प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या २ पृ. ६-७
  • ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहारलाई तपाईं कसरी हेर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहारलाई तपाईं कसरी हेर्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येशू ख्रीष्ट उहाँको सन्देश अनि तपाईं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान्‌ छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या २ पृ. ६-७
व्यक्‍तिगत बाइबल अध्ययन गरिरहेकी स्त्री

आवरण लेख | ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार—के तपाईं स्वीकार्नुहुन्छ?

ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहारलाई तपाईं कसरी हेर्नुहुन्छ?

“ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ . . . उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्‌, जो तिनीहरूका लागि मर्नुभयो।”—२ कोरिन्थी ५:१४, १५.

विशेष उपहार दिने व्यक्‍तिप्रति कृतज्ञ हुन हामी बाध्य हुन्छौं। गम्भीर रोग लागेका दस जना मानिसलाई निको पारेपछि येशूले यो कुरा सिकाउनुभयो। त्यतिबेला उक्‍त रोगको कुनै उपचार थिएन। दस जनामध्ये एक जना “चर्को स्वरमा परमेश्‍वरको महिमा गर्दै उहाँकहाँ फर्क्यो।” येशूले भन्‍नुभयो: “शुद्ध हुने त दस जना थिए नि, होइन र? त्यसोभए, बाँकी नौ जना खै त?” (लूका १७:१२-१७) यसबाट कस्तो पाठ सिक्न सक्छौं? अरूले हाम्रो लागि गरेको राम्रो कामलाई बिर्सनु हुँदैन!

फिरौती अरू उपहारभन्दा फरक छ। यो हामीलाई दिइएको सबैभन्दा उत्तम उपहार हो। त्यसोभए ईश्‍वरले तपाईंको लागि गर्नुभएको यो प्रबन्धप्रति तपाईं कस्तो महसुस गर्नुहुन्छ?

  • दिने व्यक्‍तिलाई चिन्‍नुहोस्‌। फिरौतीले हामीलाई स्वतः अनन्त जीवन दिंदैन। बरु ईश्‍वरलाई प्रार्थना गर्दा येशूले यसो भन्‍नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्‍वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।” (यूहन्‍ना १७:३) कुनै मानिसले तपाईं सानो छँदा तपाईंको ज्यान जोगाएको थियो भनेर थाह पाउनुभयो भने तपाईं उक्‍त व्यक्‍तिलाई अझ राम्रोसँग चिन्‍न र उसले त्यसो गर्नुको कारण जान्‍न चाहनुहुन्छ नि, हैन र? हाम्रो ज्यान बचाउन फिरौतीको उपहार दिने यहोवा परमेश्‍वर हामीले उहाँलाई चिनेको मात्र होइन उहाँसँग घनिष्ठ सम्बन्ध गाँसेको चाहनुहुन्छ। बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकूब ४:८.

  • प्रार्थना गरिरहेकी स्त्री

    फिरौतीमा विश्‍वास गर्नुहोस्‌। “जसले छोरामाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ।” (यूहन्‍ना ३:३६) फिरौतीमा विश्‍वास गर्नु भनेको के हो? यसको मतलब, विश्‍वासलाई कामद्वारा देखाउनु हो। (याकूब २:१७) कस्तो काम? अरूले उपहार दिंदा तपाईं आफै अग्रसर भएर स्विकार्नुभयो भने मात्र त्यो उपहार तपाईंको हुन्छ। फिरौतीको बलिदान पनि त्यस्तै हो। तपाईं कसरी यसो गर्न सक्नुहुन्छ? ईश्‍वर तपाईंले कसरी जीवन बिताएको चाहनुहुन्छ भनेर थाह पाउनुहोस्‌ र त्यसैअनुसार कदम चाल्नुहोस्‌।a प्रार्थना मार्फत ईश्‍वरसित क्षमा माग्नुहोस्‌ र सफा अन्तस्करण दिनुहोस्‌ भनेर बिन्ती गर्नुहोस्‌। फिरौतीमा विश्‍वास गर्ने सबैले भविष्यमा सदाको लागि शान्ति, सुरक्षा र समृद्धि अनुभव गर्न पाउनेछन्‌ भन्‍ने कुरामा ढुक्क हुँदै ईश्‍वरको नजिक जानुहोस्‌।—हिब्रू ११:१.

  • येशूको मृत्युको सम्झना गर्ने कार्यक्रममा भाषण दिइँदै

    येशूको मृत्युको सम्झना गर्ने कार्यक्रममा उपस्थित हुनुहोस्‌। हामीले फिरौतीको प्रबन्ध सम्झन सकोस्‌ भनेर येशूले एउटा वार्षिक कार्यक्रमको सुरुवात गर्नुभयो। यो कार्यक्रम मनाउने विषयमा येशूले यसो भन्‍नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) यो वर्ष यहोवाका साक्षीहरूले येशूको मृत्युको वार्षिकी अप्रिल ११, २०१७, मङ्‌गलबारको दिन सूर्यास्तपछि मनाउनेछन्‌। लगभग एक घण्टाको यो कार्यक्रममा तपाईंले येशूको मृत्युको महत्त्व र यसले गर्दा अहिले र भविष्यमा हुने फाइदाहरूबारे एउटा रोचक प्रवचन सुन्‍न पाउनुहुनेछ। गत वर्ष संसारभरि लगभग २ करोड मानिसहरू यस कार्यक्रममा उपस्थित भए। ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहारप्रति आभारी भएको देखाउन हामी तपाईंलाई यस कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा दिन्छौं।

a ईश्‍वरलाई चिन्‍न र उहाँको नजिक जान उहाँको वचन बाइबल पढ्‌नै पर्छ। यसको लागि कुनै यहोवाको साक्षीलाई भेट्‌नुहोस्‌ वा हाम्रो वेबसाइट www.jw.org/ne मा जानुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने