प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ९/१ पृ. ६-७
  • असल धर्मले भ्रातृ-प्रेम देखाउन सिकाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल धर्मले भ्रातृ-प्रेम देखाउन सिकाउँछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • असल धर्मले परमेश्‍वरको वचनलाई आदर गर्न सिकाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • असल धर्मले उच्च नैतिक स्तर राख्न सिकाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • साँचो धर्म कसरी चिन्‍न सक्छु?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ९/१ पृ. ६-७

असल धर्मले भ्रातृ-प्रेम देखाउन सिकाउँछ

बाइबल बताउँछ: “प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) तसर्थ, असल धर्मले भ्रातृ-प्रेम देखाउन सिकाउनुपर्छ।

थुप्रै धर्मले बिरामी, बूढाबूढी र गरिब-गुरुवाको हेरचाह गरेर प्रशंसनीय काम गर्छन्‌। ती धर्मले आफ्ना सदस्यहरूलाई प्रेरित यूहन्‍नाको यो सल्लाह पालन गर्न प्रोत्साहन दिन्छन्‌: “कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्यसमा वास गर्छ? साना बालकहरू, वचन र बोलीले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं।”—१ यूहन्‍ना ३:१७, १८, NRV.

तर राष्ट्रहरू युद्धमा मुछिंदा नि? शान्ति छाइरहेको बेलामा चाहिं “आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर” भन्‍ने परमेश्‍वरको आज्ञा पालन गर्ने तर राजनीतिज्ञ वा राजाले छिमेकी राष्ट्रसित युद्ध गर्ने निर्णय गर्दा चाहिं त्यो आज्ञा लत्याउनु, के मिल्छ र?—मत्ती २२:३९; नेपाली पवित्र बाइबलको नयाँ करार।

येशूले भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) तलका प्रश्‍नहरूको जवाफ दिनुहुँदा, आफैलाई यसरी सोध्नुहोस्‌: ‘के यस धर्मका सदस्यहरूले सबै मानिसप्रति बोलीद्वारा मात्र नभई कामद्वारा पनि सधैं प्रेम देखाउँछन्‌?’

विषय: युद्ध।

बाइबलले के सिकाउँछ: येशूले चेलाहरूलाई यस्तो आज्ञा दिनुभयो: “म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।”—मत्ती ५:४४.

सिपाहीहरू येशूलाई पक्रन आउँदा प्रेरित पत्रुसले उहाँको बचाउमा हतियार निकाले। तर येशूले भन्‍नुभयो: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्‌।”—मत्ती २६:५२.

प्रेरित यूहन्‍नाले लेखे: “परमेश्‍वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रष्ट हुन्छ, उचित काम नगर्ने र आफ्नो भाइलाई प्रेम नगर्ने हरेक परमेश्‍वरबाटको हुँदैन। किनभने तिमीहरूले शुरूदेखि सुनेको समाचार यही हो, कि हामीले एउटाले अर्कोसँग प्रेम गर्नुपर्छ। कयिनजस्तै ता होइन, जो दुष्टबाटको थियो, र जसले आफ्नो भाइलाई माऱ्‍यो। औ किन त्यसले उसलाई माऱ्‍यो? किनभने त्यसको काम खराब थियो, तर उसको भाइको कामचाहिं धार्मिक थियो।”—१ यूहन्‍ना ३:१०-१२.

प्रश्‍न: के यस धर्मले आफ्ना सदस्यहरूलाई युद्धमा भाग लिन प्रोत्साहित गर्छ?

विषय: राजनीति।

बाइबलले के सिकाउँछ: येशूको चमत्कार गर्ने क्षमता देखेपछि कतिपयले उहाँलाई राजनीतिमा सामेल गराउन खोजे। उहाँको प्रतिक्रिया? “मानिसहरूले आफूलाई जबरजस्ती राजा बनाउन आँटेका छन्‌ भन्‍ने थाहा पाएर येशू फेरि एकलै डाँडातिर लाग्नुभयो।”—यूहन्‍ना ६:१५, नेपाली पवित्र बाइबलको नयाँ करार।

येशूलाई पक्रेर सरकारको विरोध गर्न मानिसहरूलाई उक्साएको आरोप लगाइँदा उहाँले भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता मेरा सेवकहरू मेरो निम्ति लड्‌नेथिए, र म यहूदीहरूका हातमा पर्नेथिइनँ। तर मेरो राज्य यस संसारको होइन।”—यूहन्‍ना १८:३६.

येशूले चेलाहरूका लागि प्रार्थना गर्नुहुँदा यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गऱ्‍यो, किनकि तिनीहरू संसारका होइनन्‌, जस्तो म संसारको होइनँ।”—यूहन्‍ना १७:१४.

प्रश्‍न: के यो धर्मले येशूको उदाहरण पछ्याउँछ अनि कतिपय राजनीतिज्ञबाट आफ्ना सदस्यहरू सताइँदा समेत अलग रहन्छ?

विषय: पूर्वाग्रह।

बाइबलले के सिकाउँछ:  खतना नगरिएका प्रथम गैर-यहूदीहरू ख्रीष्टियान भएपछि प्रेरित पत्रुसले यसो भने: “परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यो उहाँको सामुन्‍ने ग्रहणयोग्य हुन्छ।”—प्रेरित १०:३४, ३५, NRV.

याकूबले प्रथम शताब्दीका ख्रीष्टियानहरूलाई यस्तो लेखे: “मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्‍वास भएको हुनाले तिमीहरू कुनै भेदभाव नदेखाओ। यदि कोही मानिस सुनका औंठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एउटा गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने, तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्नुहोस्‌” भन्छौ, र त्यस गरीबलाई चाहिं “तँ त्यहीं उभि” अथवा “मेरा पाउनेर बस्‌” भन्छौ भने, के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्यायकर्ता भएनौ र?”—याकूब २:१-४, NRV.

प्रश्‍न: के यो धर्मले सबै मानिस परमेश्‍वरको नजरमा बराबर छन्‌ अनि सदस्यहरूले जात वा धनको आधारमा एउटाले अर्कोलाई पक्षपात गर्नुहुँदैन भनेर सिकाउँछ?

( w 09 8/1)

[पृष्ठ ६-मा भएको चित्र]

मानिसहरूलाई विभाजित गर्ने राजनैतिक, जातीय र आर्थिक पर्खाल ढाल्न कुन चाहिं धर्मले आफ्ना सदस्यहरूलाई सिकाउँछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने