल पनि दिए र हप्ताको एकपटक बाइबल अध्ययन गर्ने प्रस्ताव राखे। न्यायाधीशले बाइबल अध्ययन गर्न थाले र छिट्टै यहोवाको साक्षी भए।
भविष्यमा हुने कुरालाई भजन २:१० मा यसरी बताइएको छ: “हे राजा हो, बुद्धिमान् होओ। हे पृथ्वीका न्यायाधीश हो, शिक्षा लेओ।” यस्ता असल मानिसहरूले विनम्र हुँदै यहोवाको निर्देशन स्वीकारे कत्ति गजब हुने थियो!
(w 06 12/01)
[पृष्ठ ३२-मा भएको चित्र]
न्यायाधीशसँगै स्लादयाना