प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ११/१ pp. ३-४
  • पवित्र आत्मा यसबारे किन गोलमाल?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पवित्र आत्मा यसबारे किन गोलमाल?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • पवित्र आत्मा वास्तवमा के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • आत्माको भरमा हिंड्‌नुहोस्‌ र समर्पण अनुरूप जीवन बिताउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • पवित्र शक्‍ति के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ११/१ pp. ३-४

पवित्र आत्मा यसबारे किन गोलमाल?

पवित्र आत्मा वास्तवमा के हो? यो प्रश्‍न जत्ति सरल देखिन्छ, जवाफ भेट्टाउन उत्ति नै गाह्रो हुन सक्छ। पोप बेनेडिक्ट सोह्रौंले अस्ट्रेलियाको एक जमातलाई सम्बोधन गर्दै यसो भने: “आत्माबारे सुस्पष्ट जानकारी प्राप्त गर्नु हाम्रो पहुँचबाहिर छ जस्तो देखिन्छ।”

पवित्र आत्मा के हो भन्‍ने सन्दर्भमा मानिसहरूको मत बेग्लाबेग्लै छ र तिनीहरू अन्योलमा छन्‌। यसबारे प्रायः यस्तो जवाफ पाइन्छ:

• ख्रीष्टका चेलाहरूमा बास गर्ने वास्तविक व्यक्‍ति

• संसारमा परमेश्‍वरको उपस्थिति जनाउने माध्यम

• त्रिएकको तेस्रो व्यक्‍ति

किन यस्तो गोलमाल? इस्वी संवत्‌ ३०० तिर केही धर्मविद्‌ले पवित्र आत्मा परमेश्‍वर बराबरको तेस्रो व्यक्‍ति हो भनेर दाबी गर्दा मानिसहरू गोलमालमा परे। तर बाइबलमा यस्तो शिक्षा कतै पाइँदैन र ख्रीष्टका सुरुका अनुयायीहरूले यस्तो शिक्षा कहिल्यै सिकाएनन्‌। न्यु क्याथोलिक इन्साइक्लोपीडिया बताउँछ: “पुरानो नियममा परमेश्‍वरको आत्मालाई व्यक्‍ति भनेर किटान गरिएको छैन . . . परमेश्‍वरको आत्मा उहाँको शक्‍ति मात्र हो।” डेरेक विल्यम्सद्वारा सम्पादित सामदान बाइबल शब्दकोश-अनुसार “यसको मूल अर्थमा यो . . . भयानक शक्‍तिको अनुभव हो र यसलाई ईश्‍वरीय शक्‍तिको प्रदर्शनको रूपमा हेरिएको छ।” त्यसैगरि उक्‍त शब्दकोश अझै यसो पनि भन्छ: “शुरूका ख्रीष्टियानहरूका लागि आत्मा ईश्‍वरीय शक्‍तिका रूपमा हेरिन्थ्यो।”

अतः शक्‍तिलाई व्यक्‍तिको रूपमा स्वीकार्न मानिसहरूलाई गाह्रो हुनुको कारण सजिलै बुझ्न सकिन्छ। त्यसैले हालै संयुक्‍त राज्य अमेरिकामा गरिएको सर्वेक्षणअनुसार अधिकांश मानिस पवित्र आत्मा व्यक्‍ति वा “जीवित वस्तु” हो भन्‍ने धारणालाई स्वीकार गर्दैनन्‌। के तिनीहरूको यस्तो विचार सही हो? अथवा “पवित्र आत्मा वास्तवमा पिता र पुत्रभन्दा भिन्‍नै व्यक्‍ति हुनुहुन्छ” भनेर अड्डी कस्ने धर्मविद्‌हरूलाई पत्याउनुपर्छ?

भरपर्दो जवाफ पाउन हामीले परमेश्‍वरको वचन बाइबललाई केलाउनुपर्छ। यसमा पवित्र आत्माबारे विस्तृत जानकारी दिइएको छ। प्रेरित पावलले लेखे: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, [“सत्य कुरा सिकाउनलाई,” न्यु इङ्‌लिस बाइबल] . . . सच्याउनलाई . . . उपयोगी हुन्छ।”—२ तिमोथी ३:१६.

तपाईंले पवित्र आत्माबारे सत्य कुरा खोज्नु किन आवश्‍यक छ? किनकि यसबारे सत्य कुरा थाह पाउँदा परमेश्‍वरबाट मदत पाउने ढोका तपाईंको लागि खुल्ला हुन सक्छ। कहिलेकाहीं तपाईंलाई आफू असहाय भएको महसुस हुन्छ? येशूले आफ्ना चेलाहरूलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “माग, त तिमीहरूलाई दिइनेछ, . . . तिमीहरू . . . आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्‌ता गरेर पवित्र आत्मा दिनुहुनेछ।”—लूका ११:९, १३.

यसपछिका लेखहरूमा पवित्र आत्मा के हो भन्‍नेबारे बाइबलमा प्रकट गरिएको जानकारी पत्ता लगाउनेछौं। साथै यो हाम्रो जीवनमा असल प्रभाव पार्न सक्ने शक्‍ति कसरी हुन सक्छ, त्यो पनि बुझ्नेछौं। ( w 09 10/01)

[पृष्ठ ३-मा भएको चित्र]

पवित्र आत्मा के हो भन्‍नेबारे बाइबलमा प्रकट गरिएको छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने