प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 १०/१ p. ३२
  • खाने मुखलाई जुँगाले छेक्दैन!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खाने मुखलाई जुँगाले छेक्दैन!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 १०/१ p. ३२

खाने मुखलाई जुँगाले छेक्दैन!

जब बुढ्यौलीले घेर्दै लान्छ, तब हातगोडा कमजोर हुँदै जान्छन्‌। चाहेजति सबैलाई भेट्‌न नसक्दा बन्दी जीवन बिताएझैं लाग्छ। तर स्वीट्‌जरल्याण्डको जेनेभामा बस्ने फरनान रेभोरोलको कथा अलि फरक छ। उनको मृत्यु हुँदा उनी ९५ वर्षका थिए। फरनान रेभोरोलकी श्रीमती बितिसकेकी र छोरीले पनि घरजम गरिसकेकीले फरनान एक्लो जीवन बिताइरहेका थिए। घरमा एक्लै बस्नुपरे तापनि उनी एक्लो भने थिएनन्‌! उनी धेरैजसो बैठक कोठामा बस्थे र मानिसहरूलाई आध्यात्मिक कुराकानी गर्न निम्तो दिंदै फोन गर्थे।

हट्टाकट्टा छँदा फरनान साँच्चै बन्दी थिए। किन? सन्‌ १९३९ तिर फरनान र उनकी श्रीमती यहोवाका सक्रिय साक्षी हुँदा युरोपमा दोस्रो विश्‍वयुद्ध चर्किसकेको थियो। अरूलाई हानि नगर्नू भन्‍ने कुरा बाइबलबाट सिकेको कारण फरनानले युद्धमा भाग लिन मरिकाटे मानेनन्‌। त्यही भएर फरनानको जागिर गुम्यो र उनी अनेकौं पटक जेलमा परे। यसरी उनी लगभग साँढे पाँच वर्षसम्म श्रीमती र सानी छोरीबाट टाढिनुपऱ्‍यो।

त्यतिबेलाको कुरा सम्झँदै फरनानले भनेका थिए “मैले जागिर छोडें र परिवारलाई बेहाल बनाएँ भनेर धेरैले नानाथरी कुरा गरे। कसैले पनि मलाई मन पराउँदैनथ्यो। सबै जना मलाई अपराधीलाई जस्तै व्यवहार गर्थे। ती दिनहरूमा यहोवाले हामीलाई गर्नुभएको मदत र सहयोग म झलझली सम्झन्छु। अहिले त धेरै वर्ष बितिसक्यो, म त्यसबेला यहोवामा जति भरोसा राख्थें, अहिले पनि त्यतिकै भरोसा राख्छु।”

यहोवामा फरनानको बलियो विश्‍वास भएकोले बाइबलमा पाइने आशाबारे उनी टेलिफोन गरेर अरूलाई बताउँथे। कसैले बाइबलबारे अझ बुझ्न चाहे भने, उनी हुलाकबाट बाइबलसम्बन्धी प्रकाशन पठाइदिन्थे। पछि फेरि फोन गर्थे र प्रकाशन पढेर कस्तो लाग्यो भनेर सोध्ने गर्थे। बेला-बेलामा मानिसहरूले फरनानलाई चिठी लेख्थे। चिठी पाउँदा फरनान फुरुङ्‌ग हुन्थे!

तपाईंको टोलछिमेकमा पनि फरनान रेभोरोलजस्तै मानिसहरू होलान्‌। तिनीहरू के विश्‍वास गर्छन्‌, बुझ्नुहोस्‌! आफ्नो विश्‍वासबारे बताउन यहोवाका साक्षीहरू सधैं तयार छन्‌। (w 06 8/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने