प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ३ पृ. ९
  • अर्को एउटा प्रमाण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अर्को एउटा प्रमाण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले दिनुहुने मदतमा भरोसा गर्ने
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • एज्राको पुस्तकका विषेशताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • एज्रा विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ३ पृ. ९
तत्तनु नाम उल्लेख गरिएको शिलालेख

यो शिलालेखमा तत्तनु नाम उल्लेख गरिएको छ

अर्को एउटा प्रमाण

के बाइबल विवरणलाई समर्थन गर्ने पुरातात्त्विक प्रमाण छ? सन्‌ २०१४ को पुरातत्त्वसम्बन्धी एउटा पत्रिकामाa यस्तो प्रश्‍न सोधिएको थियो: “बाइबलको हिब्रू धर्मशास्त्रमा उल्लेख गरिएका कति जना व्यक्‍तिलाई पुरातत्वविद्‌हरूले वास्तविक हुन्‌ भनेर पुष्टि गरेका छन्‌?” त्यसमा यस्तो जवाफ दिइएको थियो: “कम्तीमा ५०!” यो सूचीमा नपरेका एक व्यक्‍ति हुन्‌, तत्तनै। उनी को थिए? बाइबलमा उनको भूमिकाबारे दिइएको विवरण विचार गरौं।

कुनै समय यरूशलेम विशाल फारसी साम्राज्यको भाग थियो। यो सहर, यूफ्रेटिस नदीको पश्‍चिमपट्टि पर्थ्यो जुन ठाउँलाई फारसीहरूले “नदी पारि” भन्‍ने नाम दिएका थिए। बेबिलोनमाथि जित हासिल गरिसकेपछि फारसीहरूले यहूदी कैदीहरूलाई मुक्‍त गरिदिए र उनीहरूलाई यरूशलेममा यहोवा परमेश्‍वरको मन्दिरको पुनर्निर्माण गर्ने अनुमति दिए। (एज्रा १:१-४) यहूदीहरूका शत्रुले यो कामको विरोध गरे र मन्दिर पुनर्निर्माण गरेर उनीहरू फारसविरुद्ध उठेका छन्‌ भन्‍ने झूटो आरोप लगाए। (एज्रा ४:४-१६) राजा दारा प्रथमको शासनकालमा (ईसापूर्व ५२२-४८६) तत्तनै नाम गरेका एक फारसी अफिसरलाई यो मामिला छानबिन गर्न पठाइयो। उनलाई बाइबलमा “यूफ्रेटिसपारिका प्रान्तका राज्यपाल” भनेर सम्बोधन गरिएको छ।—एज्रा ५:३-७.

तत्तनैको नाम उल्लेख गरिएका थुप्रै शिलालेखहरू भेट्टाइएका छन्‌। यी शिलालेख सायद पारिवारिक अभिलेखालयको भाग हुन सक्छ। उक्‍त परिवारको एक जना सदस्यको बाइबल पात्र तत्तनैसँग के सम्बन्ध छ भन्‍ने कुरा एउटा प्राचीन कबुलनामा पत्रबाट पुष्टि हुन्छ। यो पत्र राजा दारा प्रथमको शासनको २० औं वर्षमा अर्थात्‌ ईसापूर्व ५०२ मा लेखिएको थियो। यसमा “यूफ्रेटिसपारिका प्रान्तका राज्यपाल तत्तनुको” एक सेवक कारोबारको साक्षी भएको कुरा बताइएको थियो। यहाँ बताइएको “तत्तनु” भन्‍ने व्यक्‍ति बाइबलको एज्रा भन्‍ने पुस्तकमा उल्लेख गरिएका तत्तनै हुन्‌।

तत्तनैको भूमिका के थियो? ईसापूर्व ५३५ मा महान्‌ कोरेसले आफ्नो साम्राज्यलाई प्रान्तहरूमा विभाजित गरे। तीमध्ये एउटा प्रान्तलाई “बेबिलोन र नदी पारि” भन्‍ने नाम दिइयो। यो प्रान्तलाई पछि दुई भागमा टुक्राइयो जसमध्ये एउटाको नाम “नदी पारि” भन्‍ने थियो। यसमा कोल्‌-सिरिया, फोनिसिया सामरिया र यहूदा पर्थ्यो अनि यसलाई सायद दमीशकबाट शासन गरिन्थ्यो। तत्तनैले यो इलाकामा ईसापूर्व ५२०-५०२ तिरसम्म राज्यपालको रूपमा काम गरे।

मानिसहरूले यहूदीहरूमाथि लगाएको आरोपबारे छानबिन गर्न तत्तनै यरूशलेम गए। त्यहाँबाट फर्केपछि उनले राजा दारालाई यहूदीहरूले यहोवाको मन्दिर पुनर्निर्माण गर्ने अनुमति कोरेसबाट पाएको कुरा बताए। ऐतिहासिक घटनाहरू भएको शाही विवरणले पनि यो कुरा पुष्टि गऱ्‍यो। (एज्रा ५:६, ७, ११-१३; ६:१-३) त्यसैले तत्तनैलाई पुनर्निर्माणको काममा कुनै रोकटोक नलगाउन हुकुम दिइयो र उनले त्यसै गरे।—एज्रा ६:६, ७, १३.

हुन त हो, “यूफ्रेटिसपारिका प्रान्तका राज्यपाल तत्तनै”-ले खासै ठूलो ऐतिहासिक महत्त्वका काम गरेका छैनन्‌। तर याद गर्नुहोस्‌, बाइबलमा उनीबारे पनि उल्लेख गरिएको छ र उनको पदवीबारे एकदम सही विवरण दिइएको छ। यो तथ्यले बाइबल पुरातात्त्विक हिसाबमा सही छ भन्‍ने कुराको अर्को एउटा प्रमाण दिन्छ।

[फुटनोट]

a Biblical Archaeology Review

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने