प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ४/१ पृ. ३
  • संसारलाई प्रभाव पार्ने पुरुष

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसारलाई प्रभाव पार्ने पुरुष
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • ती अजिर जीवाणुहरू—फेरि कसरी देखा पर्छन्‌
    ब्यूँझनुहोस्‌!—२००३
  • खतरा कत्तिको व्याप्त छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • रोगहरू विरुद्धको सङ्‌घर्षमा सफलता र असफलताहरू
    ब्यूँझनुहोस्‌!—२००४
  • माइकल फाराडे आफ्नो विश्‍वासअनुरूप जीवन बिताउने वैज्ञानिक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ४/१ पृ. ३

संसारलाई प्रभाव पार्ने पुरुष

संसारमा अरबौं मानिस जन्मे अनि मरे। बालुवामा पाइला मेटिएझैं धेरैजसोको नाउँ मेटिएर गएको छ। तर केहीले इतिहासमा र सायद तपाईंको दैनिक जीवनमा पनि प्रभाव पारेका छन्‌।

तपाईं सबेरै उठ्‌नुहुन्छ र बत्ती बाल्नुहुन्छ। बिरामी भएकोले डाक्टरले दिएको एन्टिबायोटिक खानुपर्ने कुरा सम्झनुहुन्छ। त्यसपछि किताब वा पत्रिका लिएर ओछ्यानमा पस्नुहुन्छ। दिन सुरु हुन नपाउँदै तपाईंले केही प्रख्यात मानिसको उपलब्धिबाट लाभ उठाइसक्नुभएको हुन्छ।

माइकल फाराडे सन्‌ १७९१ मा जन्मेका बेलायतका यी भौतिकशास्त्री विद्युतीय मोटर र डायनामोका आविष्कारक हुन्‌। तिनको खोज र आविष्कारले गर्दा अझ धेरै विद्युत्‌ प्रयोग गर्न सकिने भयो।

साइ लुन लगभग सन्‌ १०५ मा कागजको व्यापक उत्पादन गर्न सकिने प्रक्रियाको विकास भयो, जसको श्रेय चीनको शाही कोर्टका अधिकृत साइ लुनलाई जान्छ।

योआनेस गुटेनबर्ग सन्‌ १४५० तिर जर्मनीका यी आविष्कारकले मुभेबल टाइप प्रविधि प्रयोग गरेर पहिलो छापाखानाको विकास गरे। यो छापाखानाले गर्दा सस्तोमा छाप्न सम्भव भयो। अतः व्यापक रूपमा विभिन्‍न विषयमा जानकारी उपलब्ध गराउन सकियो।

अलेक्ज्याण्डर फ्लेमिङ स्कटल्याण्डका यी अनुसन्धानकर्ताले सन्‌ १९२८ मा एक किसिमको एन्टिबायोटिक पत्ता लगाए जसलाई तिनले पेन्सिलिन भनेर नामाकरण गरे। जीवाणुबाट हुने संक्रमणको उपचार गर्न अहिले व्यापक रूपमा एन्टिबायोटिक प्रयोग गरिन्छ।

निस्सन्देह, केही मानिसको खोज तथा आविष्कारले गर्दा अरबौंले निश्‍चित फाइदाहरू उठाउन वा स्वस्थ जीवन बिताउन सम्भव भएको छ।

तर एक जना यस्ता पुरुष छन्‌ जो माथि उल्लिखित व्यक्‍तिहरूभन्दा बिलकुलै फरक छन्‌। तिनी कुनै वैज्ञानिक खोज अथवा चिकित्सा क्षेत्रमा गरेको अनुसन्धान र अविष्कारको लागि चिनिएका होइनन्‌। करिब २,००० वर्ष पहिले मृत्यु भएका यी साधारण पृष्ठभूमिका मानिसले आशा र सान्त्वनाको शक्‍तिशाली सन्देश छोडेर गए। तिनको सन्देशले संसारभर मानिसको जीवनमा कुन हदसम्म असर गरेको छ त्यसलाई विचार गर्दा तिनी साँच्चै संसारलाई प्रभाव पार्ने पुरुष थिए भनी धेरै जना सहमत हुन्छन्‌।

ती पुरुष येशू ख्रीष्ट हुनुहुन्थ्यो। उहाँले कस्तो सन्देश प्रचार गर्नुभयो? अनि त्यो सन्देशले तपाईंको जीवनमा कस्तो प्रभाव पार्न सक्छ? ( w10 -E  04/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने