प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 मे पृ. ३०
  • सरल जीवन बिताउँदा पाइने आनन्द

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सरल जीवन बिताउँदा पाइने आनन्द
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुरुमा चुनौती, पछि खुसीको खबर
  • अपार आनन्द
  • “यहोवाको स्तुतिगान गाऔँ”!
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • परमेश्‍वरको स्वर्गदूतबाट बल पाए
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 मे पृ. ३०
डानियल अनि मिरियम पानामामा एक जना मानिसलाई प्रचार गर्दै

सरल जीवन बिताउँदा पाइने आनन्द

डानियल अनि मिरियमले सन्‌ २००० को सेप्टेम्बरमा विवाह गरे अनि स्पेनको बार्सिलोना सहरमा बस्न थाले। डानियल यसो भन्छन्‌, “हामी सामान्य जीवन बिताउँदै छौं जस्तो लाग्थ्यो। हाम्रो राम्रो जागिर थियो। त्यसैले ठूलठूलो रेष्टुरेन्टमा खान, विदेश घुम्न अनि दामी-दामी लुगा किन्‍न सक्थ्यौं। हामी नियमित रूपमा प्रचार पनि जान्थ्यौं।” तर पछि, तिनीहरूको जीवनले नयाँ मोड लियो।

सन्‌ २००६ को अधिवेशनमा सुनेको एउटा भाषणले डानियलको मन छोयो। त्यस भाषणमा यस्तो प्रश्‍न सोधिएको थियो: “ ‘मार्नलाई लगिएकाहरूलाई’ अनन्त जीवनको बाटोमा हिंड्‌न मदत दिन के हामी सकेजति गर्दै छौं?” (हितो. २४:११) त्यस भाषणमा बाइबलमा पाइने जीवनदायी सन्देश सुनाउनुपर्ने जिम्मेवारीबारे बताइएको थियो। (प्रेषि. २०:२६, २७) डानियल भन्छन्‌, “यहोवाले त्यो कुरा मलाई नै भनिरहनुभएको जस्तो लाग्यो।” आफ्नो सेवा विस्तार गर्दा अझै आनन्दित हुन सकिन्छ भनेर पनि त्यस भाषणमा बताइएको थियो। यो कुरा साँचो हो भनेर डानियललाई थाह थियो। किनभने मिरियमले अग्रगामी सेवा गर्न थालिसकेकी थिइन्‌ अनि आफ्नो सेवामा रमाउँदै थिइन्‌।

डानियल भन्छन्‌, “अब भने मैले पनि ठूलै कदम चाल्नुपर्छ जस्तो लाग्यो।” तिनले त्यसै गरे। तिनले थोरै घण्टा मात्र काम गर्न थाले, अग्रगामी सेवा सुरु गरे अनि श्रीमतीसँगै आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्दा पाइने आनन्दबारे सोच्न थाले।

सुरुमा चुनौती, पछि खुसीको खबर

सन्‌ २००७ को मे महिनामा डानियल र मिरियमले आफ्नो जागिर छोडे अनि पानामा भन्‍ने देशमा सरे। तिनीहरू पहिला पनि त्यहाँ घुम्न गइसकेका थिए। तिनीहरूको नयाँ इलाका क्यारेबियन समुद्रमा भएको बोकास डेल टोरोका स-साना टापुहरू थिए। ती टापुहरूमा प्रायजसो गाबे जातिका मानिसहरू बस्थे। आफूले जम्मा गरेको पैसा आठ महिनाजति सेवा गर्न पुग्छ होला भनी डानियल अनि मिरियमले सोचे।

तिनीहरू यात्रा गर्न डुङ्‌गा अनि साइकल प्रयोग गर्थे। साइकलमा गरेको पहिलो यात्रा तिनीहरूलाई अझै याद छ। तिनीहरूले चर्को घाममा ठाडो उकालोहरू हुँदै ३२ किलोमिटरजति यात्रा गरे। त्यतिबेला थाकेर डानियल झन्डै बेहोस भएका थिए। त्यस इलाकाका गाबे मानिसहरूको भाषा अलि-अलि बोल्न जानेपछि त्यहाँका मानिसहरूले तिनीहरूलाई अझै न्यानो स्वागत गर्न थाले। केही समयभित्रै तिनीहरूले २३ वटा बाइबल अध्ययन सञ्चालन गर्न थाले।

पैसा सकिन थालेपछि भने तिनीहरूलाई असाध्यै चिन्ता लाग्न थाल्यो। डानियल भन्छन्‌: “हामीले स्पेन फर्कने विचार गर्न थाल्यौं। यो कुरा सम्झँदा हाम्रो आँखा रसाउँथ्यो। आफ्ना बाइबल विद्यार्थीहरूलाई छोडेर जानुपर्छ भनेर सोच्दा साह्रै दुःख लाग्थ्यो।” तर त्यसको एक महिनापछि एउटा खुसीको खबर आयो। मिरियम भन्छिन्‌: “हामीले विशेष अग्रगामीको रूपमा सेवा गर्ने निम्तो पायौं। यहीं बसेर सेवा गर्न पाउँदा हामी असाध्यै खुसी भयौं!”

अपार आनन्द

सङ्‌गठनले गरेको छाँटकाँटले गर्दा सन्‌ २०१५ मा तिनीहरूलाई नियमित अग्रगामीको रूपमा सेवा गर्न भनियो। तिनीहरूले के गरे? तिनीहरूले भजन ३७:५ मा लेखिएको यो प्रतिज्ञामा भरोसा राखे: “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्‌, अनि उहाँले सो पुऱ्‍याइदिनुहुनेछ।” तिनीहरूले अग्रगामी सेवा गरिरहन मिल्ने एउटा काम पाए। अहिले तिनीहरू पानामाको बेराग्वास प्रान्तको एउटा मण्डलीमा सेवा गर्दै छन्‌।

डानियल यसो भन्छन्‌: “सरल जीवन बिताउन सक्छौं कि सक्दैनौं भन्‍ने कुरामा स्पेन छोड्‌नुअघि पक्का थिएनौं। तर अहिले हामी सरल जीवन बिताइरहेका छौं र आवश्‍यक पर्ने सबै कुरा पुगेको छ।” तिनीहरूलाई सबैभन्दा धेरै आनन्द दिने कुरा के हो? तिनीहरू यसो भन्छन्‌, “नम्र मानिसहरूलाई यहोवाबारे बताउँदा पाइने आनन्द अरू कुनै कुरासित तुलना गर्न सकिंदैन!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने