प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ९/१ पृ. ३२
  • रूसी संगीतमा परमेश्‍वरको नाउँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रूसी संगीतमा परमेश्‍वरको नाउँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ९/१ पृ. ३२

रूसी संगीतमा परमेश्‍वरको नाउँ

प्रसिद्ध रूसी संगीतकार मोडेस्ट मुसोर्जस्कीले सन्‌ १८७७ मा बाइबल समयको भूमिको कथावस्तुमा आधारित गायन दलले गाउनुपर्ने खालको एउटा गीत रचे। यसबारे उनले आफ्नो साथीलाई यसरी लेखे: “मैले बाइबल पात्र जिजस नाभिनस्‌ [यहोशूबारे] ठ्याक्क बाइबलअनुसारै लेखेको छु। यहाँसम्म कि यहोशू कनान देशमा प्रवेश गर्दा उनी हिंडेको बाटोलाई समेत समावेश गरेको छु।” “सनहेरीबको पतन” लगायतका अन्य संगीतहरूमा पनि मुसोर्जस्कीले बाइबलका विषयवस्तु र पात्रहरूलाई चलाएका छन्‌।

उल्लेखनीय कुरा के छ भने, मुसोर्जस्कीको “जिजस नाभिनस्‌” अनि १८७४ को संस्करण “सनहेरीबको पतन” दुवैमा नै, उनले परमेश्‍वरको नाउँको रूसी उच्चारण चलाएर उहाँलाई सम्बोधन गरेका छन्‌। यो नाउँ चारवटा हिब्रू व्यञ्जनवर्ण—יהוה (YHWH) मिलेर बनेको छ। अनि यो नाउँ हिब्रू धर्मशास्त्रमा लगभग ७,००० पटक देखापर्छ।

तसर्थ, मुसोर्जस्कीका ती कार्यहरूले परमेश्‍वरको बाइबलीय नाउँ—यहोवा—२० औं शताब्दी सुरु हुनुभन्दा अगाडिबाट नै चल्तीमा आइसकेको तथ्यलाई छर्लङ्‌ग पार्छ। यो उपयुक्‍त छ किनभने यहोवा स्वयम्‌ले मोशालाई यसो भन्‍नुभएको थियो: “मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो सम्झना यही हुनेछ।”—प्रस्थान ३:१५. (w 07 9/1)

[पृष्ठ ३२-मा भएको चित्र]

सन्‌ १९१३ मा सेन्ट पिटर्सवर्ग कन्जर्भेटोरी जहाँ मुसोर्जस्कीको रचनाका उक्‍त प्रति राखिएको छ

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Sheet music: The Scientific Music Library of the Saint-Petersburg State Conservatory named after N.A. Rimsky-Korsakov; street scene: National Library of Russia, St. Petersburg

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने