प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ६/१ पृ. ३२
  • जिब्रोको शक्‍ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जिब्रोको शक्‍ति
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ६/१ पृ. ३२

जिब्रोको शक्‍ति

जिराफको जिब्रो १८ इन्चसम्म लामो हुन्छ र यसको जिब्रोले रूखका हाँगाबाट पातहरू सजिलैसँग तान्‍न सक्छ। ब्लू ह्वेल माछाको जिब्रोको तौल एउटा सिङ्‌गो हात्तीको तौल बराबर हुन्छ। कल्पना गर्नुहोस्‌ त त्यत्ति ठूलो जिब्रोलाई चलाउन मात्रै पनि कत्ति बल चाहिएला!

आकार, तौल र बलको कुरामा मानव जिब्रो असाध्यै तुच्छ देखिन्छ। तैपनि, यो धेरै शक्‍तिशाली छ। मानव शरीरको यो अत्यन्तै सानो अंगको विषयमा बाइबल यसो भन्दछ: “जीवन र मृत्युको शक्‍ति बोलीमा रहन्छ।” (हितोपदेश १८:२१, NRV) निश्‍चय नै, मानव जिब्रोलाई झूटको रचना गर्न र झूटो वाचा दिन चलाउँदा यसले बरबादी ल्याएको र कतिपय निर्दोष व्यक्‍तिले आफ्नो ज्यान नै गुमाउनु परेको यथार्थ हामीमध्ये धेरैले सुनेकै हौंला।

त्यसै गरी, चित्त दुखाउने बोलीले गर्दा लामो समयदेखिको मित्रता टुटेको छ। रूखो बोलीले गर्दा मन दुखेको छ। असाध्यै आघात पुगेको अय्यूबले यसरी बिलौना गरे: “कहिलेसम्म तपाईंहरू मलाई थकित तुल्याउनुहुन्छ, र वचनहरूले मलाई आघात गर्नुहुन्छ?” (अय्यूब १९:२) लगाम नलगाइएको जिब्रोले पुऱ्‍याउन सक्ने खराब असरबारे चेला याकूबले यस्तो ज्वलन्त विवरण दिए: “जिब्रो पनि एउटा सानो इन्द्रिय भएर ठूला ठूला कुराको अभिमान गर्दछ। हेर, एक सानो आगोको झिल्काले कसरी बडे-बडे वन पनि स्वाहा पार्दछ! औ जिब्रो पनि एउटा आगोनै हो।”—याकूब ३:५, ६.

अर्कोतर्फ, जिब्रोमा जीवन बचाउने शक्‍ति पनि छ। दयालु र सान्त्वनादायी शब्दहरूले कतिपयलाई डिप्रेशन र आत्महत्या गर्नबाट जोगाएको छ। भरपर्दो सल्लाहलाई सुन्दा, थुप्रै लागूपदार्थ दुर्व्यसनी र निर्दयी अपराधीहरू असामयिक मृत्युको मुखबाट जोगिएका छन्‌। साँच्चै, धार्मिक मानिसको जिब्रोको फल “जीवनको रूख” हो र “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।”—हितोपदेश १५:४, NRV; २५:११.

तर जिब्रोको सही सदुपयोग भनेको यसलाई यहोवाको प्रशंसा गर्न, परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्न र अरूलाई बाइबलको बहुमूल्य सत्य सिकाउन प्रयोग गर्नु हो। किन? येशूले यसो भन्‍नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३; मत्ती २४:१४; २८:१९, २०. (w 07 6/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने