प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ११/१ p. ३२
  • “हामी यहाँ किन छौं?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हामी यहाँ किन छौं?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ११/१ p. ३२

“हामी यहाँ किन छौं?”

नोवेल पुरस्कार विजेता र नाजीहरूले गरेको नरसंहारबाट बाँच्न सफल एली विसेलले एक पटक यसो भनेका थिए: “एउटा महत्त्वपूर्ण प्रश्‍नमा मानिसहरू घोरिनै पर्छ।” कुन प्रश्‍न? त्यो प्रश्‍न हो—“हामी यहाँ किन छौं?”

के तपाईंले कहिल्यै उक्‍त प्रश्‍नलाई घोरिएर विचार गर्नुभएको छ? धेरैले विचार गरे, तर हात लाग्यो शून्य। जीवनको अर्थ खोज्दै बेलाइतका इतिहासकार आर्नोल्ड ट्योनबीले यस्तो लेखे: “मानिसको जीवनको उद्देश्‍य परमेश्‍वरको महिमा गर्नु र परमेश्‍वरबाट पाएको आनन्द उपभोग गर्दै सधैंभरि बाँच्नु हो।”

चाखलाग्दो कुरा, जीवनबारे गहिरो चासो राख्ने भनेर चिनिएका व्यक्‍तिले आजभन्दा तीन हजार वर्षअघि नै “हामी यहाँ किन छौं?” भन्‍ने प्रश्‍नको जवाफ पाइसकेका थिए। ती व्यक्‍ति बुद्धिमान्‌ राजा सुलेमान थिए। तिनले भने: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।—उपदेशक १२:१३.

परमेश्‍वरको पुत्र येशू ख्रीष्टले यही सिद्धान्तलाई जोड दिनुभएको थियो। येशू जब यस धर्तीमा हुनुहुन्थ्यो, तब स्वर्गमा बस्ने पिता यहोवा परमेश्‍वरको महिमा गर्न उहाँले सक्दो प्रयास गर्नुभयो। सृष्टिकर्ताको सेवा गर्न पाउँदा येशूको जीवन सार्थक भयो। त्यही कुराले उहाँलाई सँभालेको हुँदा येशूले यसो भन्‍न सक्नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो।”—यूहन्‍ना ४:३४.

त्यसोभए, हामी किन यहाँ छौं त? येशू, सुलेमान र परमेश्‍वरको सेवा गर्ने अरू मानिसहरूले जस्तै हामीले पनि परमेश्‍वरको इच्छाबमोजिम गरेर जीवनको साँचो अर्थ पाउन सक्छौं र सधैं आनन्दित हुन सक्छौं। “आत्मा र सत्यतामा” परमेश्‍वरको उपासना कसरी गर्ने, के तपाईं अझ धेरै बुझ्न चाहनुहुन्छ? (यूहन्‍ना ४:२४) “हामी यहाँ किन छौं?” भन्‍ने प्रश्‍नको जवाफ बुझ्न तपाईंकै इलाकामा बस्ने यहोवाको साक्षीहरू तपाईंलाई मदत दिन तयार छन्‌। (w 06 10/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने