प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ६/१ पृ. ३
  • विश्‍वास के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वास के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वामित्व-पत्र र ठोस प्रमाण
  • बलियो विश्‍वास कत्तिको महत्त्वपूर्ण?
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • विश्‍वास—हामीलाई बल दिने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • साँचो विश्‍वास—यसको अर्थ के हो?
    ब्यूँझनुहोस्‌!—२०००
  • “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ६/१ पृ. ३

विश्‍वास के हो?

तपाईं विश्‍वासको परिभाषा कसरी दिनुहुन्छ? केहीले यसलाई अन्धाधुन्ध गरिने भरोसा भन्छन्‌। प्रभावशाली अमेरिकी निबन्धकार एवम्‌ पत्रकार एच. एल. मेनकेनले एकचोटि विश्‍वासबारे यसो भने: “हुन नसक्ने कुरामा अतार्किक भरोसा।”

यसको ठीक उल्टो, बाइबलले विश्‍वासलाई न त अन्धाधुन्ध गरिने भरोसा भनेको छ न अतार्किक नै। परमेश्‍वरको वचन यसो भन्छ: “विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो।”—हिब्रू ११:१.

विश्‍वासबारे मानिसहरूको धारणा फरक-फरक भएकोले आउनुहोस्‌ निम्न प्रश्‍नहरूको जवाफ विचार गरौं।

• विश्‍वासबारे बाइबलको परिभाषा मानिसहरूको परिभाषाभन्दा कसरी फरक छ?

• बाइबलले बताएको विश्‍वास खेती गर्नु किन महत्त्वपूर्ण छ?

• तपाईं आफ्नो विश्‍वासलाई कसरी बलियो बनाउन सक्नुहुन्छ?

स्वामित्व-पत्र र ठोस प्रमाण

बाइबलका हिब्रू किताबहरू लेखिने समयतिर “निश्‍चयता” भनी अनुवाद गरिएको ग्रीक अभिव्यक्‍ति सामान्यतया प्रयोग गरिन्थ्यो। प्रायः व्यापारिक कागजातहरूमा यो अभिव्यक्‍ति चलाइन्थ्यो। अनि यसले भविष्यमा कुनै वस्तु ग्यारेन्टीका साथ प्राप्त हुने कुरालाई बुझाउँथ्यो। त्यसकारण एउटा पुस्तकले हिब्रू ११:१ लाई यसरी पनि अनुवाद गर्न सकिन्छ भनेको छ: “विश्‍वासचाहिं आशा राखेका कुराको स्वामित्व-पत्र हो।”

तपाईंले कुनै एउटा नाउँ चलेको कम्पनीबाट सामान किन्‍नुभयो र त्यो कम्पनीको मान्छेले नै सामान पुऱ्‍याइदिनेछ भनेर ढुक्क बस्नुभयो भने तपाईंले त्यस किसिमको विश्‍वास देखाउनुभएको छ। सामान किनेको बिल आफ्नो हातमा भएकोले तपाईंले त्यो सामान किनेको कम्पनीलाई विश्‍वास गर्न सक्नुभयो। एक अर्थमा त्यो बिल तपाईंको स्वामित्व-पत्र हो अर्थात्‌ तपाईंले किनेको सामान निश्‍चय नै प्राप्त हुनेछ भन्‍ने कुराको ग्यारेन्टी। यदि तपाईंले त्यो बिल हराउनुभयो वा फ्याँक्नुभयो भने त्यो सामान आफ्नो हो भनेर दाबी गर्न तपाईंसित केही प्रमाण हुनेछैन। त्यसैगरि, जसले परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनेर विश्‍वास गर्छ उसले आशा गरेको कुरा पक्कै पाउनेछ। अर्कोतिर जसले विश्‍वास गर्दैन वा विश्‍वास गर्न छोड्‌छ उसले परमेश्‍वरद्वारा प्रतिज्ञा गरिएका कुराहरू पाउनेछैन।—याकूब १:५-८.

हिब्रू ११:१ को “नदेखेका कुराको प्रमाण” भनी अनुवाद गरिएको दोस्रो अभिव्यक्‍तिमा वास्तविकतासित मेल नखाने जस्तो देखिने कुरालाई प्रमाणको रूपमा पेस गर्ने धारणा समावेश छ। उदाहरणको लागि, सूर्य पूर्वबाट उदाएर पश्‍चिममा अस्ताउने भएकोले यसले पृथ्वीलाई परिक्रमा गरेको जस्तो देखिन सक्छ। तर खगोलविद्या र गणितशास्त्रको प्रमाणले स्पष्ट पार्छ कि पृथ्वी सौर्य मण्डलको केन्द्र होइन। एकचोटि त्यो प्रमाणलाई राम्रोसित बुझेर त्यही सत्य हो भनेर स्वीकार्नुभयो भने हेर्दा अर्कै देखिए तापनि सूर्यलाई परिक्रमा गर्ने पृथ्वी हो भनी तपाईंले विश्‍वास गर्नुहुनेछ। तपाईंको विश्‍वास अन्धो होइन। बरु, यसले तपाईंलाई कुनै कुरा बाहिरबाट कस्तो देखिन्छ त्यो होइन तर उक्‍त कुरा वास्तवमै कस्तो छ त्यो हेर्ने क्षमता दिन्छ।

बलियो विश्‍वास कत्तिको महत्त्वपूर्ण?

यस किसिमको विश्‍वास विकास गर्न बाइबलले प्रोत्साहन दिन्छ—हो, ठोस प्रमाणमा आधारित बलियो विश्‍वास, चाहे त्यसको लागि आफूले गरिराखेको विश्‍वास परिवर्तन गर्नुपर्ने नै किन नहोस्‌। यस्तो विश्‍वास अत्यावश्‍यक छ। प्रेरित पावलले लेखे: “विना विश्‍वास उहाँलाई रिझाउन असम्भव छ। किनभने जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।”—हिब्रू ११:६.

बलियो विश्‍वास खेती गर्दा थुप्रै चुनौतीहरू आइपर्छन्‌। तर यसपछिको लेखमा छलफल गरिएको चार वटा कदम चाल्नुभयो भने तपाईं सफल हुन सक्नुहुन्छ। ( w 09 5/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने