सानी केटी ठूलो मनकी
ब्राजिलकी नौ वर्षकी केटीले जम्मा गरेको पैसा हालै दुई भागमा छुट्याइन्। एउटा भागमा लगभग ने.रू. १३८३ छुट्याइन् भने अर्कोमा ने.रू. १९२१ छुट्याइन्। सानो भागचाहिं मण्डलीको खर्चको लागि स्थानीय राज्यभवनको अनुदान बाकसमा खसालिन्। अनि ठूलो भाग एउटा छोटो पत्रसहित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा पठाइन्। पत्रमा उनले लेखेकी थिइन्: “विश्वव्यापी कार्यको लागि म यो अनुदान दिन्छु। सुसमाचार प्रचार गर्न संसारभरिका थुप्रै भाइबहिनीलाई मदत गर्न चाहन्छु। यहोवालाई धेरै माया गरेर म यो अनुदान दिंदैछु।”
बुबाआमाले यी सानी केटीलाई राज्यप्रचार कार्यमा भाग लिनुपर्ने महत्त्वबारे सिकाएका छन्। उनीहरूले छोरीलाई ‘आफ्नो धन-सम्पत्तिले यहोवाको आदर गर्नुपर्छ’ भनेर पनि छाप पारेका छन्। (हितो. ३:९) यी सानी केटीले जस्तै हामी सबैले स्थानीय र विश्वव्यापी तवरमा राज्य गतिविधिलाई बढाउन जोसिलो भई भाग लिन सकौं! ( w09 11/15)